मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बक्लौरी तिलासंक्राईत माघी महोत्सव २०७८ मा लोप भएका थारु परम्परा र संस्कार प्रदर्शनी

by By: रामधुनी खबर
माघ ३, २०७८
552

सुनिल चौधरी
झुम्का, माघ ३ । थारु समुदायमा विवाहहुदा बेहुली(कनिया)लाई खरखरीयामा लिएर आउने परम्परा छ । खरखरीया हलुको काठले निर्माण गरेको जस्मा ६ जना सम्म बोक्न सक्ने सानो मन्दिर जस्तो आकार भएको खरखरियामै बसेर बेहुला (बर) र बेहुली (कनिया) संगै बसेर बेहुलाको घर आउने संस्कार छ । बेहुली ल्याउन अर्को संस्कार पनि रहेको पाइन्छ । बैलगाडालाई सजीसजाउगरी पाल ओढाएर बेहुलीलाई ल्याउने चलन छ । समय परिवर्तनले आधुनिकतामा आएर सो संस्कार र परम्परा लोप अवस्था छ । अहिले पश्चिमी संस्कारलाई प्राथमिक्तामा राखेर मौलितालाई छोड्दै संस्कार गर्ने चलन बढ्दो छ । मौलिकतामा आधारित संस्कार, परम्परा समुदायको पहिचान भएपनि समय परस्थिती परिवर्तन र प्रतिस्पर्धाका कारण विवाहमा कार, बस, स्कारपियो प्रयोग बढदै गएको छ । यसले खरखरीया प्रयोग हराइ सकेको छ । थारु समुदायको विवाहमा भारभरीया बोक्ने, परम्परागत ढोल बजाउने जस्ता धेरै संस्कार मासिसकेको छ ।
यसैगरी थारु समुदायको प्रमुख पेशा कृषि अन्नबाली धानलाई सुरक्षित साथ राख्न पराल र पराल बाध्न प्रयोग गर्ने जिना डोरीले गोल आकारको बनाई धान राख्ने चलन छ । जसलाई मोइर भनिन्छ । पराल र जिनाले बाधेको मोइरले घर भित्रयाएको धान सुरक्षित रहने र पछि काम लागे धान दुरुस्तै रहने भएकोले थारु समुदायमा मोइर बनाउने संस्कारनै रहेको पाइन्छ । मोइरमा राखेको धान पछि चामल बनाउदा स्वस्थ्य बर्दक हुने भएकोले थारु समुदायलेनै पहिलो पटक मोइर प्रचलनमा ल्याएको पहिचान अधिकार कर्मि तथा महोत्सव आयोजक श्रवण चौधरीले बताए । मोइर बनाउने संस्कार भने अहिले हराएर गएको छ । अहिले धान टिनको ड्राम वा प्लाष्टिकको बोरमा राख्ने गर्दा मोइर चलन लोप भएको पहिचान अधिकार कर्मी चौधरीको भनाई रहेको छ ।
यसैकालागी संस्कार, संस्कृति, परम्परा थारु समुदायको पौराणिक वास्तविक मौलिक पहिचान रहेकोले संरक्षण र नयाँ पुस्तामा जानकारी र हस्तान्तरणगर्ने उधेश्यले थारु महिला सभा रामधुनी ६ र ७ नं. वडा समितिले संयुक्त आयोजनामा महोत्सवगरी प्रर्दशन गरेका छन् । तिलासंक्राईत माघी पर्व २०७८ को अवसरमा महोत्सव आयोजनागरी लोप भएका थारु परम्परा र संस्कार प्रदर्शनी गरेका छन् । लोप भएका संस्कार प्रदर्शनी र थारु परिकारको स्वादले महोत्सवमा सहभागी सबैमा झनै जोश र उत्साहपुर्ण देखियो । महोत्सव उद्धघाटन रामधुनी ६ नं. वडाअध्यक्ष हेमनारयण राजधामीले गरेको आयोजक संगठनले जानकारी दिए ।
थारु महिला सभा रामधुनी ७ नं.समितिकी अध्यक्ष तिला चौधरीको सभापतित्वमा महामारी स्वस्थ्य मापदण्ड अपनाएर आयोजना गरेको महोत्सव अन्तर्गत पर्वको परिकारको महत्व उजागर गर्दै ग्रामथानको प्रतिक, विवाह विधि गर्न मरुवा, बैलगाडी, हलो, कोदालो, एकरंगा मोटा प्रर्दशनी गरेका छन् । पर्वको परिकार तिल र भुजाको लडु, माछा, घोङ्गही, सिध्रा, सुक्ठी माछा प्रर्दशनीगरी संस्कृति झल्काएको छ । थारु संस्कृति नेपालको धरोहर, सम्पति र गहना रहकोे मान्यताले राज्यबाट नीतिगत संरक्षणमा ध्यान र चासो गराउन महोत्सव आयोजना गरेको ब्यवस्थापक श्रवण चौधरीले जानकारी दिए । महोत्सवमा मौलिक लोक गीत धुम्रानाच, समाचखेवा, चाचैर, बिरहैन प्रस्तुत भएका छन् । बिभिन्न आधुनीक थारु भाषाका गीतमा नृत्य प्रस्तुत गरे भने गायक प्रवलदिप बिश्वास, सुनिल चौधरी र रोजिना चौधरीले आफनो गायन प्रस्तुत गर्दै महोत्सवमा सहभागीहरुलाई नचाएका थिए । महोत्सवको रौनकता बढाउन बिशेष थारु भेष भुषामा सज्जित बिभिन्न टोल, संगठनबाट आएका झाँकीले साथ दिएका थिए ।
मौलिकतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आयोजित कार्यक्रम भने महामारीले प्रभावित भएको छ । महोत्सव तिन दिन मनाउने आयोजकको योजना भएपनि एक दिनमा समिति राख्दै समापन गर्नु परेको छ । सिमित एक दिन महोत्सवले थारुको जन्म देखी मृत्यु सम्म गरिने संस्कारलाई प्रवद्र्धन गर्न नसकेको भन्दै आयोजक सत्यनारायण चौधरीले दुःख ब्यक्त गरे । थारु महिला उत्थान समाज सुनसरी अध्यक्ष सिता थरुनीले महिला सभा रामधुनी ६ र ७ नं. वडा कार्य समिति थारु अधिकारको सवालमा निरन्तर जुटिरहेको र समुदायलाई जागरुक बनाउदै राज्यको आखाँ र कान खोल्ने काम गरेको प्रति धन्यवाद ब्यक्त गर्दै अझै सशक्तरुपमा अगाडी बढ्न शुभकामना ब्यक्त गरेकी छन् । कार्यक्रममा पत्रकार गवन चौधरी, थारु महिला सभा रामधुनी नगर अध्यक्ष सिता चौधरी लगायतका अतिथीहरुले बोलेका थिए । होत्सव भब्य तथा सभ्य र शान्ति पुर्वक रुपमा सम्पन्न भएको छ । राती आठ बजे सम्म शान्ति पुर्वक सम्पन्न भएको हो ।

अगाडिकाे पाेस्ट

आज तिलासंक्राईत पर्व, ‘तिल तथा भुजाको लड्डु खानाले त्रिदोष नाश र बर्ष भरी निरोगी हुने’

अर्काे पाेस्ट

सनेश कृषि सहकारी संस्थाको थोक तथा खुद्रा कृषि बजार ‘सनेश एग्रो मार्ट’ संचालन

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft