मिति : २०८२ चैत्र १ गते (आइतबार)
मौसम : 30.38°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु महिला संघ, संगठनले जितिया पर्व नीतिगत संरक्षणमा जोड दिदै कार्यक्रम मनाउने तयारी

by By: रामधुनी खबर
असोज १०, २०७८
930

चन्द्रकला चौधरी
झुम्का, असोज १० । बाल बच्चा घरपरिवारको सुख शान्तिको कामना गर्दै तराई महिलाहरु धार्मिक आस्थाले मान्दै आएको जितिया पर्व यस बर्ष पनि बिविध कार्यक्रम गरि मनाउने भएका छन् । संरक्षणको अभावले पर्वको कतिपय विधिहरु हराउदै गइरहेको हुदा थारु महिला अधिकार संघ, संगठनले नीतिगत संरक्षण हुनुपर्ने जोड दिदै कार्यक्रम गर्ने तयारी गरेका हुन् ।
जितिया पर्व तिथिले असोज कृषण पक्ष सप्तमी देखीे नवमी सम्म मनाउने परमपरा रहेको छ । सो अनुसार २०७८ को आउदो असोज १३ गते परेको छ । यसै अवसरमा थारु महिला सभा सुनसरीले असोज १२ गते कार्यक्रम आयोजनागरी मनाउने भएको हो । इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गर्ने सभा सुनसरीले जानकारी दिएको छ । कार्यक्रम बिश्व त्रसित कोरोना महामारीको मध्यनजर गर्दै भिडभाड नगरी छोटो रुपमा कार्यक्रम गर्ने र सो कार्यक्रमबाट जितिया पर्वको संरक्षण बिषयमा राज्यको दायित्व बोध गराउन सुझाव, बिचार, धारणा संकलनगरी प्रदेश र स्थानीय सरकारलाई माग पत्र हस्तान्तरण गर्ने जिल्ला अध्यक्ष सुशिला लेखीले जानकारी दिइन् ।
झुम्का स्थित थारु महिला उत्थान समाजको आयोजनामा जितिया पर्व नीतिगत रुपमा संरक्षण र प्रवद्र्धन गर्न एक दिवसिय कार्यक्रम गर्ने भएको छ । गाउँटोलमा भाइरल ज्वरो, कोरोना महामारीको बढ्दो अवस्थालाई हेर्दै छोटो रुपमै कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ । स्वास्थ्य मापदण्ड अपनाउदै सुरक्षितका साथ सुनसरीका जनप्रतिनिधिहरुको सामुहिक भेला गराउदै अन्तरकृया, संवाद र छलफलगरी आएको निष्कर्षमा नीतिगत संरक्षणको माग गर्ने अध्यक्ष सिता थरुनीले जानकारी दिइन् । कार्यक्रम पश्चात पर्वको मान्यता धार्मिक तथा पौराणिक कथा वाचन हुने समेत बताएको छ । कार्यक्रम असोज १३ गते रामधुनी वडा नं. १ जितमहान चौकमा कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. ८ टेंग्राटोलमा पौराणिक मान्यता अनुसार ब्रतालु महिलाहरु भेला भएर जितमहानको मुर्ति राख्ने, भजन किर्तन, कथा वाचन, बिधिवत पुजाँ अर्चनागरी मनाउने तयारी गरेको छ । “अहिले नयाँ पुस्ताले पौराणिक मान्यतालाई बिर्सिदै गएको र नाच गानमा केन्द्रित रहेर कार्यक्रम गरिरहेकाले जितिया पर्वको पहिचान र जितियाको कतिपय बिधि लोप हुदै गइरहेको छ, तसर्थ पहिलेको जितिया पर्व मनाउने संस्कार अनुरुप कार्यक्रमको आयोजना गर्ने छौँ” भन्दै साबित्री चौधरीले जानकारी दिईन् । कार्यक्रम टेंग्राटोल बिच्छु धामी ग्रामथानको प्राँगनमा मनाउने ग्रामथान संरक्षण समितिले जानकारी दिएको छ ।

अगाडिकाे पाेस्ट

गुट र उपगुट निरुत्साहितगरी ठुलो दल स्थापितको प्राथमिक्ता दिदै सभापति उमेदवार चौधरीको प्यानल घोषणा

अर्काे पाेस्ट

साँस्कृतिक कला प्रदर्शनगर्दै जितिया पर्वको महत्व दर्शाउन चलचित्र संघको जितिया महोत्सव तयारी

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft