राख संवाददाता्
झुम्का, साउन २० । रामधुनी नगरमा स्थानीय थारु भाषा विकासमा मेयर संकरलाल चौधरी चिन्तित देखिएको छ । चिन्तित र आश सहित स्थानीय थारु भाषामा पठन पाठन प्रवद्र्धनकालागि शैक्षिक गतिविधि गर्ने संस्थाबाट सहयोगकालागि रामधुनी नगरपालिकाका मेयर चौधरीले अपिल गरेको छ । रामधुनी नगर क्षेत्रमा शैक्षिक गतिविधि कार्यगर्दै आएको ग्रामिण समाज उत्थान केन्द्र (आरएसडिसी) ले थारु भाषाको पाठयक्रम कार्यन्वयनकालागि पनि सहयोग गर्नु पर्ने मेयर चौधरीले सुझात्मक अनुरोध गरेको हो ।
रामधुनी नगरको बिद्यालयहरुमा प्लान नेपालको सहयोगमा आरएसडिसी संस्थाद्धारा संचालित परियोजनामा सन २०२२ मा गरेको गतिविधिको समिक्षा तथा आगामी सन २०२३ मा संचालन हुने कार्यक्रमको बारेमा संस्थाले सुक्रवार सुझाव लिएका छन् । सो कार्यक्रममा मेयर चौधरीले स्थानीय थारु भाषा विकासकालागि नगरपालिकाबाट बजेट स्विकृत भएको छ, आरएसडिसी संस्थाबाट थप सहयोग र कार्यसंचालन भए भाषा विकासमा सहयोग पुग्ने बताए ।
रामधुनी नगरमा थारु भाषामा अध्यन अध्यापनकालागि पाठ्यक्रम निर्माणगरी विमोचन भै सकेको छ । कक्षा १ देखि ५ सम्मको किताब निर्माण हुने र बिद्यालयहरुमा लागू गरी पठनपाठन सुरु गर्ने पाठ्यक्रम निर्माण गरिएको छ । पाठ्क्रम अनुसार रामधुनी नगरपालिकाको बारेमा जानकारी, स्थानीय संस्कृति, भेष भूषाको पहिचान, अवस्था अध्ययन, प्रवद्र्धन र यसको प्रयोग बारेमा जानकारी पाउँने पाठ्यक्रामा उल्लेख रहेको छ । आयआर्जको स्रोत र यसको आवश्यक्ता र महत्वको बारे बोध गराउँन प्राथमिक्ता दिएको छ । थारु भाषाको लिपि भने आफनै नभएपनि देवनागरी लिपिमा लेख्ने जनाएको छ ।
थारु भाषाको स्थानीय पाठ्यक्रमल थारु बाहुल्य रामधुनी नगरपालिकामा स्थानीय थारु भाषा अध्यन सुरुवात भए भाषा संरक्षणका साथै विद्यालय सम्म जाने थारु बालबालिकाहरुमा बृद्धिहुने अपेक्षा गरिएको छ ।
नेपालको संविधान २०७२ ले नेपालमा बोलिने सबै मात्रृभाषाहरु राष्ट्रयभाषाको मान्यता दिएको छ । संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३) मा प्रत्येक व्यक्ति र समुदायलाई आफनो सांस्कृतिक जिवनमा सहभागी हुने हक हुनेछ र उपधारा ३ मा नेपालमा वसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई आफनो भाषा,लिपि,संस्कृति,सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने हकको प्रावधान अनुसार निर्माण गरिएको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ (ज) (४)मा समेत मातृभाषामा शिक्षा दिन विद्यालयाको अनुमति, अनुगमन वा नियमन गर्न व्यवस्था रहेकोले सोहि अुनुसार थारु भाषा पाठ्यक्रम निर्माण गरेको हो ।
