मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु भाषाको पाठ्यक्रम विकासकालागि रामधुनीमा शैक्षिक गतिविधि गर्ने संस्थाबाट मेयर चौधरीले गरे सहयोगको अपिल

by By: रामधुनी खबर
साउन २०, २०७९
608

राख संवाददाता्
झुम्का, साउन २० । रामधुनी नगरमा स्थानीय थारु भाषा विकासमा मेयर संकरलाल चौधरी चिन्तित देखिएको छ । चिन्तित र आश सहित स्थानीय थारु भाषामा पठन पाठन प्रवद्र्धनकालागि शैक्षिक गतिविधि गर्ने संस्थाबाट सहयोगकालागि रामधुनी नगरपालिकाका मेयर चौधरीले अपिल गरेको छ । रामधुनी नगर क्षेत्रमा शैक्षिक गतिविधि कार्यगर्दै आएको ग्रामिण समाज उत्थान केन्द्र (आरएसडिसी) ले थारु भाषाको पाठयक्रम कार्यन्वयनकालागि पनि सहयोग गर्नु पर्ने मेयर चौधरीले सुझात्मक अनुरोध गरेको हो ।
रामधुनी नगरको बिद्यालयहरुमा प्लान नेपालको सहयोगमा आरएसडिसी संस्थाद्धारा संचालित परियोजनामा सन २०२२ मा गरेको गतिविधिको समिक्षा तथा आगामी सन २०२३ मा संचालन हुने कार्यक्रमको बारेमा संस्थाले सुक्रवार सुझाव लिएका छन् । सो कार्यक्रममा मेयर चौधरीले स्थानीय थारु भाषा विकासकालागि नगरपालिकाबाट बजेट स्विकृत भएको छ, आरएसडिसी संस्थाबाट थप सहयोग र कार्यसंचालन भए भाषा विकासमा सहयोग पुग्ने बताए ।
रामधुनी नगरमा थारु भाषामा अध्यन अध्यापनकालागि पाठ्यक्रम निर्माणगरी विमोचन भै सकेको छ । कक्षा १ देखि ५ सम्मको किताब निर्माण हुने र बिद्यालयहरुमा लागू गरी पठनपाठन सुरु गर्ने पाठ्यक्रम निर्माण गरिएको छ । पाठ्क्रम अनुसार रामधुनी नगरपालिकाको बारेमा जानकारी, स्थानीय संस्कृति, भेष भूषाको पहिचान, अवस्था अध्ययन, प्रवद्र्धन र यसको प्रयोग बारेमा जानकारी पाउँने पाठ्यक्रामा उल्लेख रहेको छ । आयआर्जको स्रोत र यसको आवश्यक्ता र महत्वको बारे बोध गराउँन प्राथमिक्ता दिएको छ । थारु भाषाको लिपि भने आफनै नभएपनि देवनागरी लिपिमा लेख्ने जनाएको छ ।
थारु भाषाको स्थानीय पाठ्यक्रमल थारु बाहुल्य रामधुनी नगरपालिकामा स्थानीय थारु भाषा अध्यन सुरुवात भए भाषा संरक्षणका साथै विद्यालय सम्म जाने थारु बालबालिकाहरुमा बृद्धिहुने अपेक्षा गरिएको छ ।
नेपालको संविधान २०७२ ले नेपालमा बोलिने सबै मात्रृभाषाहरु राष्ट्रयभाषाको मान्यता दिएको छ । संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३) मा प्रत्येक व्यक्ति र समुदायलाई आफनो सांस्कृतिक जिवनमा सहभागी हुने हक हुनेछ र उपधारा ३ मा नेपालमा वसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई आफनो भाषा,लिपि,संस्कृति,सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने हकको प्रावधान अनुसार निर्माण गरिएको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ (ज) (४)मा समेत मातृभाषामा शिक्षा दिन विद्यालयाको अनुमति, अनुगमन वा नियमन गर्न व्यवस्था रहेकोले सोहि अुनुसार थारु भाषा पाठ्यक्रम निर्माण गरेको हो ।

अगाडिकाे पाेस्ट

रामधुनीका सामुदायिक विद्यालयहरुमा बालबालिकाको सपना तथा सिकाई परियोजना

अर्काे पाेस्ट

मिस्टर एण्ड मिस थारु झुम्कामा अडिसन, पुर्व देखि पश्चिमका थारु युवा सहभागी हुदैे

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft