मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

“साईवर अपराध” बाट बच्न रामधुनीका बालबालिकाहरुलाई सचेना र प्रशिक्षण

by By: रामधुनी खबर
असोज १७, २०७८
612

राख संवाददाता
झुम्का, असो १७ । इन्टरनेटको पहुचका साथै दुरुपयोगले बढ्दो “साईवर अपराध” बाट बच्न शनिवार एक कार्यक्रमगरी रामधुनीका बालबालिकाहरुलाई सचेना र प्रशिक्षण गराएको छ । नमुना नगर बाल संजाल तथा थारु महिला उत्थान समाजको संयुक्त आयोजना र इलाका प्रहरी पकलीको साझेदारीमा एक दिवसिय कार्यक्रमगरी चेतना र प्रशिक्षण गराएको हो ।
साइबर अपराध कंप्यूटर र नेटवर्क जस्ता बिधुतिय माध्यमद्धारा हुने अपराधलाई मानिन्छ । कसैको बारेमा नीजी जानकारी प्राप्त गरेर सो ब्यक्तिको बिधुतिय माध्यमद्धारा इज्जत माथी गलत ब्याख्यागरी आक्षेप लगाउन खोज्नु साईवर अपराध ठहरिने सजहकर्ता इलाका प्रहरी पकलीका प्रमुख प्रकाश श्रेष्ठले जानकारी दिए । सामाजिक सजालबाट ब्यक्तिगत चरित्र हत्या, सामाजिक, वैचारिक, धार्मिक लगायत राजनैतिक अफवाह फैलाउने जस्ता कार्य साइवर अपराध हुने जानकारी दिदै स्पैम ईमेल, हैकिंग, फिशिंग, वायरस फैलाउनु, ब्यक्तिगत वा गोप्य जानकारीहरु अनलाइन प्राप्त गर्नु वा हरबखत नजरमा राख्नु, साफ्टवेयर पाइरेसी, साइवर अपराध हुने श्रष्ेठले बताए ।
साईवर अपराधबाट बच्न आफूले प्रयोग गर्ने पासवर्ड गोप्य र अनुमान गर्न नसकिने (जस्तैः अक्षर, अङ्क र स्पेशल क्यारेक्टर सम्मिलित पासवर्ड राख्न र पासवर्ड नियमित रुपमा परिवर्तन गर्न सुझाव दिए । अनेक प्रलोभन देखाउँदै अपरिचित व्यक्तिबाट आउने ईमेललाई सकेसम्म नखोल्न र प्रतिउत्तर नदिन सचेतना दिएको छ । साईवर क्याफे जस्तो सबैले कम्प्युटर प्रयोग गर्ने ठाउँबाट सकेसम्म इन्टरनेट बैंकिङ जस्ता संवेदनशील कारोबार नगर्न सल्ला दिएको छ । इमेल र फेसबुक जस्ता सामाजिक संजाल साइटहरु प्रयोग गरीसके पछि कमप्युटर, ल्यापटप, मोबाइल लग अफ गरेर राख्नु पर्ने जनाए । विशेष गरि सार्वजनिक स्थलमा इन्टरनेट प्रयोग गर्दा कुनै पनि साइटमा पासवर्डको अभिलेख रहने अप्सनहरु (जस्तैः बधिबथक चझझदभच mथ उबककधयचम, पभभउ mभ यिननभम ष्ल मा टिक नलगाउन सुझाव दिएका छन् । यसैगरी व्यक्तिगत सूचनाहरु जस्तैः पासवर्ड क्रेडिट कार्ड नम्बर र पिनको मागिएका इमेलहरुको प्रतिउत्तर नदिई डिलेट गर्नु पर्ने, सामाजिक संजाल साइटहरुमा सकेसम्म आफूले चिनेको व्यक्तिलाई मात्र साथीको रुपमा एड गर्नु पर्ने, अनलाइनमा भेटिएका नयाँ साथीहरु संग कुराकानी गर्दा सावधान हुनु पर्ने, आफ्नो र आफ्ना साथिहरुका व्यक्तिगत जानकारीहरु सकेसम्म अनलाइनमा पोष्ट नगर्न सचेतना सहित प्रशिक्षण गराएको छ ।
यसैगरी साइवर अपराध गरे दण्ड, सजाय र जरिवानाका बारेमा जानकारी दिएका छन् । नेपालमा प्रहरीले साइबर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन २०६३ को प्रयोग गदै आएको छ । उक्त ऐनको दफा ४७ नेपालमा हुने साइबर अपराध रोक्न सबैभन्दा बढी प्रयोग हुने दफा हो । यस दफाले कम्प्यूटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरुमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने व्यवस्था गरेको बताए ।
सचेतना कार्यक्रममा बालबालिकाहरुले साइवर अपराधका बारेमा जिज्ञासा राख्दै बालविवाह न्युनिकरण गर्न सक्ने अवस्थाका बारेमा छलफल गरेको उत्थान समाजकी अध्यक्ष सिता थरुनीले बताइन् । कार्यक्रमले बालबालिकाहरुमा साइवर अपराध बारे सचेतनाले रामधुनी नगरपालिका घोषणा भएको बालमैत्री स्थानीय शासन दिगोपनको पक्ष बलियो हुने बिश्वास लिएको नगर बाल समपर्क ब्यक्ति आमन ढुंगेलले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

“नगरको योजना प्रभावकारीता ल्याउन नागरिक संगठन साझेदारीको आवश्यक्ता”

अर्काे पाेस्ट

झुम्का बजारमा अनुगमनटोलीले उपभोक्ता हित बिपरित खाद्य बस्तु जफतगरी नष्ट गरियो

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft