मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

‘मिटर ब्याज’को फन्दामा रामधुनी नगरका सोझासाझा किसान

by By: रामधुनी खबर
भदौ १४, २०७८
1756

सुनिल चौधरी
झुम्का, भदौ १४ । खेतीपाती गरी जिविको पार्जन गर्ने सोझासाझा किसान मिटर ब्याजको फन्दामा पर्दा घरजग्गा सखापको अवस्था सिर्जना हुने गरेको छ । कृषि कर्मकैलागी जग्गा धितो सरह राजिनामा समेत पासगरी कर्जा लिदा मासिक मिटर ब्याजले घर जग्गानै गुमाउनु पर्ने अवस्था आउदा घट्नाहरु बाहिर आउन थालेका हुन् ।
साबिक बक्लौरी गा.बि.स.वडा नं. ७ परिवर्तित हाल रामधुनी नगरपालिका वडा नं. ६ बस्ने खेतीपाती गर्दै आएका एक चौधरी थरका किसानलाई घर खर्च र खेती गर्न रकमको अभाव भयो । ऋण दाता संस्था बैंक र सहकारीमा पहुच र जानकारी नहुदा उन्ले ब्यक्तीबाट कर्जा लिन पुगे । सहज रुपमा उपलब्ध हुने भएकोले साविक ंिसंगिया गा.बि.स वडा नं. ७ हाल रामधुनी नगरपालिका वडा नं.३ बस्ने एक ब्यक्तीबाट कर्जा लिए । सो किसानको नाममा दर्ता रहेको बक्लौरी गा.वि.स. वडा नं. ७ (क) कि.न. ९१८ को ४ कठ्ठा २ धुर जग्गा धितो सरहमा राजिनामा समेत पासगरी कागजै नगरी कर्जा लिएको थियो । २०६८।०७।२३ गते राजिनामा दिई थैली रु १,६४,०००। रुपैया राखेको भएता पनि रु १,५०,०००। रुपैया मात्र लिएको थियो । किसान चौधरी रु १ लाख कर्जा भने दुई बर्षमै तिरिसकेको थियो । रु ५० हजार तिर्न मात्र बाँकी रहदा धितोमा पास गरेको जग्गा फिर्ता गरी दिनोस भन्दा आज भोली भनेर आलटाल गर्दै आजका मिति सम्म १० बर्ष पुग्यो । रु ५० हजार तिर्न बाँकी रहेको रकमले हालमा आएर १० बर्षको मिटर ब्याज जोडेर रु १९ लाख मागी रहेको किसान चौधरीले बताए । आलटालगरी बढी रकम बनाएर जग्गा पचाउने नियत रहेकोहुदा चौधरी किसानले आफु पिडित भएको भन्दै न्याय पाउन मिडिया कर्मी समक्ष उठान गरिरहेका छन् ।
अर्को घटना मिटर ब्याजमा फसेकी एकल महिला की हुन् । साविक सिंयिगा गा.वि.स. वडा नं. ८ की परिवर्तित हाल रामधुनी नगरपालिका वडा नं. २ की महिला किसान चौधरीलाई थोरै लिएको कर्जाबाट मिटर ब्याजले जग्गा गुम्ने अवस्था पुगेको छ । महिला किसान चौधरीको श्रीमान जिवितैहुदा उन्को श्रीमानकै नाममा रहेको जग्गा सिंगिया गा.वि.स. वडा नं. ७ हाल रामधुनी नगरपालिका वडा नं. ३ बस्ने एकजना ब्यक्ति संग कर्जा लिनकालागी सिंगिया गा.वि.स. वडा नं. ८ (क) कि.न. ५६४ को २ कठ्ठा १७ धुर, ऐ कै कि.न.५६२ को २ कठ्ठा र ऐ कै कि.न.५६० को कि.न. १ कठ्ठा ३ धुरगरी जम्मा ५ कठ्ठा १७ धुर २०६७ सालमा राजिनामागरी जग्गा पास ग¥यो । रु ३ लाखको थैली राखेता पनि कागजै नगरी रु दुई लाख कर्जा मात्र लिएको थियो । महिला किसानको श्रीमान जिवितै रहदाको अवस्थामा श्रीमानले पटक पटकगरी सबै कर्जा चुक्ता गरिसक्दा जग्गा फिर्ता गरी दिनुस भन्दा धितो वापत लिएको जग्गा बैंकमा राखि कर्जा लिएको छु चुक्ता भएपछि दिने छु भन्दै आएको छ । यस्तैमा २०७७ साल माघ ५ गते उन्को श्रीमानको कालगतीले निधन भयो । शोकमा उनी एक बर्ष बिताई सकेपछि २०७८ सालमा पतिको नामबाट धितो पास भएको जग्गा फिर्ता माग गर्दा सो ब्यक्तिले कुरा अल्झाई मिटर ब्याज जोडेर रु १८ लाख दिनु पर्ने भन्दै आलटाल गर्दा जग्गा पचाउने खाने नियत रहेको भन्दै एकल महिला चौधरीले स्वर्गिय पतिले धितो राखेको जग्गा फिर्ताकालागी संचारकर्मी सामु दुःख पिडा ब्यक्त गरिरहेकी छन् ।
माथी उल्लेखित दुई जना त ‘मिटर ब्याज’मा फसेका प्रतिनिधि मात्र हुन् । धेरै बिपन्न किसानहरु जग्गा धितो राखि ‘मिटर ब्याज’ को फन्दामा परेको उदाहरणहरु छन् । कर्जा लिएको एक बर्षमा रु १ लाखको तिन रुपैयाले ३६ हजार ब्याज हुने र सो ब्याज साँवामा जोडेर आउने साँवा रु १ लाख ३६ हजारको पुनः ब्याज जोडीने हुन्छ, यसरी बार्षिक रुपमा ब्याज साँवामा जोड्दै ब्याज लिने गरेकोले थोरै कर्जामा धेरै रकम हुनेहुदा तिर्न नसकेर घर जग्गा गुमाउनु परिरहेको छ ।
रामधुनीमा ‘मिटर ब्याज’ को अवैध धन्दा मौलाउँदै गएको छ । मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ । गैरकानूनी मानिएको मिटर ब्याजले बिशेष आर्थिक कारोवार गर्न नजानेका किसानहरु फस्दै घरजग्गा विहिन हुने अवस्थामा पुगी रहेको छ ।
यो सत्यघटना बाट निकालिएको एउटा जल्दोबल्दो समस्या हो । तसर्थ यसप्रकारको समस्या तपाई, हाम्रो घरपरिवार सदस्यहरुमा पनि आईपरेको छ कि ? अथवा आईपर्न सक्छ भन्ने कुरो लाई मध्यनजर गरेर आफ्नो परिवार, छरछिमेकलाई आजै सजक गराऔँ । “किसानको अवाज” पत्रिकामा समेत प्रकाशित

अगाडिकाे पाेस्ट

रामधुनी नगरको बजेट र विकास/पारित ऐन, नीति, नियमको कार्यान्वयन र प्रभाव

अर्काे पाेस्ट

रामधुनी मन्दिरमा धुनी प्रज्वलनकालागी आसनको लकडी माग गरेपनि दिएनन् सिफारिस

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft