मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का अर्गानिक कृषि फर्ममा सेरा खोलाको बाढीले ९ हजार अण्डा दिने कुखुरा क्षति

by By: रामधुनी खबर
कार्तिक ५, २०७८
5645

सुनिल चौधरी
झुम्का, कार्तिक ५ । बेमौसमी बर्षाका कारण आएको बाढीले रामधुनी नगरका कृषकहरु नराम्रो संगले क्षति व्यहोर्नु परेको छ । धान, तरकारी लगायत कुखुरा, अण्डा, बंगुर, माछा, बाख्रा पालक कृषकहरुले उत्पादनकालागी राखेका कृषि उपजमा बाढीले क्षति पु¥याउदा लाखौँ मुल्य बराबरको नोक्सान व्यहोर्नु परेको हो ।
कोरोना महामारीको मारबाट थलिएका किसान ऋणगरी गरेको लगानी र मेहनत लगाई उत्पादन गरेको कृषि उपजबाट आम्दानी लिने समयमा बाढीले क्षति पु¥याउदा कृषक चिन्तित बनेका छन् । सोमवार रातीबाट सुरु भएको बर्षा लगातार मंगलवार बिहान सम्मको बर्षा रामधुनीको सेरा खोलामा आएको बाढीले झुम्का अर्गानिक कृषि फर्मको ९ हजार अण्डा दिने कुखुरा क्षति भएको छ । रामधुनी नगरपालिका वडा नं. ८ ठुलेमोहोरमा रहेको फर्ममा खोर भित्रै पसेको बाढीले नौ हजार कुखुरा एकै साथ मरेको फर्मका संचालक भरत कार्कीले जानकारी दिए ।
‘खोरमा १२ हजार चल्ला पाँच महिना पुगेर अण्डा दिने तयारीको समयमा पुगेको थियो, सो मध्ये बाढीले नौ हजार कुखुरा गुमाउनु परेको छ, मंगलवार रातीको समयमा बाढी पसेकोले बढी क्षति भएको हो, दिउँसोको समयहुदा त्यति संख्याको कुखुरा जोगाउने सम्भावना पनि थियो, भन्दै रातीको समयहुदा बचाउन सकिएन, तार जालीमा झुण्डिएर रहेका केही मात्र कुखुरा बाचेकोले यकिन गर्दा सो बराबरको संख्यामा अण्डा दिने कुखुरा मरेको छ’ कार्कीले भने, ‘मौजदातमा राखेको कुखुरा दाना पनि भिजेर कामै नलाग्ने भएको छ, खोर समेत भत्किएर जिर्ण बनेको छ’, भन्दै यसबाट अनुमानित रु डेढ करोड मुल्य बराबरको नोक्सान भएको संचालक कार्कीले बताए ।
चल्ला जन्मे देखी पाँच महिना पछि अण्डा दिने अवस्थामा हुन्छन् । पाँच महिना देखी १९ महिना सम्म अण्डा दिने गर्छन् । पाँच महिना सम्मको अवस्थामा ल्याउदा एउटा कुखुराको रु ९ सय बराबरको लागत हुन आउछ । ९ सयको लागत र क्षति भएको ९ हजार कुखुराको मुल्य रु ८१ लाख हुने भएकोहुदा त्यती बराबरको नगद नोक्सान भएको छ । कार्कीको त्याहा सात बिगहा जग्गामा कृषि उत्पादन गर्दै आएका छन् । फर्ममा २० हजार अण्डा उत्पादक कुखुरा, बच्चा उत्पादनको त्यारीकालागी ७० वटा माउ बंगुर बोयर जातका बाख्रा पालन गर्दै आएका छन् । कार्की नगरपालिकाका सबभन्दा बढी कर तिर्ने करदाताबाट पनि हुन् । सो वापत नगरपालिकाले कार्कीलाई सम्मान समेत गरिसकेको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी ६ बक्लौरी निवासी कट्वालको निधनप्रति नेपाली कांग्रेसद्धारा शोक सभा

अर्काे पाेस्ट

काटेको धान बाढीले बगाउदा बर्षभरी खान पुग्ने रामधुनी नगरका किसानको गम्भिर चिन्ता

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft