सुनिल चौधरी
झुम्का, भदौ १३ । रामधुनी नगरपालिका ऐतिहासिक धार्मिक स्थल रामधुनी मन्दिरको नामबाट नामाकरण गरीएको छ । स्थानीयतह पुनरसंरचना आयोगको प्रतिवेदन २०७३ को आधारमा नगरपालिका पुनसंरचित भएको हो ।
नेपालको नयाँ संरचना अनुसार प्रदेश १ अन्तर्गत सुनसरी जिल्लामा अवस्थित छ । भौगोलिक अवस्थिती र स्थानीय बासिलाई सर्वशुलभ सेवा प्रवाह र सहजताकालागी वर्तमानमा ९ वटा वडाहरुमा बिभक्त गरिएको छ । बिशेष गाउँक्षेत्र जोडिएर रामधुनी नगरपालिका भएको हो । गाउँक्षेत्रलाई सहर उन्मुख गरेर सहर केन्द्रित बनाउने उधेश्यले नगरपालिकाको पुर्णता दिएको छ । नगरपालिकाको केन्द्र झुम्का बजार रहेको छ । नगरपालिकाको कुल जनसंख्या ६२ हजार ८ सय १६ रहेको छ, जस्मा पुरुषको संख्या ३२ हजार ३ सय ८० छन् भने महिलाको संख्या ३० हजार ४ सय ३६ छन् । नगरमा घरधुरी १३ हजार ४ सय ८२ रहेको छ ।
रामधुनी नगरपालिकाको ७२.६४ प्रतिशत भु–भाग कृषि उत्पादनमा प्रयोग भइरहेको मानिएको छ । सप्तकोशी नदिको प्रवाहमा आधारित नगरको बिच भागमा रहेको सुनसरी मोरंग सिचाई आयोजना अन्तर्गत चतरा नहर तथा यसको शाखा सञ्जाल र स्थानीय खोलानाला साथै भुमिगत जल स्रोतको उपयोगबाट हुने सिचाई सुविधा समेतको कारण यस नगरको अधिकाँस क्षेत्र कृषि उत्पादनको हवको रुपमा रहेको छ । कृषि प्रवद्र्धनकालागी धान, मकै, माछा, व्यवसायीक तरकारी खेती, बाख्रा जोन र पकेट क्षेत्र निर्धारण गरीएको छ ।
नगरपालिकामा विभिन्न जातजातिहरुको मिश्रित बसोवास रहेको छ, जसमध्ये मुख्य रुपमा आदिवासी जनजाती, मधेशी पिछडा वर्ग, दलित पर्दछन् । धार्मिक रुपमा प्रकृति पुजक, हिन्दुधर्म, बौद्ध तथा एश्लाम धर्म मानने संख्या अधिक छ भने धार्मिक अल्पसंख्यकको रुपमा किरात धर्मावलम्वीहरुको वसोवास छ । यहाको मुख्य पेशा कृषि हो भने व्यापार व्यवसाय, नोकरी र वैदेशिक रोजगार सहायक पेशाहरु हुन । नगरपालिकाको प्रमुख धार्मिक स्थलहरु रामधुनी वन र मन्दिर, सौनधामी, बिच्छुधामी, जितन धामी, बौकाईधामी ग्रामथान, हरिहरेश्वर शिवालय, दुर्गा मन्दिर, भैरेश्वर मन्दिर, झुम्केश्वर मन्दिर हुन । प्रमुख बजारहरु झुम्का बजार, लालपुर बजार, तित्रिवन, सिंगिया हाट खोला र बक्लौरी हुन ।
बजेट र बिकास
रामधुनी नगरपालिकाको संक्षिप्त परिचय संगै माथी उल्लेखित यसै बस्तुस्थितीको आधारमा रामधुनी नगरपालिकाको बार्षिक बजेट विनियोजन, नीति तथा कार्यक्रम लगायत ऐन, नीति, नियम, नियमावली, मापदण्ड, आचारसंहिता, कार्यविधी, निर्दैशिका पारित गरेको मान्न सकिन्छ । नगरपालिकाले “व्यवशायिक कृषि र उद्यम सहितको पर्यटकीय शहर, स्वस्थ्य, शुसंस्कृत र प्रविधिमा आधारित समृद्ध रामधुनी नगर” को मुल नारा सहित आधारशिल तयार हुने क्रममा रहेको छ ।
आधारशिललाई कार्यान्वयन गर्न चालु आर्थिक बर्ष २०७८÷७९ मा नवौ नगर सभाबाट रु ७२ करोड ८४ लाख ४ हजार बजेट बिनियोजन गरेको छ । कुल बिनियोजन भएको रकम मध्ये बिकासकालागी पुँजिगत खर्च रु २९ करोड ७६ लाख ७१ हजार जुन ४०.८७ प्रतिशत राखिएको छ । प्रशासन संचालनकालागी चालु खर्च रु ४३ करोड ७ लाख ३३ हजार ५९.१३ प्रशित राखिएको छ ।
बजेट अनुसार बिकास क्षेत्रको आधारमा बजेट तथा कार्यक्रमहरु आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा बजेट बिनियोजन गरेको छ । बिकासलाई पुर्णता दिन आर्थिक बिकासमा बिनियोजित बजेट तथा रकम रु ६ करोड २३ लाख विनियोजन गरेको छ । विनियोजित बजेट अनुसार पर्यटन बिकास र प्रवद्र्धनलाई प्राथमिक्तामा राखिएको छ । पर्यटन प्रवद्र्धनकालागी रु ३ लाख २७ हजार रहेको छ । तसर्थ नगरलाई बिशेष धार्मिक पर्यटन क्षेत्र बनाउन नगरपालिकाको भुमिका देखिन्छ । दोस्रो प्राथमिक्तामा कृषि बिकासमा राखिएको छ । कृषिकालागी रु २ करोड २२ लाख ९२ हजार रकम विनियोजित गरिएको छ ।
सामाजिक बिकास अन्तर्गत रु २८ करोड ३१ लख ४६ हजार बजेट बिनियोजित गरेको छ । यस बिकास क्षेत्रमा शिक्षालाई पहिलो प्राथमिक्ता दिदै रु १८ करोड २८ लाख ११ हजार बजेट राखिएको छ, भने दोस्रोमा स्वास्थ्यलाई प्राथमिक्ता दिदै रु ३ करोड ५१ लख ९४ हजार रकम राखिएको छ । तेस्रोमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा जोड दिएको छ ।
पुर्वाधार विकासमा रु २० करोड ८१ लाख ८४ हजार बजेट ल्याएको छ । पुर्वाधार विकासमा यातायात तथा बाटोघाटो निर्माणमा पहिलो प्राथमिक्ता दिदै रु १६ करोड ४० लाख ७३ हजार बजेट ल्याएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र बिकासमा विपद व्यवस्थापन गर्न पहिलो प्राथमिक्तामा राख्दै रु १ करोड २४ लाख १४ हजार राखिएको छ । यसरी प्राथमिक्ताका आधारमा बजेट निर्धारणगरी चालु बर्षमा आर्थिक, सामाजिक, पुर्वाधार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा विकास अगाडि बढाउने छन् ।
आर्थिक,कृषि र संस्कृति विकास
विकास क्रमलाई अगाडि बढाउन आर्थिक बिकासमा पर्यटन, कृषि, पशु पालन, सहकारी, उद्यम, रोजगारकेन्द्रलाई प्राथमिक्ताका साथ राखिएको छ । पर्यटनकालागी नगरपालिकाले रामधुनी मन्दिर र रामधुनी वनलाई केन्द्रितगरी पर्यटनको दृष्टिमा राखिएको छ । ऐतिहासिक रुपले प्रशिद्ध रामधुनी धार्मिक वन र मन्दिर भगवान राम वनवासको क्रममा प्रत्यक्ष धुनी वालेर एक रात यही स्थानमा बसेको किमवदन्ती पाइन्छ । र सोही दिन देखी अखण्ड रुपले धुनी बल्दै आएको मानिन्छ । त्रेतायुग देखिकै अखण्डरुपमा बलेको धुनी बिभिन्न समय अनुसार महन्तहरुले संरक्षण गर्दै आएको धारणा पाइन्छ । भगवान रामले जगाएको धुनी अखण्ड रुपमा हाल सम्म रामधुनी मन्दिरमा बलिरहेको हुदा श्रद्धालु भक्तजन अनुष्ठान गर्न यहा प्राथमिक्तामा राखिएकोहुदा पर्यटनको सम्भावनामा नगरपालिकाले जोड दिन खोजिएको छ । यस भन्दा पहिलेको आर्थिक बर्षमा पर्यटनलाई प्राथमिक्तामा राखिएको देखिए पनि रामधुनी वन र मन्दिरलाई बजेटद्धारा प्राथमिक्तामा राखिएको देखिदैनन् । मन्दिरकालागी प्रदेश सरकारबाट विनियोजन गरेको रकम राजनीतिक खिचातानीले लागु हुन सकेन, फ्रिजकै अवस्थामा पुगेको थियो । चालु आर्थिक बर्षमा भने मन्दिरलाई पर्यटकीय क्षेत्र निर्माणकालागी रु ७१ लख बजेट ल्याएको छ । मन्दिरको मुलगेट निर्माणकालागी रु १० लाख विनियोजन गरेको छ । रामधुनी वन र मन्दिरलाई बिकास र संरक्षणगरी नगरवासीमा आर्थिक बिकास हुने आधारका साथ प्राथमिक्तामा राखिएको नगर प्रमुख जयप्रकाश चौधरीले बताउनु भयो ।
रामधुनी नगरमा धार्मिक पर्यटकीय क्षेत्रलाई बिस्ताकालागी रामधुनी मन्दिरलाई मात्र लिएर पर्यटकीय क्षेत्रकालागी पुर्णता नपाउने बुझनु पर्छ । नगरमा वसोवासका अधारमा प्रमुख र पहिलो तथा संख्यात्मक रुपले आदिवासी भुमिपत्र थारु समुदाय रहेको छ । परावुर्वकाल देखीनै यस रामधुनी नगरमा वसोवास गर्दै आएका थारु समुदायको धार्मिक स्थल ग्रामथान रहेको छ । थारु समुदाय वसोवास संगै ग्रामथानको पनि स्थापना भएको मानिन्छ । मौलिक रुपमा पुजाआजा गर्दै आएको ग्रामथान कृषि र टोलमा अदृश्य शक्तिको प्रभावबाट बच्न धार्मिक रुपमा मान्दै आएको छ । ग्रामथान ऐतिहासिक र परमपरागत रुपमा मान्दै आएकोले पौराणीक शक्ति र आस्थाले महत्व दर्शाउदै धार्मिक पर्यटकीय केन्द्रबिन्दु बनाउन सकिन्छ । थारु समुदायको आफनै मौलिक कला, संस्कृति रहेकोले होमस्टे तथा कलाको रुपमा धुम्रानाच, धमा, ढकीया, खान, पान, रहन–सहन प्रदर्शनगरी पर्यटकको आकर्षण गर्ने माध्यम बन्न सक्ने प्रचुर सम्भावना रहेको छ । थारु कला र संस्कृतिले रामधुनी नगरपालिकामा पर्यटन सम्भावना भएतापनि नगरपालिकाको ध्यान भने यस प्रति देखिएको छैन । गत आर्थिक बर्ष होस वा चालु बर्षमा बजेट छुट्याउनु कमजोरी देखिएको छ भने नीति तथा कार्यक्रममा समेट्न पनि कन्जुस्याई गरेको छ । यसमा जनप्रतिनिधीहरुको ध्यान जाओस ।
आर्थिक विकासमै दोस्रो प्राथमिक्तामा रहेको छ कृषि । कृषि बिकासकालागी चालु बर्षमा रु २ करोड २२ लाख ९२ हजार रकम राखिएको छ । बिशेष चालु बर्षको कृषि विकासको सवालमा बजेट प्राथमिक्ता राख्दै कृषि उत्पादन तथा उत्पादकत्वमा अभिबृद्धि र कृषि क्षेत्रमा युवाको परिचालन गर्ने नीति लिएको छ । उपप्रमुख सविना चौधरीले प्रस्तुत तथा सार्वजानिक गरिएको बजेटमा कृषिलाई युवा परिचालन बृद्धि गराउने रहेको छ । युवाहरुमा कृषि तर्फ आकर्षण गर्न कृषि पकेट क्षेत्र घोषणागरी एकिकृत कृषि विकास नीति अनुरुप उत्पादन र उतपादकत्व वृद्धि गर्न धान पकेट क्षेत्र रामधुनी वडा नं. ६ र ७ लाई लिएको छ । मकै उत्पादनका लागी पकेट क्षेत्र ८ र ९ लाई गरिएको छ । माछाकालागी पकेट क्षेत्र १, २, ६, ७ ,८ र ९ नं. वडालाई लिएको छ । पशुपालनकालागी पकेट क्षेत्र ४, ५, ७ ,८ र ९ लगायत आर्गानिक तरकारी खेतीकालागी वडा नं. २ र ३ लाई घोषणागरी पकेट क्षेत्रहरुलाई बिशेष प्राथमिक्ता दिई बजेटको व्यवस्था गरिने उपप्रमुख चौधरीले प्रस्तुत तथा सार्वजानिक गरिएको बजेटमा उल्लेख छ । कृषि मार्फत आर्थिक विकासकालागी उपप्रमुख आत्मनिर्भर कार्यक्रम, जमिन चक्लावन्दी, ब्लक, जोन र सुपरजोन क्षेत्रको समेत क्षेत्र बिस्तार गर्ने कार्यक्रम नीतिमा मात्रै समिति नगरी कृषकलाई नै परिचालनबाट कार्यन्वयनको पाटोमा ध्यान दिन आवश्यक छ । कृषिमा बीमा र सहुलियत कर्जाको उपलब्धता, उच्च मुल्य जन्य बाली बस्तुको उत्पादनमा जोड, कृषि बजारलाई व्यवस्थित, बिक्री वितरणमा सहज, उचित मुल्य निर्धारणकालागी ग्रेडीङ्ग, संकलन केन्द्र, भण्डारन केन्द्र, आधुनिक प्रविधि हस्तान्तरणमा जोड दिनु पर्ने देखिन्छ ।
स्वास्थ्य, शिक्षा सामाजिक उठान
शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका एवम लक्षित वर्ग, खानेपानी सरसफाईलाई प्रवद्र्धन गर्न रु २८ करोड ३१ लख ४६ हजारको बजेट निर्धाराण गरिएको छ । सामाजिक विकास अन्तर्गत शिक्षालाई बजेटमा प्राथमिक्ता दिदै प्रोत्साहन र प्रवद्र्धनकालागी रु १८ करोड २८ लाख ११ हजार विनियोजन गरेको छ । बजेट अनुसार दोस्रोमा स्वास्थ्य क्षेत्रमा रु ३ करोड ५१ लख ९४ हजार राखिएको छ । शिक्षामा पहुच र उच्च शिक्षामा प्रोत्साहनकालागी कक्षा ११ मा अध्यनरत सामुदायिक बिद्यालयका विद्यार्थिहरुलाई मासिक शुल्क मिनाहा कार्यक्रम राखिएको छ । बालविकास केन्द्र मर्मत तथा शिक्षिकालाई तालिम, बालबालिकालाई खाजा व्यवस्थापन गरिएको छ । बिपन्न बिद्यार्थिलाई आर्थिक सहयोग,माबि तहका अति बिपन्न छात्रा छात्रलाई छात्रकृति वितरण, शैक्षिक गुणस्तर बृद्धिकालागी प्रधानाध्यापक र बिध्यालय व्यवस्थापन समिति बिच अन्तरकृया, बिद्यार्थी अतिरिक्त क्रृयाकलापकालागी कराँते, भलिवल प्रतियोगिता गराउने पक्षहरुलाई उठान गरिएको छ ।
शिक्षाकालागी व्यवस्थापन गरेपनि प्रमुख चुनौतीलाई समस्या सामाधानकालागी बजेट निर्धारण भने देखिएको छैन् । कोरोना कहरमा दुई बर्ष देखिको बिद्यालय बन्द भएको र अध्ययन गर्नबाट बञ्चित बिध्यार्थीलाई तत्काल पुनरस्थापन गर्न बजेट र कार्यक्रम राखिएको देखिदैनन् । कोरोनाका कारण बिद्यालय छाडेका बिद्यार्थिहरु लागुपदार्थ दुव्र्यशनीमा लागेर जिवन नर्कतर्फ लगिरहेको स्वयम उनिहरुलाईनै जानकारी छैनन् । यस डरलाग्दो अवस्थामा गुर्जिरहेको अवस्थालाई नगरपालिकाले ध्यान दिन सकेको छैन । यसकालागी तत्कालै वैकल्पिक विधिप्रयोगगरी अनलाईन शिक्षा प्रदान गर्न सवै माध्यमिक बिद्यालयहरुमा सुचना प्रविधि प्रयोगशाला र इन्टरनेट जडान कार्यलाई व्यवस्थित गर्न नीति र कार्यक्रमले मात्र हुदैन बजेट पनि राखिनु पर्छ भन्नेमा ध्यान जाओस । स्वास्थ्य क्षेत्रमा रु ३ करोड ५१ लख ९४ हजार बजेट राखेको छ । कोभिड रोकथाम लगायत बिपद व्यवस्थापनकालागी आवश्यक तालिम, छलफल लगायत अभिमुखीकरण गर्ने, कोभिड अस्पताल व्यवस्थित संचालन, अपाङ्गता रोकथाम तथा पोषण सहयोग बजेट सहितको कार्यक्रम रहेकोहुदा गाउँक्षेत्र र टोल स्तरमा लागु गर्न सक्नु पर्छ । बिपन्न वर्ग, दलित मुसहर, सरदार, जनजातीहरुमा स्वास्थ्यको पहुच पुग्न आवश्यक छ किनभने आर्थिक अभावका कारण अस्पताल सम्म पुग्न नसकेर मृत्युवरण गर्नु पर्ने बाध्यत्मक अवस्था सिर्जना भैरहेकोले स्वास्थ्य पहुचकालागी चासो हुनु जरुरीछ ।
पुर्वाधार र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र
गत आर्थिक बर्षहरुमा निरन्तरता संगै चालु बर्षमा पनि बजेट अनुसार यातायात पुर्वाधार विकासको प्राथमिक्तामा राखिएको छ । पुर्वाधर तर्फ कुल रु २० करोड ८१ लख ८४ हजार विनियोजन गरेको छ । यातायात पुर्वाधारकालागी चालु बर्षमा रु १६ करोड ४० लाख ७३ हजार राखिएको छ । दोस्रोमा भवन, आवास तथा सहरी विकासमा रु ३ रोड ३७ लाख ९७ हजार रहेको छ ।
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा रु ३ करोड ३१ लाख ३५ हजार छुट्याएकोमा शासन प्रणाली, प्रशासकिय सुशासन,, बित्तिय सुशासन, कानुन तथा सुव्यवस्था, गरिबी निवारण, विपद व्यवस्थापनकालागी जोड दिएको छ ।
कार्यक्रम अनुसारको बजेट विनियोजन र सो अनुसार समग्रमा विकास र प्रभावको बारेमा हेर्नु पर्दा स्वास्थ्य सुदृढीकरण, पर्यटन र कृषि क्षेत्रमा क्रान्ति ल्याई आर्थिक विकासमा सहयोग पु¥याउनु देखिन्छ । गरिबी दर २१.६ रहेकोमा न्युनतममा झार्ने केन्द्रित रहेको छ । बजेट अनुसार ७५ प्रतिशत रोजगारी सिर्जना हुने छ । व्यवसायिक तथा प्राविधिक कामममा महिलाको सहभागीतालाई बढाउने छन् । जोखिम पुर्ण अवस्थामा काम गरिरहेका बालबालिकालाई शिक्षा तर्फ ल्याउन सहयोग गर्ने तथा समग्र विकासको अनुभुतीको बजेट निर्माण भएको योजना शाखा प्रमुख हर्षलाल चौधरीले बताउनु भयो ।
“समृद्ध नेपाल, सुखी नेपाली”को सार्थकतामा आधारित बजेट पुर्ण कार्यान्वयन भने देखिएको छैन् । गत बर्षहरुमा कार्यान्वयनको पाटोमा फितलो देखिन्छ । कोरोना कहरको कारण पनि हुन सक्छ तर तितो सत्य हेर्ने हो भने नगरपालिकाबाट समन्वयको अभावले बजेट अनुसार कार्य नभएको पाइन्छ ।सामाजिक संगठन, जागरुक युवाहरुको सहभागीतामा ध्यान नदिदा नगरपालिकामा गत बर्षको कार्य प्रभावित भयो नै समन्वयमा जोड दिएन भने चालु बर्षमा पनि कार्यसमपादनमा प्रभावित हुने पक्का देखिन्छ । तसर्थ नगरपालिकाले नागरिक संगठको सहकार्य लिनुपर्नेमा जोड दियोस ।
पारित ऐन, नीति, नियम, कार्यविधीको कार्यान्वयन र प्रभाव
राज्य संघियतामा प्रवेस र अभ्यास गरिरहदा रामधुनी नगरपालिकाले पनि मर्म बुझ्दै ऐन, नीति, नियम, निर्दैशिका, कार्यविधि, नियमावली, मापदण्डको लिखित स्थानीय राजपत्र तयारगरी अभ्यास गरिरहेका छन् । नेपालको संविधान बमोजिम स्थानीयतहको अधिकार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न तथा संघ, प्रदेश र स्थानीयतह बिचको सहकार्यता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्दै जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न ४३ वटा ऐन, नीति, नियम, निर्दैशिका, कार्यविधि, नियमावली, मापदण्ड पारित गरेका हुन् ।
रामधुनी नगरपालिकाको प्रशासकीय कार्यविधि ऐन २०७४ को दफा ४ बमोजिम रामधुनी नगर सभाको मिति २०७४।१२।१५ गते बसेको बैठकको निर्णयले यो कार्यविधि स्वीकृतगरी मिति २०७४।१२।२८ गते बाट लागु गरेको छ । रामधुनी नगरपालिकाले २०७४।०६।०६ गते खण्ड १ गरी स्थानीय राजपत्र प्रकाशन गरिएको छ ।
राजपत्रमा आर्थिक ऐन, बजेट विनियोजन ऐन, आर्थिक कार्यविधि ऐन प्रत्येक बर्ष प्रकाशनमा ल्याउनु पर्ने हुन्छ । अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नकोलागी प्रत्येक आर्थिक बर्षमा सो ऐनहरु ल्याउनु पर्ने हुन्छ । कानुनी प्रकृयाले संस्थागत गरी विधिवत रुपमा स्थानीय विकासका कामलाई पुर्णता दिन न्यायिक समिति ऐन २०७४ ल्याएको छ । न्यायिक समितिले प्रचलित कानुन बमोजिम उजुरीको कारवाही र किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि तय गरिएको छ । नगरपालिकालाई तोकिएको अधिकार क्षेत्रभित्रका बिषयमा आवश्यक कानुन बनाई प्रशासकिय कार्यविधि नियमित गर्न प्रशासकीय कार्यविधि ऐन २०७४ बनाएको छ । सहकारी ऐन २०७४, कृषि तथा पशु व्यवसाय संचालन तथा प्रवद्र्धन ऐन २०७४, कार्यपालिका कार्य समपादन नियमावली २०७४, पदाधिकारी आचारसंहिता २०७४, कार्यपालिकाको बैठक संचालन कार्यविधि २०७४, कार्यपालिका कार्यविभाजन नियमावली २०७४, एफ एम रेडियो व्यवस्थापन तथा संचालन कार्यविधि २०७४, मर्मत कोष निर्दैशिका २०७४, स्थानीय विपत जोखिम व्यवस्थापन कोष संचालन निर्दैशिका २०७४, बालकोष निर्दैशिका २०७४, नगरसभा संचालन कार्यविधि २०७४ राज पत्रमा ल्याएको छ ।
माध्यमिक तथा आधारभुत शिक्षा लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न शिक्षा सम्बन्धी एकिकृत कार्यविधि २०७४ राखिएको छ । “घ” वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धी कार्यविधि २०७४, स्थानीय उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २७४,करार प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७४, स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०७४ लागु गरिएको छ ।
ऐन, नीति, नियम, निर्दैशिका, कार्यविधि, नियमावली, मापदण्डको प्रकाशन गर्ने क्रममा रामधुनी नगरपालिकाले २०७६।०२।१५ गते लेखा समितिको कार्य सम्पादन कार्यविधि २०७६ पास गरेको छ । अपाङ्गता भएका ब्यक्तीको परिचयपत्र कार्यविधि २०७५, वस्तु स्थिती विवरण संकलन तथा व्यवस्थापन निर्दैशिका २०७६, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७६, बालमैत्री स्थानीय तह घोषणा कार्यविधि २०७६, सार्वजानिक परिक्षण कार्यविधि २०७६ पासगरी कार्यक्रम संचालन गरिरहेको छ । नगरपालिकामा नगरवासीको गुनासो व्यवस्थापनकालागी गुनासो सम्वोधन तथा व्यवस्थापन कार्यविधि २०७६, सामाजिक परिक्षण कार्यविधि २०७६, सार्वजानिक सुनुवाई कार्यविधि २०७६, कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७६ रहेको छ ।
नगरपालिकाको योजना संचालन सहजकालागी सामुदायिकमा आधारित पुनस्र्थापना सहजकर्ता छनौट कार्यविधि २०७६, खानेपानि सरसफाई तथा स्वचछता कार्यविधि २०७६, नगर युवा विकास समिति ऐन २०७६, स्थानीय वन ऐन २०७६, असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयहरुलाई उपलब्ध गराइने राहत मापदण्ड २०७६, वतावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, खानेपानी सरसफाई तथा स्वच्छता योजना मार्ग दर्शन २०७७, सरसफाई नमुना समुदाय मार्ग दर्शन २०७७, पुर्ण सरसफाई गुणस्तर अनुगमन निर्दैशिका २०७७, वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणिय परिक्षण कार्यविधि २०७७ र टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि २०७७ पास गर्दै ऐन, नीति, नियम, निर्दैशिका, कार्यविधि, नियमावली, मापदण्ड ल्याएको हो ।
रामधुनी नगरपालिकाले नगरसभाबाट पास गरेको ४३ वटा ऐन, नीति, नियम, निर्दैशिका, कार्यविधि, नियमावली, मापदण्ड योजना जानकारी गरायौँ । किनभने पास भएका ऐन, कार्यविधिले विकासको बाटो खुलेको मानिन्छ । स्थानीय सरकार तहमा गुणस्तरीय योजना, काम कार्वाही, नीतिगत प्रावधानमा सहयोग पुग्ने उधेश्यले ल्याउने गरिन्छ । नगरपालिकाले बजेट निर्धारणगरी योजना लागु गर्ने र सोही अन्तर्गत रहेर काम गरिन्छ ।
नगरपालिकाले योजना र विकासकालागी कानुनी आधार बनाए पनि कार्यन्वयन गर्न भने छुटाउने गरेको छ । प्रत्येक बर्ष नगर सभाबाट आर्थिक विकासमा नगरका युवा शक्तिलाई प्रयोग गर्ने नीति ल्याउछन्, उधेश्य राखिन्छ तर सो अनुसार नगरपालिकाले युवालाई सहभागीता भने न्युन रुपमा गराउछन् । युवा विकास समिति ऐन २०७६ निर्माण गरिएको छ सो अनुसार हाल सम्म समिति निर्माण भएको छैन । समिति गठन नहुदा युवाको हक, हितको संरक्षण, सम्वद्र्धन, युवा नेतृत्व विकासमा कार्य हुन सकेको छैन् । नगरपालिकाबाट सञ्चालन हुने विविध योजनामा युवाहरु सहभागी हुनबाट बञ्चित हुनु परेको छ । युवाहरुमा कार्यक्रमको अवसर प्राप्त नहुदा उनीहरुको भबिषय प्रभावित बनिरहेको छ । खाँडी मुलुकमा श्रमगर्नु पर्ने, लागु दुब्र्यशनीमा लाग्ने, अपराधिक कृयाकलाप गर्ने जस्ता सामाजिक कार्य बिरुद्ध गैरहेकोले युवा विकास समिति ऐन कार्यान्वयनमा जोड दिनु पर्ने देखिन्छ ।
बजेट र विकास/पारित ऐन, नीति, नियमको जानकारीबाट नगरवासी, नागरिक संगठन र नागरिक संस्थाहरुले नगरपालिका संग समन्वय र सहकार्य गर्ने अपेक्षा लिएका र्छौ । सहकार्यले सहभागीतामा बृद्धि तथा दिगो रुपमा स्थानीय शासनप्रणली सुद्धढीकरण हुने बिश्वास लिएका छौँ ।
सामाजिक परिवर्तन केन्द्र नेपालद्धारा संचालित लेखनबृत्तिकालागी लेख र विचार
प्रथम रामधुनी उपमेयर कप फुटबल प्रतियोगिता मंगलवारबाट इक्राहीको खेलमैदानमा सुरु हुँदै
रामधुनी खबर संवाददाताझुम्का, भदौ ३१ । प्रथम रामधुनी उपमेयर कप फुटबल प्रतियोगिता मंगलवारबाट सुरु हुँदै छ । रामधुनी नगरको खेल विकास प्राथमिक्तामा राख्दै रामधुनी वडा नं. ४ को सिक्दार माझीटोल...