मिति : २०८२ मंसिर २८ गते (सनिबार)
मौसम : 19.03°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी वडास्तरीय नकाउट फुटबल च्याम्पियन ६ नं. वडाका खेलाडीलाई भब्य सम्मान

by By: रामधुनी खबर
माघ ७, २०७८
547

सुनिल चौधरी
झुम्का, माघ ७ । रामधुनी वडास्तरीय नकाउट फुटबल प्रतियोगिता २०७८ को बिजेता रामधुनी वडा नं. ६ का खेलाडीलाई भब्य सम्मान पाएका छन् । फुटबल प्रतियोगितामा दक्षताका साथ खेल प्रस्तुतगरी प्रथम स्थान ल्याई वडालाई अब्बल खेल प्रतिको पहिचान बनाएको अवसरमा रामधुनी ६ नं. वडा कार्यालयले सम्मान गरेको हो ।
प्रतियोगितामा बिजय प्राप्त गर्न सफल सम्पुर्ण च्याम्पिय खेलाडीहरुलाई शिल्ड, खादा, अबिर, टिका लगाई युवा खेल विकासमा प्रोत्साहन बढाएको छ । वडा अध्यक्ष हेमनारायण राजधामी तथा वडा सदस्यहरुले खेलाडीहरुलाई सम्मानगर्दै आगामी दिनहरुमा वडाबाट खेलकुद तर्फ थप सहयोग र निरन्तरता दिने प्रतिबद्धता गरेका छन् । वडाअध्यक्ष राजधामीले खेल विकासले युवाहरुको शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुग्ने देखि लिएर दुव्र्यशनीबाट समेत जोगिने भएकोले खेलकुदको सवै उमेरकालाई महत्व रहेको भन्दै फुटबल बाहेक भलिबल खेल लगायत अन्य खेलहरुमा पनि वडाका युवाहरु च्याम्पियन र अब्बलता बन्नु पर्ने सुझाव ब्यक्त गरेका छन
वडा नं. ६ प्रतियोगितामा प्रथम बन्दै रु ३० हजार नगद, शिल्ड तथा ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा शन्देस राई म्यान अफ दि म्याच घोषित भएका छन् । देवराज गुरुङ्गको कोच र प्रदिप राईको टिम क्याप्टेनको अगुवाईले खेलाडीहरुले आत्मबल बढाउदै खेलमा वडा च्याम्पियन हासिल गर्न सफल भएको खेलाडी सरल कट्वालले बताए । ‘अरु वडाका खेलाडीहरु मैदानमा उत्रिदा ट्रयाक लगाएर आउथ्यो तर हामी साधारण भेष्टमै चित्त बुझाएर खेल्यौ, वास्तिविकता त, खेलको बिजय ट्रयाकमा नभएर दक्षतामा रहेको भन्दै सो महसुस हामिले गरेका छौँ’ खेलाडी कट्वालले बताए । फाइनल खेल अन्तर्गत पेनाल्टी सुटआउटमा रामधुनी वडा नं. ७ लाई पराजितगरी वडा च्याम्पिय भएको हो । रामधुनी वडास्तरीय नकाउट फुटबल प्रतियोगिता २०७८ रामधुनी नगरपालिकाको सहयोगमा पिप्राहा खेल मैदानमा आयोजना भएको थियो ।

अगाडिकाे पाेस्ट

सनेश कृषि सहकारी संस्थाको थोक तथा खुद्रा कृषि बजार ‘सनेश एग्रो मार्ट’ संचालन

अर्काे पाेस्ट

रामधुनीमा सामाजिक जवाफ देहिता थप पहल बढाउन नयाँ अवधारणामा जोड

सम्बन्धित अरु

समाचार

काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

मंसिर २७, २०८२

रामधुनी खबर संवाददाताझुम्का, २६ मंसिर । नेपाली कांग्रेस रामधुनी नगर समितिको सभापति पदमा युवा नेता महेश चौधरीले उम्मेदवार दिने तयारी गरेका छन् । आगामी हुने १५ औँ महाधिवेशन अन्तर्गत नगर...

समाचार

रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

मंसिर ४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, मंसिर ३ । बालाचतुर्दशीको अवसरमा रामधुनी बाबा वनखण्डी तपस्थली मन्दिरमा बुधवार दर्शनार्थीको घुइँचो लागेका छन् । बुधवारको पहिलो प्रहर सुरु भए संगै मृत्यूवरण गरेका पितृहरुको मोक्ष...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

    0 shares
    Share 0 Tweet 0
  • भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

    0 shares
    Share 0 Tweet 0
  • काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft