मिति : २०८२ जेठ ५ गते (आइतबार)
मौसम : 26.2°C(overcast clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

कोभिड–१९ महामारीपछि रामधुनी नगरको छात्राहरुको शिक्षामा प्रभावित

by By: रामधुनी खबर
मंसिर २, २०७८
481

सुनिल चौधरी
झुम्का, मंसिर २ । बिश्व त्रसित कोरोना भाइरस (कोभिड–१९) ले नेपाल पनि अछुतो रहन सकेनन् । कोरोनाका कारण मानव स्वस्थ्यमा गम्भिर अवस्था शिर्जनाहुदा रोकथामकालागी नेपाल सरकारले २०७६ चैत्र ११ गतेबाट चरण–चरण रुपले बन्दाबन्दी गर्न बाध्यभए । यस बाध्यात्मक अवस्थाका कारण सबै क्षेत्र बन्द रह्यो ।
बन्दाबन्दिले विद्यालय तहका बालबालिका तथा किशोरीहरु पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित भए । परिवारको आर्थिक अवस्थामा कमजोर हुदै गए । खान लाउन समेत समस्या देखिन थाले पछि बालबालिका तथा किशोरी डर, क्रोध र आफ्नो भविष्यप्रति चिन्ता अनुभवले शिक्षालाई निरन्तरता दिनु पर्ने मानसिकतानै बनाउन सकेका छैनन् । यसले किशोरीहरु शिक्षाबाट बञ्चित भएको र बिद्ययालय नफर्किने जोखिम देखिन्छ ।
स्थानीय स्तरमा के छ, कारण र अवस्था ?
२०७७ जेठ महिना लकडाउनकै अवस्थामा सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ का सामुदायिक बिद्ययालय कक्षा ९ मा पढ्दै गरेकी १७ बर्षिय चौधरी थरकी किशोरी २१ बर्षिय केटा संग भागेर विवाह गरिन् । विवाह पछि सो किशोरी घरव्यवहारले थलिएकी छिन् । पढ्नु पर्छ भन्नेमा सोच पनि छैनन् । घरबाट पढाउनु पर्छ भन्ने उन्को आश पनि छैन् । उन्को परिवारको आर्थिक अवस्था कमजोर रहेकोले घर निर्माण साइटमा ज्यालादारीले जोखिम पूर्ण काम गर्न बाध्यछिन् ।
उन्ले भनिन्,‘म, सानै छदा मेरो आमा बित्नु भायो, वुवाले अर्कै कान्छि श्रीमति ल्याउनु भयो, म, प्रति ध्यानै दिनु भएन्’ । ‘माइतबाट पनि केही भन्दैनन्, अब श्रीमानकै घरमा जे जसो गरेर जिवन बिताउनु पर्छ’ भन्दै आफनो दुखेसो बताइन् । उन्को धारणा बुभ्mदा माइत पक्ष निम्न आयस्रोत रहेको र आमा वुवाको माया पनि नपाएकाले सानै उमेरमा विवाह गरेको देखिन्छ । जस्लेगर्दा उन्को शिक्षा अधुरै रह्यो । बिद्ययालय फर्किन सक्ने अवस्था भने उन्को असम्भव नै भएको छ ।
जब परिवारमा आर्थिक मन्दी हुन्छ, छोरीहरूको पढाइ सबैभन्दा कम प्राथमिकतामा पर्छ । छोरीहरूलाई या त घरका काममा लगाउन या विवाह गरेर पठाइदिन विद्यालयबाट निकालिन्छ । निम्न आयस्रोत भएका परिवारले आकस्मिक कठिनाइ परेका बेला किशोरावस्थाका छोरीहरूको विवाह गरिदिने चलन छ । रामधुनी नगरमा पहिलो लहरको लकडाउनमा बिभिन्न वडागरी १३ जनाले भागेर बालविवाह गरेको देखिन्छ । २०७८ साल भदौ २९ गते राष्ट्रिय बालदिवसको अवसरमा बालमैत्रि नगर घोषणा गरेकोहुदा र अनुगमन तथा घटना क्रमले देखाएको हो ।
नियमित र प्रत्यक्षरूपमा विद्यालय सञ्चालन नहुँदा डिजिटल जोखिममा विशेषतः किशोरी पर्ने गरेका छन् । कोभिड–१९ पछि किशोरी अनलाइनको दुर्व्यवहारमा परेका तथा बालविवाह, बाल हिंसाका घटना बाहिरिएका छन् । एकातिर अनलाइन शिक्षामा सबै बालबालिकाको पहुँच पुग्न सकेको छैन भने अर्कातिर अनलाइनको पहुँचमा भएका बालबालिका डिजिटल लतमा फस्न पुगेका छन् । यसले उनीहरुमा मनोसामाजिक असर समेत पर्ने गरेको छ ।
सम्बन्धित सरोकारवालाको धारणा
बालविवाह गरेका सबै निम्न वर्गकै परिवारका छोरी रहेको रामधुनी नगरका बाल समपर्क व्यक्ति हर्षलाल चौधरीले बताए । लकडाउनका कारण आर्थिक बिपन्नतामा बृद्धि र सो बाट बालविवाह बढेकाले जस्ले उनीहरु बिद्ययालय जान सक्ने अवस्थामा समेत बाधा पुगेको बाल समपर्क व्यक्ति चौधरीको भनाई रहेको छ । यसै सन्दर्भमा नगर बाल हेल्प डेक्सका अमन ढुंगेलले सामाजिक संजालको दुरुपयोगका कारण बाल विवाह बढेको बताउदै बालविवाहमा फसेकालाई बिद्ययालय फर्काउन अप्ठ्यारै रहेको बताए ।
किशोरीले बन्दाबन्दी सुरु भएदेखि आफ्नो पढाइलेखाइ पनि बन्द भएको र त्यसैले विद्यालय खुले पनि, परीक्षामा असफल हुने डरले, नजाने जोखिम बढेको छ  । सुविधाविहीन बालबालिकाको अनलाइन शिक्षामा पहुँच नपुग्ने भएकाले सिकाइमा नकारात्मक प्रभाव पर्नाका साथै सबै विद्यार्थीमा सिकेका कुरा धेरै समय सम्झिन सक्ने क्षमतामा कमी भएको रामधुनी शिक्षा शाखाका प्रमुख राजन गेलालको भनाइ छ ।
वित्तीय कठिनाइका कारण नेपालका किशोरीहरू शिक्षाबाट वञ्चित हुने गर्छन् । त्यसकारण कोभिड–१९ को महामारीले निम्न आयस्रोत भएका समुदायमा लैंगिक असमानता अझै बढाउने सम्भावना बढेको छ । यसले छोरालाई पढाउने र छोरीलाई घरको काममा लगाउने लैंगिक असमानता समाजमा देखिदै गएको छ ।
अध्ययनले के देखाउछ ?
नेपालमा पहिलो र दोस्रो लहरको कोरोना रोकथामको बन्दाबन्दीले गर्दा ७४ हप्तासम्म विद्यालय पूर्ण र आंशिकरूपमा बन्द भइसकेका छन्, यो विश्वका कोभिड प्रभावित मुलुकको तुलनामा बढी भएको अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बन्दाबन्दीपछि विद्यालय खुले पनि विश्वभरि ११७ मिलियन विद्यार्थी (७.५५) अझै विद्यालय बाहिर रहेको विवरण सन् २०२० मा प्रकाशनमा ल्याएको थियो । सो विवरणअनुसार नेपालमा झण्डै ९० लाख विद्यार्थीमा कोभिड–१९ का कारण शैक्षिक संस्था बन्दको प्रभाव परेको थियो । यसमध्ये ११५ पूर्वप्राथमिक तह, २८५ प्राथमिक तह, ३९५ माध्यमिक तह र ५५ उच्च तहका विद्यार्थी रहेका थिए ।
निम्न वर्गीय अभिभावकले बढी मात्रामा घरायसी तथा शारीरिक श्रममा संलग्न गराउन तथा बालिका विद्यार्थी विशेष रूपले कामकाजमा बढी संलग्न हुनुपर्ने जोखिम देखिएको ती अध्ययनले देखाएको छ । खासगरी बालविवाह र छिटो गर्भधारण, घरेलु हिंसा र शोषण, लैङ्गिक हिंसा, यौन दुव्र्यवहार र हैरानी, साइबर बुलिइङ तथा अपराधका घटना पनि कोभिड पछि देखिएका छन् ।
निष्कर्ष ः
सुनसरी रामधुनी नगरका भादगाउँ सिनुवारी माबिका प्रध्यानाध्यापक दसरथ दासले किशोरीहरु बिद्ययालयबाट बञ्चित भएको बताए । महामारीका कारण आर्थिक बिपन्न बढेर छोरीको थोरै उमेर पुगे पछि विवाह गर्दिने र घरायसी काम गर्नु पर्ने बाध्यताले किशोरीहरु शिक्षाबाट बञ्चित हुनु परेको जानकारी दिएको हो । उन्ले, सामाजिक र सांस्कृतिक कारणले छात्राको शिक्षामा निरन्तरतामा चुनौती पैदा गरेको स्थितिमा कोभिड–१९ को महामारीले थप चुनौती थपिदिएको बताउछन् । उनले सबै किशोरीहरुलाई निरन्तर सिकाइ क्रियाकलापमा जोड्न सरोकार भएका पक्ष, समुदाय र अभिभावक सशक्त भूमिका आवश्यक भएको बताए ।
शिक्षक श्रवण चौभरीले निम्न आयस्रोत भएका किशोरी शिक्षाबाट वञ्चित हुनु भनेको देशका लागि ठूलो हानि हो । नेपाल सरकारले सरकारी र गैरसरकारी तवरबाट कस्तो रणनीति बनाउने भन्नेमा ध्यान दिनु जरुरी छ ।
नोटः सामाजिक परिवर्तन केन्द्रकालागी लेखनबृत्ति प्रकाशन

अगाडिकाे पाेस्ट

पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता र प्रदेश नं. १ को नामाकरण ”किरात लिम्बु कोच मधेश“ हुनुपर्ने लोसपाको माग

अर्काे पाेस्ट

रामधुनी नगरको ९० जना अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा (ब्ल्याङ्केट) वितरण

सम्बन्धित अरु

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

समाचार

सेतो गुराँस आधारभूत विद्यालयको अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम

पुष २४, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष १९ । श्री सेतो गुराँस नमुना वालवाटिका आधारभूत विद्यालय इटहरी–८ ले बिहिवार अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम सम्पन्न गरेकोे छ । विपन्न दलित...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft