मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीमा ९ सय मेट्रिकटन खपत हुने रासायनिक मल १४० मात्र उपलब्धले किसान चिन्तित्

by By: रामधुनी खबर
साउन २५, २०७९
1011

सुनिल चौधरी
झुम्का, साउन २५ । गत बर्ष अविरल बर्षाले निम्त्याएको बाढीका कारण कृषक अन्न, धान उत्पादनमा निकै क्षति ब्यहोर्नु प¥यो । काटेको धान घर भित्रयाउन लागेको अवस्थामा बाढीले बगाउँदा नत लगानि नै उठाउँन पायो नत कतै बाट क्षतिपूर्ति नै पायो ।
संघिय, प्रदेश, स्थानीय सरकारले बर्षाका कारण धानबालिमा भएको क्षति राहत प्रदान गर्ने घोषणा त ग¥यो तर घोषणामै सिमितहुदा कृषक झनै मारमा परेको छ । राहतकालागि राहत रकम कृषकको खातामै दिने भनेर फारम भराएर बैंक चेक समेतको कृषकबाट लिएर आश्वासन दियो तर हाल सम्म पाएको छैन ।
रामधुनी वडा नं. १ का कृषक सिताराम चौधरीको १८ कठ्ठा खेतको धान बाढीले बगाउँदा राहतकालागि सबै प्रक्रृया गरेपनि राहत पाउँन नसकेको गुनासो छ । भादगाउँका कृषक देविलाल चौधरीको काटेको धान, पोखरीको माछा समेत बाढीले बगाउँदा मारमा परेको कृषक चौधरीको अवस्था पनि उस्तै छ । कृषक मान बहादुरले पनि राहतकालागि गरेको प्रक्रृया पनि प्रक्रृयामै सिमित रहेको बताए । सोझा किसानलाई सरकारले आश्वासन मात्र दिने प्रबृति व्यवहारले नेपाललाई अन्न बालीमा आत्मनिर्भर बनाउछु भन्ने सरकारले ठग्नु मात्र हुन भन्ने किसानहरुको गुनासो रहेको छ ।
बढीले किसानलाई दिएको चोट एक बर्ष पनि भएको छैन । समस्या ताजै रहदा–रहदै किसानले यस बर्ष मलको चरम अभाव खेप्नु परेको छ । धान बालीमा लगाउँनु पर्ने रसायनिक मल पाउँन नसक्दा किसान चिन्तित् छन । रामधुनीको झुम्का लगायतका मल पाउँने संस्थान तथा पसलमा एक दिन अगाडी देखि लाइनमा बसेर पनि मल पाउँन नसकेको किसानहरुले गुनासो गरेको छ । रामधुनीको डुम्राहा, बक्लौरीका किसानहरु मलकालागि बेलुका देखिनै लाइनका बस्नु पर्ने समस्या रहेको कृषक धिरज चौधरीले बताए ।
रामधुनी नगर क्षेत्रमा धानबालीमा मात्र ९ सय मेट्रिकटन रसायनिक मल खपत हुने गरेको कृषि शाखा रामधुनीका प्रमुख तुलसी चौधरीले बताए । सो मात्रामा रसायनिक मल खपत हुने गरेपनि यस बर्ष हाल सम्ममा उपलब्ध भै सक्नु पर्नेमा १ सय ४० मेट्रिकटन मात्र उपलब्धले अहिले कृषकहरुले मलको चरम अभाव खेप्नु परेको कृषि शाखा प्रमुख चौधरीले जानकारी दिए ।
प्रमुख बालीको रुपमा रहेको धान बालीकालागि युरिया र डीएपी मलको अभावले यस बर्ष रामधुनी नगरको उत्पादन प्रतिशत घट्ने प्रक्षेपन समेत गरेको छ । कृषि शाखा रामधुनीको अनुसार जिल्लाले समयमा मल उपलब्ध गराउँन नसक्दा ३५ प्रतिशत उत्पादन घट्ने प्रक्षेपन रहेको बताए । उत्पादन घट्नुको अर्को कारण बाध्यताले किसान सिमावर्ती क्षेत्रबाट गुणस्तरहीन मल ल्याएर प्रयोग गरिरहेको कारण उत्पादनमा प्रभावित हुने गरेको कृषि शाखाको भनाई छ ।
मल उपलब्धकालागि संघीयबाट प्रदेशलाई कोटा अनुसारको मल दिनेको गरेकोमा प्रदेशले जिल्लामा कोटा अनुसारकै मल पठाउँने गरेकोले खपत अनुसार पु¥याउन नसकेको कृषि शाखा रामधुनीले जनाएको छ । जिल्लामा आएको मल स्थानीय तहमा बाडफाडगरी थौरै मात्र पाउँने भएकोले आवश्यक्ता अनुसार किसानले मल पाउँन नसकेको बताए ।
समयमै सम्बन्धित निकायले आवश्यक पर्ने मलको आपूर्ति व्यवस्थापन गर्न नसक्दा मलको अभाव हुने गरेको हो । तोकिएको कोटाअनुसारको मल समयमै आपूर्तिको व्यवस्थापन गर्नमा भइरहेको कमीकमजोरीले मल अभाव हुने गरेकामा कृषि ज्ञान केन्द्र जिल्लाले हरेक बालीका लागि कति मलको आवश्यकता पर्छ भनेर आँकलन गर्न नसक्नु पनि मल अभाव हुनुको कारण बताइएको छ ।

अगाडिकाे पाेस्ट

नेपाल महिला संघको ७५ औ स्थापना दिवसको अवसरमा रामधुनी नगर समितिद्धारा दिप प्रज्वलन

अर्काे पाेस्ट

आज रक्षाबन्धन तथा जनैपूर्णिमा, सुरक्षा,आत्मविश्वास र बलको प्रतीक

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft