मिति : २०८२ मंसिर २८ गते (सनिबार)
मौसम : 19.03°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

निर्वाचित महिला जनप्रतिनिधीकालागी “शी लिड्स महिला नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम”

by By: रामधुनी खबर
साउन ३१, २०७८
591

राख सम्वाददाता
झुम्का, साउन ३१ । स्थानीयतहको योजना प्रक्रृयामा निर्वाचित महिला जनप्रतिनिधिहरुको अर्थपूर्ण सहभागी बढाउन रामधुनी नगरपालिकामा “शी लिड्स महिला नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम” सुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको वडा समितिको काम, कर्तव्य र अधिकार स्पष्ट गरे पनि व्यवहारमा भूमिका विहीन बन्दै गएपछि महिला जनप्रतिनिधिहरुमा क्षमता बिकासकालागी तालिम सहित प्रशिक्षण कार्यक्रम संचालन गरेको हो ।
दलित महिला केन्द्र नेपालले शी लिड्स परियोजना अन्तर्गत आइतवार देखि रामधुनीका निर्वाचित महिला सदस्य १८ जनालाई क्षमता अभिबृद्धिकालागी चार दिने महिला नेतृत्व बिकास तालिम सुरु गरेको छ । तालिम प्रशिक्षणको दोस्रो मोड्युल हो । प्रशिक्षणमा स्थानीय सरकारको योजना, कार्यन्वयन र अनगुमन प्रक्रिया, सरोकारवालाहरु संग सहकार्य प्रक्रृया, बैठकको योजना रव्यवस्थापन, तथ्याङ्क अध्यावधिक तथा व्यवस्थापन, सक्रिय सुनाई, सञ्जालीकरणको बारेमा अभ्यास सहित प्रशिक्षण गराउने छन् ।
संघिय र प्रदेश सरकारबाट स्थानीयतहमा प्राप्तहुने अनुदानका प्रकारमा बित्तिय समानिकरण अनुदान र राजश्व बाँडफाँडबाट प्राप्त हुने रकममा शसर्त र निशर्त दुवै प्रकारको अनुदान बारे तथा समपुरक र बिशेष अनुदानका बारेमा जानकारी गराइने छन् । पुँजिगत खर्च र चालु खर्च बिषय र सो खर्च छुट्याउने तथा बजेट सिमा निर्धारण गर्ने बिधिको बारेमा महिला जनप्रतिनिधीहरुलाई प्रशिक्षण दिने छन् । यसैगरी पुँजिगत खर्चको मापदण्ड, टोल बस्ती भेलामा योजना माग गर्ने तरिकाको बारेमा अभ्यास सहित प्रशिक्षण गराइने छन् ।
दलित महिला केन्द्रको क्षेत्रिय संयोजक तथा संबिधान सभा सदस्य समेत रहनु भएका अनिता परियारको सभापत्विमा नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा प्रशिक्षण उद्धघाटन भएको छ । उद्धघाटनमा सामाजिक कार्यकर्ता शरिता घिमिरे, शिक्षक संघ अध्यक्ष गोबिनद चौधरीको उपस्थिती रहेको थियो । प्रशिक्षणकालागी चार दिन मोहन तिमसिनाले सहजीकरण गर्ने कार्यक्रम संयोजक रामसुन्दर मेहता जानकारी दिए ।

अगाडिकाे पाेस्ट

झुम्कामा मास्क अभियान सहित कोरोना बिरुद्ध सचेतना

अर्काे पाेस्ट

बालमैत्री वडा घोषणा गर्न रामधुनी १, ३ र ४ नं. वडालाई जिल्ला समन्वय समितिको स्वीकृति

सम्बन्धित अरु

समाचार

काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

मंसिर २७, २०८२

रामधुनी खबर संवाददाताझुम्का, २६ मंसिर । नेपाली कांग्रेस रामधुनी नगर समितिको सभापति पदमा युवा नेता महेश चौधरीले उम्मेदवार दिने तयारी गरेका छन् । आगामी हुने १५ औँ महाधिवेशन अन्तर्गत नगर...

समाचार

रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

मंसिर ४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, मंसिर ३ । बालाचतुर्दशीको अवसरमा रामधुनी बाबा वनखण्डी तपस्थली मन्दिरमा बुधवार दर्शनार्थीको घुइँचो लागेका छन् । बुधवारको पहिलो प्रहर सुरु भए संगै मृत्यूवरण गरेका पितृहरुको मोक्ष...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

    0 shares
    Share 0 Tweet 0
  • भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

    0 shares
    Share 0 Tweet 0
  • काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft