चन्द्रकला चौधरी
झुम्का, कार्तिक ११ । थारु समुदायले मनाउदै आएको सुखराइत अथवा तिहार, दिपावलीमा आफनै फरक मौलिक संस्कार रहेको छ । धार्मिक र कृषिमा आधारित रहेर पर्व मनाउने परमपरा ऐतिहासिक्ता रहेको पाइन्छ । सो मौलिक संस्कार र ऐतिहासिकक्ता प्रदत्त संस्कृती, परमपरालाई संगीत लयबाट उजागर गर्न पुर्वबाट थारु भाषाको पहिलो “सुखराइत गीत” सार्वजानिक गर्ने तयारी गरेको छ । संगीतको महारथी र थारु पत्रकारीताको जग बलियो बनाउन प्रयासरत रहेका कुलदिप चौधरीको शब्द, संगीत र स्वरमा “सुखराइत गीत” मा संस्कार र संस्कृती पक्षलाईसार्वजानिक गर्ने तयारी गरेको हो ।
संगीतमा फरक बिचार रहेका चौधरीले लोक सांस्कृतिक परम्परालाई संरक्षण गर्ने उधेश्यले “सुखराइत गीत” तयार गरेको छ । गीतमा पर्वको धार्मिक, सांस्कृतिक पक्षलाई पुर्ण रुपले प्राथमिक्ता दिएको छ । यस पर्वमा थारु समुदायले मनाउदै आएको मौलिक परमपराको अनुभुती दिलाउने छ । पर्वको लोप हुने अवस्थामा पुगेको बिधि र मान्यताहरुको गीतले आभास दिने छ । लोक संस्कार पक्षलाई प्रमुख प्राथमिक्ता राखेकोले सार्वजानिक गर्न लागेको सुखराइत गीत पुर्वबाट थारु भाषाको पहिलो सांस्कारिक, पारम्पारिक गीत मान्न सकिन्छ ।
“घर घरमे येलै पावैन सुखराइत”……..“अन धन लक्ष्मी घरया, भुत प्रेत दलिदर बहार निकल” ………बोलको गीत सब्दमै पहिचान झल्किएको छ । यति मात्र हैन हुरा, हुकेहुका लगायतका पर्वको संस्कारबारेमा गीतले उठान गरेको छ । सुखराइत गीत गुञ्जयमानले यस बर्षको सुखराइतमा रमझम बढ्ने निश्चित छ । अधिकार र पहिचान बोक्न सफल चौधरीको सुखराइत गीत नेपालको बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक अधिकारलाई बलियो बनाउन प्रयास गरिएको छ । यस प्रकारका संगीत निर्माण गर्न भने सोच र धारणा भएका संगीतकारमा निर्भर हुने भएकाले सो संगीतकार आफनो सोच, समय, लगानी गरेको पाइन्छ जस्मा कुलदिप चौधरी अग्रसरता देखाएको छ । यस भन्दा पहिले संगीत महारथी चौधरीले थारु समुदाय माझ थारु भाषाको उत्कृष्ट सांगीतीक एल्वम “सवरंग नवेली, श्रृगार” ल्याई सकेका छन् ।
सुखराइत गीतकालागी संगीत, रेकर्डीङ्ग, छायाँकन, निर्दैशन तथा व्यवस्थापन मेगा डिजिटल स्टुडियो झुम्काले गरेको छ । स्टुडियोका संचालक बिशाल चौधरीले भने, मेहनतगरी सुखराइत गीत तयार गरेका छौँ, दर्शक र स्रोतामा छिट्टै सार्वजानिक गर्ने बताए । यस भन्दा पहिले मेगा डिजिटल स्टुडियो झुम्काकै निर्माणमा तराई महिलाहरुको महान पर्व जितिया पर्वको साँस्कृतिक पक्षलाई समेटेर जितियिा गीत “ऐलै बरत जितिया” सार्वजानिक गरेको थियो । सो गीत जितिया ब्रतालुहरुले महत्व दिदै उत्कृष्ट बनाएको छ । सबैको मुखमा “ऐलै बरत जितिया” गीत गुञ्जयमान भएर पर्वलाई रौनकता बनाउदै पर्वको नेतृत्व लिएको छ । मेगा डिजिटल स्टुडियो झुम्कामा निर्माण गरेको साँस्कृतिक तथा मनोरञ्जनका गीतहरु संगीत पारखीहरुको मन जित्दै गएको छ । ललिता चौधरीको कोषमा निर्मित सुखराइत गीत मेगा डिजिटल रेकर्डिङ स्टुडियो युटयुव च्यानेलमा बिहिवार सार्वजनिक हुने स्टुडियो संचालक चौधरीले बताए ।
सुखराइत, तिहार, दिपावली
सुखराइत थारुको एक प्रमुख चाड हो । दुःखका दिनहरुलाई बिर्सेर सुखका रातहरुलाई सम्झिदै यो पर्व, पावैन, चाड मनाउने हुनाले नै यो चाडको नाम सुखराइत रहन गएको हो । थारु भाषामा रात वा रात्रीलाई ‘राइत’ भन्छन् । यो चाड विजया दशमी पछि लगतै आउने कार्तिक महिनाको औंसी देखि सुरु भई लगातार ३ दिन सम्म धुमधाम मनाइन्छन् । यो चाडको प्रमुख विशेषता नै रातभरि दियो झिलिमिलि बाल्ने रहेको छ ।
यो चाडको अर्को प्रमुख विशेषता घर आँगनलाई सरसफाई तथा सजावट गरेर राख्नु हो। यो चाडले औधी खुसी दिने हुनाले थारुहरु आफूलाई सुखी ठान्छन् । यसरी दुःखका दिनहरुलाई बिर्सेर सुखका रातहरुलाई सम्झिदै यो पव मनाउने हुनाले नै यो चाडको नाम सुखराइत रहन गएको हो । थारु भाषामा रात वा रात्रीलाई ‘राइत’ भन्छन् । पर्वमा लक्ष्मिपुजाको दोस्रो दिन कृषि औजारलाई सरसफाईगरी पुजा गर्ने गरिन्छ । हलो, पालो, कोदालो, बञ्चरो, फलामका हाथ हथियारलाई बिहानै सफाई गरेर कुल देवताको घर अगाडी निपपोतगरी पुजा गर्ने चलन रहेको छ । यसैगरी गाई गोरुलाई नयाँ मुखारी तथा स्वास्थ्य बर्दक घाँसपात र दालको झार खुवाई पुजा समेत गर्ने गरिन्छ ।


