मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालबालिकाको प्रत्यक्ष सक्रियतामा रामधुनी नगरको वडाहरु बालमैत्री स्थानीय शासन घोषणा

by By: रामधुनी खबर
भदौ १९, २०७८
678

चन्द्रकला चौधरी
झुम्का, भदौ १९ । रामधुनी नगरपालिका वडा नं. ६, ७ र ८ बालमैत्री स्थानीय शासन वडा सहित वालविवाह र बालश्रम मुक्ता वडा घोषणा भएको छ । बालबालिकाको प्रत्यक्ष सक्रियता र सहभागीतामा राष्ट्रिय सुचक ३९ र नगरपालिकाले थप गरेको १ सुचकमा मापदण्ड पु¥याउदै रामधुनी वडा नं.८ बिहिवार घोषणा भयो भने वडा नं. ६ र ७ सुक्रवार घोषणा भएको हो ।
सुचकमा जिल्ला समन्वय समितिको समेत अनुगमन र मुल्याङ्कनबाट उपयुक्त ठहरिदै घोषणको अनुमति पाउदा वडाहरुलाई चरणबद्ध रुपमा घोषणा गर्दै लगिएको छ । जिल्ला समन्वय समितिकी उपाध्यक्ष तथा बालमैत्रि स्थानिय शासन जिल्ला अनुगमन समितिकी संयोजक कृष्णमाया बि.क.को प्रमुख आतिथ्यतामा नगरप्रमुख जयप्रकाश चौधरी, उपप्रमुख सबिना चौधरी, निमित प्रशासकिय अधिकृत राजन गेलाल,नगर बालमैत्री शाखाका सम्पर्क ब्यक्ति हर्षलाल चौधरी लगायतका शाखा प्रमुखहरुको उपस्थितीमा घोषणा भएको छ । घोषणाको अवसरमा रामधुनी नगरपालिकाबाट वडालाई प्रमाण पत्र, प्रशंसा पत्रले सम्मान गरेको छ ।
रामधुनी वडा नं. ६,७ र ८ क्रमश वडाअध्यक्ष हेमनारायण राजधामी, केशव गौतम र रुद्र बस्नेतको सभापतित्वमा बालमैत्री घोषणा कार्यक्रम भएको छ । घोषणको अवसरमा बालबालिकाहरु हर्षित र उत्साहित भएका छन् । सुक्रवार घोषणा कार्यक्रममा रामधुनी वडा नं. ७ वडा बाल सञ्जाल समितिकी अध्यक्ष उर्मिला दाहालले बालमैत्री स्थानिय शासन वडा घोषणाले बालबालिकाको अधिकार संस्थागत भएकोमा आफुहरु हर्षित र उत्साहित रहेको बताइन् । बाल सञ्जाल समितिकी अध्यक्ष दाहालले भनिन् “घोषणा सम्म आइपुग्दा हामी बालबालिका प्रत्यक्ष रुपले सकृय रहयौँ”, । बालमैत्रि वडाकालागी कार्य गरिरहदा धेरै चुनौहरु भोग्नु परेको उन्ले बताइन् । बुझ पचाएका केही ब्यक्तिहरुलेनै आरोप लगाउने र मनोबल घटाउने ब्यवहार गरेको र आज बालमैत्री वडा घोषणा हुदा त्यसता ब्यक्तिहरुको मुख बन्द भएको बताइन् । बालमैत्री नचाहने ब्यक्ति अबका दिनमा साकारात्मक हुनु पर्छ र निरन्तरताकालागी सहयोग गर्नु पर्छ भन्दै बाल सञ्जाल समितिकी अध्यक्ष दाहालले अनुरोध समेत गरिन् ।
बालमैत्रि वडाकालागी बालबालिका र बाल वडा संजाल समितिको उत्साहजनक सहभागीता सहितको अथक प्रयासबाट रामधुनी वडा नं. ६ लाई बालमैत्री स्थानीय शासन वडाको रुपमा सफलता पाएको वडा बाल संजाल समितिका अध्यक्ष रिजन राजधामीले बताए । वडा बालमैत्री घोषणा कार्यक्रममा उन्ले भने “बालमैत्रीकालागी प्रत्यक्ष रुपमा सकृयताका साथ लागीपर्दै सचेतना जगाएका छौ, जागरण अभियानले बालविवाह र बालश्रम न्युनिकरण गरेका छौ, बालहिंसा बिरुद्ध कृयाकलाप गरेका छौँ, अबका दिनमा थप रुपले बालअधिकारको सम्मान हुने बिश्वास लिएको छु” ।
बलमैत्रीकालागी वडा, बिद्यालय, टोल स्तरीय वडा बालसंजाल, बाल क्लव, बालसमुह गठनगरी बालबालिकाहरुलाई नेतृत्व विकास गर्दै सकृय बनाएको छ । वडा नं. ६, ७ र ८ को बालमैत्री वडा घोषणा कार्यक्रममा एक दर्जन भन्दा बढी सकृय बाल समुहलाई प्रशंसा पत्रले सम्मान गरेको छ । सहयोग गर्ने महिला स्वास्थ्य स्वयमसेविका, बाल अधिकार समिति, बिद्यालय तथा बिद्यालय व्यवस्थापन समिति, संघ संगठनलाई सम्मान गरेको छ ।
रामधुनीका ९ वटै वडा बालमैत्रि घोषणा पश्चात यहि भदौ २९ गते नगर घोषणा गर्ने अन्तिम तयारी रहेको बाल हेल्प डेक्सका समपर्क ब्यक्ति अमन ढुंगेलले बताए । रामधुनी २ र ५ वडा भने यसभन्दा पहिले घोषणा भै सकेको छ ।
बालमैत्री स्थानीय शासन स्थानीय तहमा बाल अिधकार सुनिश्चत गर्न ल्याइएको शासकीय अवधारणा हो । यस अवधारणामा बाल अधिकारका चार पक्ष बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई मुख्य आधारको रुपमा लिइएको छ ।
नेपालको संिवधान, स्थानीय सरकार संचालन ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०७५, बाल अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासिन्ध १९८९, पन््ध्रौ योजना लगायतका कानून, नीति तथा कार्यक्रमहरुमा बाल अिधकारको समग्र पक्षलाई सम्बोधन गर्न विभिन्न व्यवस्था गरिएको छ । स्थानीय सरकारसांचलन ऐन ०७४ बमोजिम बालमैत्री स्थानीय शासन प्रवद्र्धनगरी बालमैत्री वडा घोषणा गर्न जिम्मेवारी गाउँ÷नगरपालिकालाई दिएको छ । उक्त ऐन अनुसार सुचकको मापदण्ड पुरागरी गाउँ÷नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्न जिम्मेवारी पूरा गर्नु पर्ने अनुसार रामधुनी नगरपालिका अग्रसर रहेको छ ।

अगाडिकाे पाेस्ट

पत्रकार कुलदिप चौधरीको पुजनीय पिताको १३ औ पुण्य तिथिमा श्रद्धाञ्जली सभा

अर्काे पाेस्ट

रामधुनी वडा नं. ४ र ३ बालमैत्री वडा घोषणा, घोषणा पश्चात दिगोपनमा जोड दिने प्रतिबद्धता

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft