मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

माघी तिलासंक्राईत पर्वको संस्कृति झल्किने थारु भाषाको प्रवद्र्धनात्मक म्युजिक भिडियो सार्वजानिक

by By: रामधुनी खबर
पुष २४, २०७८
787

राख संवाददाता
झुम्का, पुस २४ । राष्ट्रिय पर्व माघी तिला संक्राईत नजिकिँदै गर्दा सुक्रवार पर्वको संस्कृति झल्किने म्युजिक भिडियो सार्वजानिक गरेको छ । मेगा डिजटल रेकर्डिङ स्टुडियोको युट्युब च्यानल मार्फत थारु भाषामा ‘ऐ लै माघी रे’ बोलको गीत सार्वजानिक गरेको हो ।
पोस्ट प्रोडक्शन मेगा डिजटल रेकर्डिङ स्टुडियोको रहेको गीतमा शब्द, संगीत, रचना कुलदिप चौधरीको रहेको छ । स्वर समेत दिएका संगीतकर्मी चौधरी थारु भाषाको गीत संगीतमा अनुभवी मानिन्छ । युवा अवस्था देखिनै यस क्षेत्रमा रहेर दर्जनौ थारु भाषाका गीत दर्शक र स्रोता माझ सार्वजानिक गरिसकेको छ । महिलामा स्वर गायिका अनु चौधरीले साथ दिएकी छन् । गीतको सम्पुर्ण व्यवस्थापन स्टुडियो प्रोप्राइटर विशाल चौधरीको रहेको छ ।
थारू समुदायको महान मौलिक पर्व माघी अर्थात तिलासंक्राईतलाई लक्षित गरी तयार पारिएको यस भिडियोमा थारू समुदायको कला, संस्कृति झल्किने किसिमका सामग्रीहरू र थारू परिकारहरु देखाइएको छ । पर्वको मौलिक बिधि संरक्षणका साथै थारु भाषा प्रवद्र्धकालागी दृश्यात्मक सांगितिकि स्वरुप (माघी पर्व सम्बन्धि साँस्कृतिक म्युजिक भिडियो) मा स्थानीय कलाकारहरु प्राथमिक्ता रहेको छ । गीतको मूख्य भुमिकामा महेश कुमार चौधरी, बिनोद चौधरी, उमेश चौधरी, ममता चौधरी, दिपीका चौधरी, सुरभी खाँ देखिएका छन् । छायांकन हेमन योन्जन, राजा बाबू बिश्वासले गरेका छन् । कोरियो ग्राफीमा दर्पी सरदार छन् । श्रृगारमा अबध नारायन राजबंशीले साथ दिएका छन् ।
गीतको रौनकतामा नेतृत्व
यसबर्षको माघी तिला संक्राईत पर्वको रौनकतामा नेतृत्व लिने देखिन्छ । थारु भाषाबाट लयबद्ध रुपमा पर्वको संस्कृति झल्किने गीत निर्माणले पर्वको आभास, अपनत्व, समुदायको पहिचान बढाउने भएकोले पुर्व देखि पश्चिमका थारु समुदायमा रौनकता बढ्ने छन् । नेपालीहरुको राष्ट्रिय महान पर्व माघी तिला सङक्राइत नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो । तिला संक्राइतलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । अहिले सबै जातजातीले यो पर्व मनाउने गरेको छ । विशेष गरी २०५९ सालमा सरकारले माघीमा सार्वजनिक बिदाको व्यवस्था गरेपछि सबै जातजातीले मनाउन थालेको हो ।
माघ महिनाको १ गते मनाउने पर्व पुर्वको थारु समुदाय मौलिक र फरक बिधिले माघी तिलासंक्राइत मान्दै आएको छ । नयाँ अन्नबालीबाट परिकार बनाएर मनाउने माघी तिलासंक्राइत आधुनिकतामा आएर बिधिहरु बिर्सिदै गएको छ । माघी पर्वको प्रवद्र्धन अभावले नयाँ पुस्तामा हस्तान्रण हुन सकेको छैन् । यसले पर्वको पहिचान मात्र हैन मान्दै आएको थारु समुदायको पनि पहिचान हराउँदै गएको छ । तसर्थ पर्वको बृहत उठान र प्रवद्र्धन गर्न थारुको मौलिक भाषाको लयबाट दृश्यात्मक सांगितिकि स्वरुप (माघी पर्व सम्बन्धि साँस्कृतिक म्युजिक भिडियो) निर्माण गरेको शब्द संगीत कर्मी कुलदिप चौधरीले बताए ।
थारु संगीतकर्मीहरुमा शुभकामना ब्यक्त
संगीत लयबाट पर्व र थारु भाषाको प्रवद्र्धन गरेको अवसरमा संगीत कर्मीहरुलाई स्थानीय तहबाट र थारु तथा आदिवासी जनजाती संघ संगठनका अधिकारकर्मीहरुले शुभकामना ब्यक्त गरेका छन् । राष्ट्रिय पर्वमाघी तिला संक्राइत पर्वको मौलितामा आधारित गीतले एकताको शन्देस दिएको अवसरमा रामधुनी नगरपालिका, रामधुनी १ नं. वडा कार्यालय, इटहरी उपमहानगरपालिका १५ र १६ वडा कार्यालयले शुभकामना ब्यक्त गरेका छन् । गीतले पहिचान संरक्षणमा जोड दिएको अवसरमा थारु महिला उत्थान समाज सुनसरीका अध्यक्ष सिता थरुनी, थारु महिला सभा सुनसरी अध्यक्ष सुशिला लेखी यसैगरी आदिवासी जनजाती पत्रकार महासंघ सुनसरी अध्यक्ष नविन गुरुङ्ग लगायतका पहिचान अधिकार कर्मीले शुभकामना ब्यक्त गरेका छन् ।
थारु समुदायमा माघी तिला संक्राइत
नेपालका आदिवासी थारु समुदायको प्रकृतिसँग अति नजिक सम्बन्ध रहेको मानिन्छ । यो समुदायका मानिसको भाषा, रहनसहन, जीवनशैली अति फरक र रोचक मानिन्छ । थारु समुदाय केवल खानपान र मनोरञ्जनमा मात्र सीमित छैन । यो समुदायका मानिसहरु परिश्रमका पारखी पनि मानिन्छन् र वर्षभरी खेतीपाती कै काममा व्यस्त हुन्छन् । थारु जातिले संस्कृतिमा अति धनी भएकाले प्रत्येक महिना उनीहरु विभिन्न पर्व मनाउँछन् । कुनै महिना विशेष पर्व छैन भने पनि गीत तथा लोकनृत्य सम्बन्धी विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् । ती मध्ये सबैभन्दा महान पर्व माघीलाई मान्दछन् । यसलाई थारु समुदायको नयाँवर्ष पनि भनिन्छ । हामी माघी, तिला संक्राईत, मकर संक्रान्ति, माघ संक्रन्ति जे भनौ स्थान, अभ्यास या परम्परा अनुसार, त्यसको नजिक छौ । यस संक्रान्तिलाई विविध किसिमले मनाउने चलन छ । तर यसमा सन्निहीत भावना भने एउटै छ । जुन दिन सूर्य उत्तरायण हुन्छ त्यस दिनलाई मकर संक्रान्तिका रुपमा मनाउने गरिन्छ । तराईमा यस दिन सख्खर मिश्रित तिल र भुजाको लडु, खिचडी, माछा लगायतका परिकार बनाएर खाने परम्परा रहेको छ ।

अगाडिकाे पाेस्ट

सिंचाई जल उपभोक्ता समिति (एस.एस.जे.) झुम्का शाखाको ११ औँ साधारण सभा

अर्काे पाेस्ट

झुम्का बहुउद्धेश्यीय सहकारीको ३२ औं साधारण सभा सम्पन्न

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft