मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

धमा, ढाकी बुनाई तालिमले थारु समुदायको मौलिक तथा परमपरागत कला र पहिचान संरक्षण

by By: रामधुनी खबर
असार १०, २०७८
1115

चन्द्रकला चौधरी
झुम्का, असार १० । गुण, बिशेषता भएको तत्व जसबाट अलग रुपमा मान्नु पर्ने भावलाई पहिचान गराउने हुन्छ । पहिचानकै रुपमा हेर्ने हो भने थारु समुदायमा अलग गुण, बिशेषता वा तत्व मौलिक तथा परमपरागत कलाहरु छन् । विविध कलाले थारु समुदालाई आदिवासी, भुमिपुत्रको पहिचान गराउने हुदा भाषा, भेष, रहनसहन लगायतका छुट्टै गुण र बिशेषतामा धमा, ढाकी, मना, सुपा, पटिया बुन्ने पनि रहेको मानिन्छ । सिकी, गबहा, मोथी, पटेरबाट टोकनीको सहायताले निर्माण गर्ने यो सामाग्री घरको दैनिक उपभोग्य गर्ने बस्तुहरु राख्ने गर्छन् । यो कला थारु समुदायको महिलाहरुमा मात्र निर्माण गर्ने कला देखिन्छ । प्राकृतिक मैत्रि, धार्मिक कार्य, मानव स्वास्थ्य लक्षित कला आधुनिकमा आएर मासिएर गएको छ । प्लाष्टिकको भाडाहरु चल्तिले सो कलाहरु बिधमान अवस्थामा हराएर गएको सामाजिक अधिकार कर्मिहरुले बताउछन् ।
मौलिक तथा परमपरागत कलाले पहिचानलाई निरन्तरता दिने भएकोले लोप तथा हराएर गएको सो कलाहरु इटहरी उपमहानगरपालिकाको सहयोगमा जितिया महिला बिकास संस्था इटहरी ४ सुनसरीले संरक्षणमा जोड दिदै तालिम संचालन गरेको छ । थोरै लगानीमा निर्माण हुने पौराणिक मान्यताले महत्व बोकेको धमा, ढाकी, मना बुन्ने कला नयाँ पुस्तामा हस्तान्तरण होस र यसबाट महिलाहरु स्वरोजगार हुदै आयआर्जन गर्न सक्ने क्षमता अभिबृद्धिले १० दिने तालिम संचालन गरेको हो । संस्थाले सोमवार तालिम पुर्णता दिदै समापन गरेको छ । समापनमा उपमहानगर पालिकाको सामाजिक बिकास अधिकृत शुसिला कार्कीले तालिमबाट थारु समुदायको कला, संस्कृति, पहिचान संरक्षणमा बल पुगेको बताउनु भयो । तालिममा सिकेका उपलब्धिहरु ब्यवहारमा ल्याउनु पर्ने र यसबाट आयआर्जनमा पनि कार्यसिद्ध गर्नु पर्ने सुझाव ब्यक्त गर्नु भयो । धमा, ढाकीलाई प्रवद्र्धन गर्न उपमहानगरपालिकाले कोशेली घरको अवधारणा ल्याएकोले निर्माण गर्ने कलालाई निरन्तरता दिनु पर्ने सामाजिक बिकास अधिकृत कार्कीले जानकारी दिनु भयो ।
ब्यवहारमा राज्यको समृद्धि खोज्ने हो भने सरकारको ध्यान संरक्षणको नीति ल्याउनु पर्ने अधिकारकर्मी तेजनाराण चौधरीले उठान गर्नु भयो । संरक्षण नीतिले आफनै स्रोत र साधनको प्रयोग हुनेहुदा स्थानिय स्तरबाटै समृद्धि हुन सक्ने चौधरीको भनाई रहेको छ । थारु समुदायको धमा, ढाकी वातावरणमैत्रि रहेकोले मानव स्वास्थ्यमा साकारात्मक भुमिका खेल्ने लगायत यसबाट कुनै साइड इफेक्ट नरहेकोले संरक्षणको नीति तथा कार्यक्रमहरुको आवश्यक्ताको बारेमा बताउनु भयो । तालिममा सहभागी रम्भा चौधरीलाई धमा, ढकीया निर्माण गर्न आएपनि उन्ले बिभिन्न रंगको र डिजाईनको सिकाई उपलब्धि प्राप्त गरेको बताइन् । अबका दिनमा निर्माण कार्यलाई निरन्तरता दिने समेत प्रतिबद्धता गरिन् । बिभिन्न तालिममा इटहरी ४ चौधरी टोलका ८ जना सहभागी रहेको थियो । तालिममा १० दिन चन्द्रकला लेखीले प्रमुख प्रशिक्षक रहेर सहजीकरण गरिन् भने सह प्रशिक्षक सुगिया चौधरीले गरेकी थिईन् । संस्थाकी अध्यक्ष शुसिला चौधरीको सभापत्विमा सहभागी तालिममा सम्पुर्ण प्रशिक्षार्थिहरुमा प्रमाण पत्र बितरण गरेको छ ।
यसैगरी सोही दिन संस्थाको पहिलो साधारण सभा गर्दै शुसिला चौधरी अध्यक्षमा चयन भएको छ । तदर्थ समितिको पुर्णता दिदै ११ सदस्य समिति रहनेगरी उपाध्यक्षमा असिया चौधरी, सचिव चिना खवास, सहसचिव काजल चौधरी, कोषाध्यक्ष अनिता लेखी चयन भएको हो । सदस्यमा भिखनी थरुनी, रम्भा चौधरी, दुलिया चौधरी,ललकी चौधरी, सुगिया चौधरी, सवि देवी चौधरी चयन भएको छ । सल्लाहकारमा तेजनारायण चौधरी, रामराज चौधरी, पदम अधिकारी र सुनिल चौधरीलाई नियुक्त गरेको नव कार्यसमिति अध्यक्ष शुसिला चौधरीले जानकारी दिनु भयो ।

अगाडिकाे पाेस्ट

गरिबी निवारणकालागी रामधुनीको बिभिन्न वडामा उद्यम बिकास कार्यक्रम संचालन

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको आगामी आ.ब.को रु ७१ करोड ५१ लाख ३७ हजार बजेट अनुमोदन रोकियो

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft