मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मंसिर पूर्णिमामा अगहनी धान र चामलको परिकार चढाएर थारु समुदाय “नेमान” पूजा मनाउदै

by By: रामधुनी खबर
पुष ४, २०७८
740

सुनिल चौधरी
झुम्का, पुष ४ । मंसिर पूर्णिमामा आइतवार नयाँ उत्पादन भएको अगहनी ननिहा धान र चामलको परिकार चढाएर थारु समुदायले “नेमान” पूजा मनाएको छ । अन्नबाली भित्र्याएको अवसरमा अगहनी धानको धुनी जगाउने र चामलको लड्डु, फलफुल, अक्षता लगायत गुरा परिकार बनाएर कुलदेवतालाई विधिवत चढाई थारु समुदाय “नेमान” पूजा मनाएको हो । “नेमान”लाई बोलीचालीमा “नेमानी” पनि भन्ने गरिन्छ ।
खेतीपाती राम्रो होस भनी असारमा अखारी र अन्नबाली पाकेपछि मंसिर पूर्णिमामा “नेमान” पूजा मनाउने प्रचलन रहेको छ । थारु संस्कार अनुसार घरमा कुलदेवता र बाहिर ग्रामथानमा “नेमान” पूजा गर्ने पौराणिक मान्यता रहेको छ । “नेमान” पूजा पछि उत्पादन गरेको नयाँ अन्न बाली खान सुरु गर्ने परमपरा रहेको छ । “नेमान” पूजा मौलिक संस्कार मानिन्छ । यस पूजामा अगहनी धानलाई चिउरा बनाएर सो चिउरालाई भुटेर बनाएको भुजालाई ओखल (ओखरी) मा कुटी सखर (गुर), नरिवल, छोहरा, सोप र दुध मिश्रणगरी बनाएको लड्डु चढाउने प्रमुख बिशेषता रहेको छ ।
पूजाको अर्को प्रमुख बिशेषता अगहनी चामलमा दुध र सखर मिसाएर गुरा बनाई समेत चढाउने गरिन्छ । “नेमान” पूजामा कुलदेवताको घर बाहिर धुनी जगाउने गरिन्छ । गोबर र धानको भुसले बनाएको चिपरी र धानको डाँठले धुनी जगाउने चलन रहेको छ । यसले घर वरिपरि रहेको अनिष्टलाई हटाउने र वातावरण स्वच्छता राख्ने धार्मिक मान्यता रहेको छ । चिपरी तिहारको भाइ टिकाको दिन (सुखराइत पर्वको जमजितिया) को दिन बनाएर घेराको फुल चढाई राखिन्छ । सो चिपरी घरको कुलदेवतालाई “नेमान” पूजा चढाउदा धुनी जगाउने मान्यता रहेको छ ।
यसैगरी घरको कुलदेवतालाई विधिवत पूजा गरे संगै ग्रामथानमा समेत “नेमान” पूजा गर्ने गरिन्छ । “नेमान” पूजाको दिन ग्रामथानको चारै कुना र बाहिर रहेको देवताको स्थानमा नयाँ उब्जाएको अगहनी धानको डाँठको मुठा बनाएर झुण्ड्याउने गरिन्छ । यस प्रकारले झुण्ड्याइ पूजा गर्नाले देवता र प्रकृतिलाइ भोग लाग्ने मान्यता रहेको छ । अगहनीधान भोग लगाउनाले आगामी बर्षहरुमा उत्पादन बृद्धि हुने र घरमा अन्न भरीभराउ रहिरहने बिश्वास रहेको रामधुनी वडा नं. १ नयाँटोल भादगाउँका धार्मिक कार्यमा भजन गर्दै आएका ६५ बर्षिय ग्रामथान संरक्षक गुजकलाल चौधरीले जानकारी दिए । उन्का अनुसार ग्रामथानको पूजामा बच्चा देखी बृद्ध सम्म भेला हुने गरिन्छ । ग्रामथानको “नेमान” पूजामा साँझ सामुहिक भेला भएर साँझबाती देखाएर लड्डु चढाइ भजन गर्दै अगहनी धानको चिउरा र दहि मिश्रणगरी बनाएको प्रसाद ग्रहणगरी पूजा समपन्न गर्ने गरेको बताए ।
खेती किसान गर्ने थारु समुदायको ऐतिहासिक रुपमा रहेको मौलिक “नेमान” पूजा भने राज्य र संचार माध्यममा महत्व नपाएको देखिन्छ । मंसिर पूर्णिमामा मनाउने अन्य पर्वहरुको बृहत उठान हुने गरेपनि “नेमान” पूजा पर्वकै रुपमा मनाउदा प्रचार प्रसार अभावले राज्य र मिडियामा स्थान नपाएको सौनधामी ग्रामथान पूजारी सिताराम चौधरीको गुनासो रहेको छ ।

अगाडिकाे पाेस्ट

भासि स्वास्थ्य चौकीमा सुक्रवार (आज) विहान ७ बजे देखिनै भेरोसेल खोप लिनेको भिड

अर्काे पाेस्ट

रेशम चौधरीले नयाँ दल दर्ता गर्दै

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft