सुनिल चौधरी
झुम्का, असोज १७ । नागरिक संगठनहरू सम्बन्धित क्षेत्रका क्रियाशिल व्यक्तित्व मात्र होइन कि तुलनात्मक रूपमा सम्बन्धित क्षेत्रका विज्ञ पनि हुन् । प्राकृतिक विपत्तिको बेलामा जनताकालागि राहत दिने देखि लोकतान्त्रिक आन्दोलनको हरेक चरणमा नागरिक सङ्गठनहरूको स्थापित भूमिकाले जनताको शासन पद्धती जनतालेनै व्यवस्थापन गर्ने उपलब्धि प्राप्त गरेको छ । नेपालको समावेशी लोकतन्त्र संस्थागत गर्न, संविधान कार्यान्वयन तथा नागरिक, राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धि रक्षा, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि गैरसरकारी तथा नागरिक संगठनहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
रामधुनीमा नागरिक संगठको अवस्था ः
नेपालको संविधानको मौलिक हकको धारामा संगठन खोल्ने कुरा उल्लेख गरिएको छ । सरकारकै योजनामा सहयोग गर्न दर्ता भएको संस्था गैरसरकारी संस्था हुन् । सङ्गठनको संख्यात्मक हिसाबले रामधुनी नगरपालिका अन्र्तगत दुई दर्जन भन्दा बढी नागरिक संगठन दर्तामा छन् । दर्तामा बिभिन्न सामाजिक कार्य उधेश्य राखी बालबालिका, महिला, युवा, जेष्ठनागरिक, अपाङ्गता, पर्यावरण संरक्षणकालागी संस्था दर्ता रहेको छ । उधेश्य अनुरुप स्थानीयतहले ल्याएको योजनामा संवाद, अन्तरकृया, छलफल लगायतका कार्यक्रमगरी सहयोग गर्दै आएको छ । आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकासका योजनाहरुको सफल बनाउन कार्यहरु गर्दै आएतापनि नगरपालिकाबाट भने समन्व्यको अभाव रहेको छ । गैरसरकारी तथा नागरिक संगठनहरुको रामधुनी नगरपालिकामा तथा नगरपालिकाबाट सबल रुपमा साझेदारी हुन सकेको छैन् । साँझेदारी र समन्व्य हुन नसक्दा गत बर्षको योजना प्रभावित भएकै छन् यस बर्ष पनि हुने सम्भावना देखिएको छ ।
नागरिक संगठनकर्ताहरुको धारणा ः
नगरपालिकाबाट कृषि आत्मनिर्भर, युवा स्वरोजगार, महिला उद्यमी, पर्यटन विकास, धार्मिक तथा सांस्कृतिक प्रवद्र्धनको योजनामा प्रभावकारी हुन नसक्दा आम नगरवासी नगरमा हुन सक्ने विकासको अनुभव गर्न सकेका छैनन् । रामधुनी नगरपालिका वडा नं. १ मा रहेको जनजागृती युवा क्लवका अध्यक्ष कन्तलाल चौधरीका अनुसार “नगरपालिकाको विकास योजनामा कल्व संगको सहकार्य न्युन छ, नगरपालिका भएपछि करको दायरा बढेको छ, तर, विकासको दायरा सागुरीएकोहुदा बजेटको सहि सदुपयोगमा कमी कम्जोरी रहेको देखिन्छ, सामाजिक विकासमा हेर्दा शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, लक्षित वर्ग, खानेपानीको स्तर बढ्न सकेको छैन्”, चौधरीले भने, “महिला, गरिब, दलित, सिमान्तकृत, अपाङ्ग, भुमिहीन तथा पिछडिएको वर्ग नगरमा रहेको श्रमिकहरुको जिवन स्तरमा सुधार हुन सकेको छैन, यसले नगरपालिका र नागरिक बिच दुरी बढेको छ, तसर्थ विकास योजनामा सबैको सहभागीताकालागी नागरिक संगठनहरुको समन्वयमा योजना संचालन गर्न आवश्यक देखिन्छ” उन्ले भने ।
“नगरपालिकाले ल्याएको बजेट, योजना कार्यक्रम, ऐन, कानुन, नीति नियम साकारात्म छ, तर कार्यन्वयन हुन सकेको छैन, युवा उद्यमी बनाउने नीति छ, कार्यन्वयनको अभावमा नगरका युवा बिदेश जान बाध्य छ, यसले अहिले गाउँमा युवाहरु देखिदैनन्, उनीहरुको उर्जा, नविनतम कार्यहरु सबै बिदेशमै प्रयोग भैरहदा यहाँ पहिले जस्तै अहिले पनि परिवर्तनको पाटोमा कार्यहरु भएको देखिदैनन्, थारु महिला उत्थान समाज संस्था रामधुनीकी अध्यक्ष सिता थरुनीले भने, समस्या र चुनौती सबै कार्यहरुमा हुन्छन्, समस्यालाई उपलब्धिमा ल्याउन नगरपालिकाले मात्र गरेर हुदैन, नागरिक संगठनको समन्व्य रहनु पर्छ, किनभने, नागरिक संगठनमा सम्बन्धित क्षेत्रका विज्ञहरुको आबद्धता रहेको हुन्छन्” ।
“नागरिक संगठन गैर नाफा मुलक र स्वतन्त्र सामाजिक संगठन हो, तथापी पनि यहाँ नगरपालिकाबाट राजनीतिक आबद्धता अनुसारले आफना पक्षलाई मात्र समन्व्य गर्ने पारीपाटीले विकासमा नागरिक संलग्नता कमै देखिन्छ, त्यसैले बजेट खर्चकालागी मात्र खर्च भएको छ” धार्मिक संरक्षणकर्ता मोहिनारायण दासले बताए । ऐतिहासिक रामधुनी मन्दिर संरक्षणमा सहभागीहुदै आएका दासले भने,“रामधुनी मन्दिर विकासका साथै पर्यटन पर्वद्धनकालागि, पुर्वाधार तथा संरचना निर्माणकालागि बजेट आउछन् तर, पुजारी महन्त संगको सहकार्य नगरी एनजियो मार्फत काम गराउने भएकोले हाल सम्म आएको बजेट अनुसार विकास देखिएको छैनन्, मन्दिर जिर्ण अवस्थामा छ, मर्मत सम्भार हुन सकेको छैन, बर्खा समयमा धुनी बल्ने स्थानमै पानी चुहिने भएकोले रामधुनी मन्दिरको धार्मिक आस्थावान महत्व संकटमा परेको छ” । राजनीतिकमा आबद्ध भएका ब्यक्तिले नागरिक संगठ संचालन गर्दा समस्या देखिएको हो र यसलाई अनुगमन गर्न आवश्यक रहेको धार्मिक संरक्षक अगुवा दासले बताए ।
नगरपालिकाले सामाजिक योजनामा नागरिक संगठनको समन्व्य गर्छन तर, पुर्ण रुपमा जिमेवारीका साथ सहकार्य हुन नसकेको रामधुनी नगरपालिका वडा नं. २ का मैत्रीयुवा परिवार क्लवका सचिव श्रवण चौधरीको भनाई रहेको छ । “प्रत्येक बर्ष नगरबाट योजनाका बजेट फ्रिज भएर जाने गरेको छ, नगर विकासको अवसर फ्रिज गराएर जानु जनप्रतिनिधिको असक्षमता हुनु हो, क्लवका सचिव चौधरीले भने, यसर्थ संम्बन्धित क्षेत्रका बिज्ञहरु नागरिक संगठमा रहेकोहुदा समन्वय हुनु पर्छ”। नगर महिला संजाल समितिकी अध्यक्ष डायन्द्रा ढुंगानाले पनि नगरपालिका र नागरिक संगठनको समन्व्य हुन नसक्दा विकासका काम प्रभावकारी हुन नसकेको बताइन् । नगरपालिकाले महिलाहरुलाई उद्यमी बनाएर आर्थिक सबलतामा जोड दिने योजना र नीति भएपनि कार्यन्व्यन हुन नसक्दा अवस्था दयनिय भैरहेको बताइन् । महिलाहरु आर्थिक रुपले माथि उठ्न नसक्दा पारिवारिक कलह, हिंसा, सम्बन्ध बिच्छेद, आत्महत्याका घटना बढेको छ भन्दै अबका दिनमा पनि नगरपालिकाले नागरिक संगठन संलग्नता बढाउन सकेन भने विकास कागजमा सिमिति रहने संजाल समितिकी अध्यक्ष ढुंगानाको भनाइ रहेको छ ।
प्रभावित योजनाहरु र अवस्था
नगरपालिकाले नगरवासीहरुमा आर्थिक सम्मुनत बनाउन विविध योजनाहरु ल्याएको छ । स्थानीय तह निर्वाचन २०७४ असार १४ गते निर्वाचित हुदै जनप्रतिनिधिहरुले आ.ब. २०७४÷७५ देखि योजना र बजेट ल्याएको हो । हाल सम्म पाँच बर्षको बजेट, नीति तथा कार्यक्रम ल्याएको छ हुन त, २०७८÷७९को संचालन हुन बाँकीनै छन् तथापी पनि चार बर्षको उपलब्धि के हुन् भन्ने अपेक्षिकृत रुपमा प्राप्त गर्न सकेको छैन । नगरपालिकाले चार बर्षमा अर्बौ रकम खर्च गरिसकेको छ । उपलब्धि भने अपेक्षिकृत पाएको छैन । हेरौ र मनन् गरौ यहाँ नगरमा कृषि क्षेत्रलाई सबल बनाउन बजेट तथा नीति, कार्यक्रम छन् तर कृषक जहाको त्यही रहेको छ । उनीहरुको जिवन स्तर माथी आउन सकेको छैनन् । कृषकको जिवन स्तर उक्सिन नसकदा नगरपालिकाले पनि कुनै प्रकारको कृषि उपजमा आत्म निर्भर भयौ भनेर भन्न सकेको छैनन् । यस्ले पक्कै पनि कृषकहरुको हालत पहिले जस्तो थियो अहिले पनि त्यसतै छ ।
पर्यटन विकासमा बार्षिक बजेट आइरहेको छ । ऐतिहासिक रामधुनी मन्दिर र थारु समुदायको धार्मिक आस्था केन्द्रित पौराणीक धरोहर ग्रामथान लगायत विविध समुदाय र सांस्कृतिक धनिले पर्यटन विकास हुन सक्छ भनेर प्रत्येक बर्ष योजना ल्याएको छ । सो योजना भने हराएर जाने गरेको छ । यसले रामधुनी मन्दिर क्षेत्रमा मर्मत सम्भारको अभावले संरचना जिर्ण बन्दै गएको छ । प्रचार प्रसारमा कमि कमजोरी रहेको छ । यो माथि उल्लेख अनुसार रामधुनी मन्दिर संरक्षक दासको भनाई अनुसारले पुष्टि हुन्छ । साँस्कृति पक्ष बृहत हुन सकेको छैन् । नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन । परम्परागत मान्यताहरु लेप हुदै गएको छ । प्राकृतिक रुपले धार्मिक मान्यता र कार्यहरु गर्दै आएको धार्मिक स्थल ग्रामथान बिस्थापित गर्न बर्तमान र यथार्थतामा घटनाहरु आएकै छन् । घटना बुझ्दा रामधुनी वडा नं. ४ इक्राहीटोलमा ग्रामथान हटाउन अदालत सम्म मुद्धा दायर भएको छ । रामधुनी वडा नं. ३, १ मा ग्रामथानले चर्चेको जग्गा अतिक्रमणको घटना बाहिर आएकै छ ।
शासन प्रणालीमा बालबालिकाको अधिकार संरक्षणगरी बालमैत्री स्थानीय शासन नगर बनाउन लिएको नीति कार्यन्वयन गरेको छ । बालमैत्रीको सुचकमा मापदण्ड पु¥याउदै भदौ २९ गते बालमैत्री स्थानीय शासन नगर घोषणा गर्न सफल भएको छ । यो सफलताको निरन्तरताको पनि आवश्यक छ । किन भने घोषणा त, भयो यस पछि फेरी ती कार्यहरु दोहोरीदा बालमैत्री नगरको सार्थकता हुन्छ त, हुदैनन् । त्यसैले बालमैत्री स्थानीय शासन दिगोपनकालागी रणनीति योजना लागु गर्न सकेको छैन । संचार गृहहरुलाई प्रोत्साहनमा कमि देखिएको छ । युवा विकासको नीति रहेपनि व्यवाहारिक बनाउन कार्यक्रम अगाडी ल्याउन नसक्दा युवा बेरोजगारी बढ्दै खाडी मुलुकमा जानु परेको छ । नगर अन्तर्गत रहेको ब्यापारीहरुमा संरक्षण योजनाहरु ल्याउन नसक्दा बजार बिस्तारमा चुनौती थपिदै गएको छ ।
यसप्रकारका मुख्य योजना र अन्य योजनाहरु प्रभावितहुदाको अवस्था नागरिक संलग्नतामा कमि, नागरिक संगठनको सहकार्य हुन नसकेको, सुशासनकालागी गरिएको काम ब्यवहारिक नभएको प्रष्ट हुन्छन् ।
निष्कर्ष ः
रामधुनी नगरपालिकाले नवौ नगरसभाबाट चालु बर्षमा विकास योजनाकालागी रु ७२ करोड ८४ लाख बजेट विनियोजन गरेको छ । आर्थिक, सामाजिक, पुर्वाधार, सुशासन विकासमा काम गर्न सो बराबरको बजेट ल्याएको छ । माथि उल्लेखित नागरिक संगठनका अगुवा ब्यक्तिहरुको धारणा बुझ्दा गत बर्षहरुको योजनामा विकास जुन अनुसारको अवस्थामा हुनु पर्ने सो अनुसारको हुन नसकेको देखिन्छ । सुशासनकालागी अबलम्बन गर्नु पर्ने सुचकमा सार्वजानिक सुनुवाई, सामाजिक परिक्षण, बजेट सार्वजानिकीकरण, गुनासो व्यवस्थापन लगायतका ११ वटा सुचक नगरपालिका प्रक्रृया अगाडी बढाएको छ । नागरिक संगठन अगुवा कर्ताहरुको धारणा अनुसार सुचकको प्रक्रृया अगाडी सारेपनि नागरिक संगठन संग सहकार्यको अभावले जननागरिक सहभागीता कम देखिएको बुझिन्छ ।
रामधुनीको सन्दर्भमा नगरपालिकाको पक्षबाट सुशासन सम्बन्धि प्रयासहरु अघि बढाएता पनि व्यवहारमा उतार्न सकेको देखिँदैन । यसले प्रशासनिक संयन्त्र अपेक्षित मात्रामा चुस्त र दुरुस्त हुन नसक्नु, जिम्मेवारी बोध नहुनु, कमजोर अनुशासन, आर्थिक पार्दशिताको कमि, निश्पक्ष कार्य मुल्याङ्कनको अभाव भैरहेको छ । यस नगरपालिकामा करारका कर्मचारीहरुलाई म्याद थप नगर्दिदा सेवाहरु ठप्पपारेर आन्दोलनमा उर्तिरहेका छन् । भदौ महिनामै योजना विकासका कामहरु समझौता भई सुरु हुनुपथ्र्यो तथापी पनि अहिले असोज महिनाको दोस्रो हप्ता बितिसक्दा पनि कार्यक्रम अघि बढ्न नसक्दा प्रभावित हुने भैसक्यो ।
तसर्थ नगरमा रहेको नागरिक संगठनको लगत निकालेर जिम्मेवारी दिन सक्यो भने योजना, बजेट कार्यनव्यन हुन सक्छ, प्रभावकारी हुन सक्छन् । समाजवाद उन्मुख नगर निर्माण गर्ने र त्यसका लागि सक्षम नगरिकपनको विकास गर्ने मामिलामा नागरिक सङ्गठनहरूको आवश्यक्ता देखिन्छ । नागरिक संगठनको साझेदारी जरुरी छ । रामधुनी नगरपालिकाले नागरिक संगठन साझेदारीको आवश्यक्तामा ध्यान दिन जरुरी छ ।
नोट ः सामाजिक परिवर्तन केन्द्र काठमाण्डौकालागी लेखनबृति
