मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

धमा, ढाकी बुनाई तालिमले थारु समुदायको मौलिक तथा परमपरागत कला र पहिचान संरक्षण

by By: रामधुनी खबर
असार १०, २०७८
1131

चन्द्रकला चौधरी
झुम्का, असार १० । गुण, बिशेषता भएको तत्व जसबाट अलग रुपमा मान्नु पर्ने भावलाई पहिचान गराउने हुन्छ । पहिचानकै रुपमा हेर्ने हो भने थारु समुदायमा अलग गुण, बिशेषता वा तत्व मौलिक तथा परमपरागत कलाहरु छन् । विविध कलाले थारु समुदालाई आदिवासी, भुमिपुत्रको पहिचान गराउने हुदा भाषा, भेष, रहनसहन लगायतका छुट्टै गुण र बिशेषतामा धमा, ढाकी, मना, सुपा, पटिया बुन्ने पनि रहेको मानिन्छ । सिकी, गबहा, मोथी, पटेरबाट टोकनीको सहायताले निर्माण गर्ने यो सामाग्री घरको दैनिक उपभोग्य गर्ने बस्तुहरु राख्ने गर्छन् । यो कला थारु समुदायको महिलाहरुमा मात्र निर्माण गर्ने कला देखिन्छ । प्राकृतिक मैत्रि, धार्मिक कार्य, मानव स्वास्थ्य लक्षित कला आधुनिकमा आएर मासिएर गएको छ । प्लाष्टिकको भाडाहरु चल्तिले सो कलाहरु बिधमान अवस्थामा हराएर गएको सामाजिक अधिकार कर्मिहरुले बताउछन् ।
मौलिक तथा परमपरागत कलाले पहिचानलाई निरन्तरता दिने भएकोले लोप तथा हराएर गएको सो कलाहरु इटहरी उपमहानगरपालिकाको सहयोगमा जितिया महिला बिकास संस्था इटहरी ४ सुनसरीले संरक्षणमा जोड दिदै तालिम संचालन गरेको छ । थोरै लगानीमा निर्माण हुने पौराणिक मान्यताले महत्व बोकेको धमा, ढाकी, मना बुन्ने कला नयाँ पुस्तामा हस्तान्तरण होस र यसबाट महिलाहरु स्वरोजगार हुदै आयआर्जन गर्न सक्ने क्षमता अभिबृद्धिले १० दिने तालिम संचालन गरेको हो । संस्थाले सोमवार तालिम पुर्णता दिदै समापन गरेको छ । समापनमा उपमहानगर पालिकाको सामाजिक बिकास अधिकृत शुसिला कार्कीले तालिमबाट थारु समुदायको कला, संस्कृति, पहिचान संरक्षणमा बल पुगेको बताउनु भयो । तालिममा सिकेका उपलब्धिहरु ब्यवहारमा ल्याउनु पर्ने र यसबाट आयआर्जनमा पनि कार्यसिद्ध गर्नु पर्ने सुझाव ब्यक्त गर्नु भयो । धमा, ढाकीलाई प्रवद्र्धन गर्न उपमहानगरपालिकाले कोशेली घरको अवधारणा ल्याएकोले निर्माण गर्ने कलालाई निरन्तरता दिनु पर्ने सामाजिक बिकास अधिकृत कार्कीले जानकारी दिनु भयो ।
ब्यवहारमा राज्यको समृद्धि खोज्ने हो भने सरकारको ध्यान संरक्षणको नीति ल्याउनु पर्ने अधिकारकर्मी तेजनाराण चौधरीले उठान गर्नु भयो । संरक्षण नीतिले आफनै स्रोत र साधनको प्रयोग हुनेहुदा स्थानिय स्तरबाटै समृद्धि हुन सक्ने चौधरीको भनाई रहेको छ । थारु समुदायको धमा, ढाकी वातावरणमैत्रि रहेकोले मानव स्वास्थ्यमा साकारात्मक भुमिका खेल्ने लगायत यसबाट कुनै साइड इफेक्ट नरहेकोले संरक्षणको नीति तथा कार्यक्रमहरुको आवश्यक्ताको बारेमा बताउनु भयो । तालिममा सहभागी रम्भा चौधरीलाई धमा, ढकीया निर्माण गर्न आएपनि उन्ले बिभिन्न रंगको र डिजाईनको सिकाई उपलब्धि प्राप्त गरेको बताइन् । अबका दिनमा निर्माण कार्यलाई निरन्तरता दिने समेत प्रतिबद्धता गरिन् । बिभिन्न तालिममा इटहरी ४ चौधरी टोलका ८ जना सहभागी रहेको थियो । तालिममा १० दिन चन्द्रकला लेखीले प्रमुख प्रशिक्षक रहेर सहजीकरण गरिन् भने सह प्रशिक्षक सुगिया चौधरीले गरेकी थिईन् । संस्थाकी अध्यक्ष शुसिला चौधरीको सभापत्विमा सहभागी तालिममा सम्पुर्ण प्रशिक्षार्थिहरुमा प्रमाण पत्र बितरण गरेको छ ।
यसैगरी सोही दिन संस्थाको पहिलो साधारण सभा गर्दै शुसिला चौधरी अध्यक्षमा चयन भएको छ । तदर्थ समितिको पुर्णता दिदै ११ सदस्य समिति रहनेगरी उपाध्यक्षमा असिया चौधरी, सचिव चिना खवास, सहसचिव काजल चौधरी, कोषाध्यक्ष अनिता लेखी चयन भएको हो । सदस्यमा भिखनी थरुनी, रम्भा चौधरी, दुलिया चौधरी,ललकी चौधरी, सुगिया चौधरी, सवि देवी चौधरी चयन भएको छ । सल्लाहकारमा तेजनारायण चौधरी, रामराज चौधरी, पदम अधिकारी र सुनिल चौधरीलाई नियुक्त गरेको नव कार्यसमिति अध्यक्ष शुसिला चौधरीले जानकारी दिनु भयो ।

अगाडिकाे पाेस्ट

गरिबी निवारणकालागी रामधुनीको बिभिन्न वडामा उद्यम बिकास कार्यक्रम संचालन

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको आगामी आ.ब.को रु ७१ करोड ५१ लाख ३७ हजार बजेट अनुमोदन रोकियो

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft