मिति : २०८३ असार २१ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

इनरुवा ८ कंशमडान स्थित लाटीमाई ग्रामथान चर्चेको जग्गा अतिक्रमणगरी बलजफती मस्जिद भवन निर्माण गर्दै

by By: रामधुनी खबर
बैशाख २९, २०७८
1071

सुनिल चौधरी
झुम्का, बैशाख २९ । ऐतिहासिक तथा पौराणीक पहिचान संग स्थापित थारु समुदायको धरोहर डिहवार ग्रामथानले चर्चेको जग्गा अतिक्रमण तिब्र रुपमा बढिरहदा कंशमडानमा रहेको लाटीमाई ग्रामथानको जग्गा पनि अक्रिमणमा परेको छ । सुनसरीको इनरुवा नगरपालिका वडा नं. ८ कंशमडान स्थित रहेको लाटीमाई ग्रामथानले चर्चेको जग्गा अतिक्रमणगरी मुस्लिम समुदाय बलजफदी मस्जिद निर्माण गर्न लागेको हो ।
बलजफती मस्जिदको भवन निर्माण
लकडाउनको मौकामा पक्की रुपमै मस्जिदको भवन निर्माण गर्दै गर्दा स्थानियहरुले बिरोध जनाउदा समेत धम्किपुर्ण ब्यवहार देखाउदै त्याहा बलजफती निर्माण गरिरहेको छ । ग्रामथानको २० मिटर मात्र उत्तर मस्जिद निर्माण स्थल रहेको छ । साबिक डुम्राहा गाबिस वडा नं. ७ अन्तर्गत रहेको थियो हालमा इनरुवा ८ नं. वडामा पर्छन् । लाटीमाईको गहदार तथा पुजारी रक्सु चौधरी थिए उहाको निधन पछि छोरा महेश चौधरी र सुदिया चौधरीले पुुजा अर्चनामा निरन्तरता दिदै आएको छ । प्रत्येक बर्ष बैशाख ५ गते भाकल चढ्ने र मेला लाग्ने गरेको छ । स्थानिय ग्रामथान पुजारी गहदार सुदिया चौधरीका अनुसार ग्रामथानले चर्चेको जग्गामा मस्जिद निर्माण हुदैछ । तर हामीलाई कुनै खबर वा सहमति नगरी आफनै मनमानीले निर्माण गरिरहेको पुजारी चौधरीले बताए । ग्रामथान चर्चेको जग्गामा मस्जिद बनाउनु धार्मिक तथा सांस्कृतिक अतिक्रमण भएको र यसमा पुनरबिचार गर्नु पर्ने लाटीमाई डिहवार निर्माण उपभोक्ता समितिका अध्यक्ष डम्बर घिमिरेले समेत प्रकृया अगाडी बढाउदा डुम्राहा गाबिसका पुर्व अध्यक्ष रहेका अलाउदिनले धम्कि पुर्ण ब्यवहार देखाएको बताए । भबिषयमा आउने द्धन्द्ध अहिलेनै निदान गरेर अगाडी बढ्नु पर्ने घिमिरे भनिरहदा अलाउदिनले आफनो पहुच देखाउदै धम्किको भाषामा उत्रिएको घिमिरेले जानकारी दिए । वडा नं. ८ का वडा अध्यक्ष रबिन्द्र कुमार मण्डललाई समेत जानकारी गराउदा उन्ले आफुलाई जानकारी नभएको भन्दै पन्छिएको घिमिरेले बताए ।
कंशमडानमा सांस्कृतिक भुमि माथी पहिले देखिनै अतिक्रमणको राजनितिक स्वरुप
कंशमडानटोलमा मुस्लिम तथा नट कर्ता समुदाय बसोवास हुनु भन्दा पहिले देखिनै सो भुमिमा थारु समदाय परम्रागत रुपमा संस्कार मान्दै आएको छ । लाटीमाई ग्रामथान स्थापनागरी लोककल्याणको संस्कार मान्यताहरु गर्दै आएका छन् । ४ बिगहा १० कठ्ठा १३ धुर लाटीमाईको चर्चेको जग्गा रहेको छ । २०२४ सालमा नापी कार्यहुदा सो बराबरको जग्गा ग्रामथानले भोग चलन गर्ने भनेर सहमति भएको स्थानिय एनबि जंग रानाले बताए । राना स्थानिय हुन् थारु समुदायको ग्रामथान ऐतिहासिक रहेको छ । ऐतिसिकरुपमा रहेको धरोहर संरक्षण हुनु पर्ने मान्यता रानाको रहेको छ । गाई बस्तुले पानी खाने तथा पोखरीमा मर्दा पर्दाको संस्कार गर्ने उधेश्यले सो ४ बिगहाको केही क्षेत्रमा थारु समुदायले पोखरी बनाएको थियो । पोखरीमा जितिया स्नाना, रैब पर्वको बिसहैर तथा धार्मिक कर्महरु गर्दै आएको थियो । तर त्याहा थारु सांस्कृतिक भुमि २०४६ साल पछि राजनितिक प्रभावमा पर्दै पोखरीलाई समाप्त पार्दै भारतबाट आएका सपेरा, नट, नर्तकी गर्ने मुस्लिम समुदायलाई बसाएर भोट बैंकको रुपमा पोस्दै आए । राजनितिक स्वरुपको कारण हालमा आएर त्याहा सांस्कृतिक पोखरी हराएर गएको छ । ग्रामथानलाई पनि बिस्थापित गर्ने चलखेल भैरहेको स्थानियहरुको भनाई रहेको छ ।
यस्तै प्रकारको घटना इटहरी, रामधुनी नगरमा जगजाहेरनै रहेको छ । ग्रामथानको क्षेत्रमा शिव मन्दिर बनाई दिने, सतसंग भवन बनाइ दिने, कचना महादेव स्थापनागरी ग्रामथानको अवषेस र अस्तित्व समाप्त गर्ने कार्य भएको हेर्न सक्छौ । लाटीमाई ग्रामथान बिस्थापित गर्न अहिलेको अवस्था पनि राजनितिक तरिकाले होस वा मुस्लिम समुदायको प्रभावले डरलाग्दो चलखेल भइरहेको देखिन्छ । यसकालागी स्थानिय थारु समुदाय तथा आस्थावानहरुको एकजुतटाको कायम हुन आवश्यक रहेको ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरीले बताए । लाटीमाई चर्चेको जग्गा अतिक्रमण रोक्न जस्तो सुकै अवस्था सिर्जना भएपनि अगाडी बढ्ने जनाएको छ ।
कंशमडान नामाकरणको ऐतिहासिक्ता
ऐतिहासिक काल खण्डमा कश सरदार घुम्दै–घुम्दै बिच्छु धामीको क्षेत्रमा आइपुग्यो । सरदारमा पनि शक्ति रहेको मानिन्छ । शक्तिले सरदार बिच्छु धामीको क्षेत्रमा हक जमाउन खोज्ने र दुःख दिने कार्य गरिरहदाको अवस्थामा बिच्छु धामीलाई सो कुराको ब्रितान्त खबर आयो । खबर पछि बिच्छु धामी सरदारलाई भेटेर यहाबाट छोडेर जाउ भनेर अनुरोध गरे । धामिले धेरै अनुरोध गर्दा पनि सरदार जान नमान्दा शक्तिको युद्धमै परिनत भयो । दुवै संग अथाह शक्ति थियो । युद्ध हुदै–हुदै शक्तिको युद्धमा सरदार कमजोर भएर भागे । भागेर ४० फिट मोटाई ६० फिट उचाई भएको दुइ वटा आँपको रुखमुनी रहेको सानो गुफामा लुकेर बसे । रुख र गुफा लाटीमाई ग्रामथानको आसपासमा रहेको मानिन्छ । बिच्छु धामी खोज्दै खोज्दै त्यही रुख मुनी पुगेर मडान भएको स्थानमा (रुख काटेको ठाउँमा सानो झाडी रहेको स्थानलाई थारु भाषामा मडान भनिने गरिन्छ) यसरी बिश्रामकालागी एक छिन बसिरहदा कमिला भातको सिका लिएर जादै गरेको बिच्छु धामी देख्दा यहा पक्कै मान्छे हुनु पर्छ भन्दै गुफामा खोज्न जादा कंश सरदार भेटिन्छ । सरदार संग पुन त्याहा घंनघोर युद्ध हुन्छन् । युद्धमा बिच्छु धामीको शक्तिको प्रहारले त्यही मडान भएको ठाउँमा कंश सरदारको मृत्यु हुन्छ । त्यही सरदारको मडान भएको स्थानमा मृत्यु र बिच्छु धामीको जितहुदा सो गाउँको नाम कंशमडान रहन् गएको किम्बदन्तीमा पाइन्छ भनेर स्थानिय ६५ बर्षिय एनबीजंग रानाले थारु भाषामै प्रष्ट्याउनुभयो ।

अगाडिकाे पाेस्ट

झुम्कामा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने लगायत महामारी रोकथामकालागी रामधुनी नगरपालिकाको विविध बिषयमा निर्णय

अर्काे पाेस्ट

रामधुनी नगरमा नयाँ भेरियन्ट कोभिड संक्रमितको संख्या बढ्दै.....सोमवार सम्म संक्रमितको संख्या १११ जना पुग्यो

सम्बन्धित अरु

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरीझुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै १५...

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft