चन्द्रकला चौधरी
झुम्का, भदौ १९ । रामधुनी नगरपालिका वडा नं. ६, ७ र ८ बालमैत्री स्थानीय शासन वडा सहित वालविवाह र बालश्रम मुक्ता वडा घोषणा भएको छ । बालबालिकाको प्रत्यक्ष सक्रियता र सहभागीतामा राष्ट्रिय सुचक ३९ र नगरपालिकाले थप गरेको १ सुचकमा मापदण्ड पु¥याउदै रामधुनी वडा नं.८ बिहिवार घोषणा भयो भने वडा नं. ६ र ७ सुक्रवार घोषणा भएको हो ।
सुचकमा जिल्ला समन्वय समितिको समेत अनुगमन र मुल्याङ्कनबाट उपयुक्त ठहरिदै घोषणको अनुमति पाउदा वडाहरुलाई चरणबद्ध रुपमा घोषणा गर्दै लगिएको छ । जिल्ला समन्वय समितिकी उपाध्यक्ष तथा बालमैत्रि स्थानिय शासन जिल्ला अनुगमन समितिकी संयोजक कृष्णमाया बि.क.को प्रमुख आतिथ्यतामा नगरप्रमुख जयप्रकाश चौधरी, उपप्रमुख सबिना चौधरी, निमित प्रशासकिय अधिकृत राजन गेलाल,नगर बालमैत्री शाखाका सम्पर्क ब्यक्ति हर्षलाल चौधरी लगायतका शाखा प्रमुखहरुको उपस्थितीमा घोषणा भएको छ । घोषणाको अवसरमा रामधुनी नगरपालिकाबाट वडालाई प्रमाण पत्र, प्रशंसा पत्रले सम्मान गरेको छ ।
रामधुनी वडा नं. ६,७ र ८ क्रमश वडाअध्यक्ष हेमनारायण राजधामी, केशव गौतम र रुद्र बस्नेतको सभापतित्वमा बालमैत्री घोषणा कार्यक्रम भएको छ । घोषणको अवसरमा बालबालिकाहरु हर्षित र उत्साहित भएका छन् । सुक्रवार घोषणा कार्यक्रममा रामधुनी वडा नं. ७ वडा बाल सञ्जाल समितिकी अध्यक्ष उर्मिला दाहालले बालमैत्री स्थानिय शासन वडा घोषणाले बालबालिकाको अधिकार संस्थागत भएकोमा आफुहरु हर्षित र उत्साहित रहेको बताइन् । बाल सञ्जाल समितिकी अध्यक्ष दाहालले भनिन् “घोषणा सम्म आइपुग्दा हामी बालबालिका प्रत्यक्ष रुपले सकृय रहयौँ”, । बालमैत्रि वडाकालागी कार्य गरिरहदा धेरै चुनौहरु भोग्नु परेको उन्ले बताइन् । बुझ पचाएका केही ब्यक्तिहरुलेनै आरोप लगाउने र मनोबल घटाउने ब्यवहार गरेको र आज बालमैत्री वडा घोषणा हुदा त्यसता ब्यक्तिहरुको मुख बन्द भएको बताइन् । बालमैत्री नचाहने ब्यक्ति अबका दिनमा साकारात्मक हुनु पर्छ र निरन्तरताकालागी सहयोग गर्नु पर्छ भन्दै बाल सञ्जाल समितिकी अध्यक्ष दाहालले अनुरोध समेत गरिन् ।
बालमैत्रि वडाकालागी बालबालिका र बाल वडा संजाल समितिको उत्साहजनक सहभागीता सहितको अथक प्रयासबाट रामधुनी वडा नं. ६ लाई बालमैत्री स्थानीय शासन वडाको रुपमा सफलता पाएको वडा बाल संजाल समितिका अध्यक्ष रिजन राजधामीले बताए । वडा बालमैत्री घोषणा कार्यक्रममा उन्ले भने “बालमैत्रीकालागी प्रत्यक्ष रुपमा सकृयताका साथ लागीपर्दै सचेतना जगाएका छौ, जागरण अभियानले बालविवाह र बालश्रम न्युनिकरण गरेका छौ, बालहिंसा बिरुद्ध कृयाकलाप गरेका छौँ, अबका दिनमा थप रुपले बालअधिकारको सम्मान हुने बिश्वास लिएको छु” ।
बलमैत्रीकालागी वडा, बिद्यालय, टोल स्तरीय वडा बालसंजाल, बाल क्लव, बालसमुह गठनगरी बालबालिकाहरुलाई नेतृत्व विकास गर्दै सकृय बनाएको छ । वडा नं. ६, ७ र ८ को बालमैत्री वडा घोषणा कार्यक्रममा एक दर्जन भन्दा बढी सकृय बाल समुहलाई प्रशंसा पत्रले सम्मान गरेको छ । सहयोग गर्ने महिला स्वास्थ्य स्वयमसेविका, बाल अधिकार समिति, बिद्यालय तथा बिद्यालय व्यवस्थापन समिति, संघ संगठनलाई सम्मान गरेको छ ।
रामधुनीका ९ वटै वडा बालमैत्रि घोषणा पश्चात यहि भदौ २९ गते नगर घोषणा गर्ने अन्तिम तयारी रहेको बाल हेल्प डेक्सका समपर्क ब्यक्ति अमन ढुंगेलले बताए । रामधुनी २ र ५ वडा भने यसभन्दा पहिले घोषणा भै सकेको छ ।
बालमैत्री स्थानीय शासन स्थानीय तहमा बाल अिधकार सुनिश्चत गर्न ल्याइएको शासकीय अवधारणा हो । यस अवधारणामा बाल अधिकारका चार पक्ष बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई मुख्य आधारको रुपमा लिइएको छ ।
नेपालको संिवधान, स्थानीय सरकार संचालन ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०७५, बाल अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासिन्ध १९८९, पन््ध्रौ योजना लगायतका कानून, नीति तथा कार्यक्रमहरुमा बाल अिधकारको समग्र पक्षलाई सम्बोधन गर्न विभिन्न व्यवस्था गरिएको छ । स्थानीय सरकारसांचलन ऐन ०७४ बमोजिम बालमैत्री स्थानीय शासन प्रवद्र्धनगरी बालमैत्री वडा घोषणा गर्न जिम्मेवारी गाउँ÷नगरपालिकालाई दिएको छ । उक्त ऐन अनुसार सुचकको मापदण्ड पुरागरी गाउँ÷नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्न जिम्मेवारी पूरा गर्नु पर्ने अनुसार रामधुनी नगरपालिका अग्रसर रहेको छ ।
