सुनिल चौधरी
झुम्का, साउन २५ । गत बर्ष अविरल बर्षाले निम्त्याएको बाढीका कारण कृषक अन्न, धान उत्पादनमा निकै क्षति ब्यहोर्नु प¥यो । काटेको धान घर भित्रयाउन लागेको अवस्थामा बाढीले बगाउँदा नत लगानि नै उठाउँन पायो नत कतै बाट क्षतिपूर्ति नै पायो ।
संघिय, प्रदेश, स्थानीय सरकारले बर्षाका कारण धानबालिमा भएको क्षति राहत प्रदान गर्ने घोषणा त ग¥यो तर घोषणामै सिमितहुदा कृषक झनै मारमा परेको छ । राहतकालागि राहत रकम कृषकको खातामै दिने भनेर फारम भराएर बैंक चेक समेतको कृषकबाट लिएर आश्वासन दियो तर हाल सम्म पाएको छैन ।
रामधुनी वडा नं. १ का कृषक सिताराम चौधरीको १८ कठ्ठा खेतको धान बाढीले बगाउँदा राहतकालागि सबै प्रक्रृया गरेपनि राहत पाउँन नसकेको गुनासो छ । भादगाउँका कृषक देविलाल चौधरीको काटेको धान, पोखरीको माछा समेत बाढीले बगाउँदा मारमा परेको कृषक चौधरीको अवस्था पनि उस्तै छ । कृषक मान बहादुरले पनि राहतकालागि गरेको प्रक्रृया पनि प्रक्रृयामै सिमित रहेको बताए । सोझा किसानलाई सरकारले आश्वासन मात्र दिने प्रबृति व्यवहारले नेपाललाई अन्न बालीमा आत्मनिर्भर बनाउछु भन्ने सरकारले ठग्नु मात्र हुन भन्ने किसानहरुको गुनासो रहेको छ ।
बढीले किसानलाई दिएको चोट एक बर्ष पनि भएको छैन । समस्या ताजै रहदा–रहदै किसानले यस बर्ष मलको चरम अभाव खेप्नु परेको छ । धान बालीमा लगाउँनु पर्ने रसायनिक मल पाउँन नसक्दा किसान चिन्तित् छन । रामधुनीको झुम्का लगायतका मल पाउँने संस्थान तथा पसलमा एक दिन अगाडी देखि लाइनमा बसेर पनि मल पाउँन नसकेको किसानहरुले गुनासो गरेको छ । रामधुनीको डुम्राहा, बक्लौरीका किसानहरु मलकालागि बेलुका देखिनै लाइनका बस्नु पर्ने समस्या रहेको कृषक धिरज चौधरीले बताए ।
रामधुनी नगर क्षेत्रमा धानबालीमा मात्र ९ सय मेट्रिकटन रसायनिक मल खपत हुने गरेको कृषि शाखा रामधुनीका प्रमुख तुलसी चौधरीले बताए । सो मात्रामा रसायनिक मल खपत हुने गरेपनि यस बर्ष हाल सम्ममा उपलब्ध भै सक्नु पर्नेमा १ सय ४० मेट्रिकटन मात्र उपलब्धले अहिले कृषकहरुले मलको चरम अभाव खेप्नु परेको कृषि शाखा प्रमुख चौधरीले जानकारी दिए ।
प्रमुख बालीको रुपमा रहेको धान बालीकालागि युरिया र डीएपी मलको अभावले यस बर्ष रामधुनी नगरको उत्पादन प्रतिशत घट्ने प्रक्षेपन समेत गरेको छ । कृषि शाखा रामधुनीको अनुसार जिल्लाले समयमा मल उपलब्ध गराउँन नसक्दा ३५ प्रतिशत उत्पादन घट्ने प्रक्षेपन रहेको बताए । उत्पादन घट्नुको अर्को कारण बाध्यताले किसान सिमावर्ती क्षेत्रबाट गुणस्तरहीन मल ल्याएर प्रयोग गरिरहेको कारण उत्पादनमा प्रभावित हुने गरेको कृषि शाखाको भनाई छ ।
मल उपलब्धकालागि संघीयबाट प्रदेशलाई कोटा अनुसारको मल दिनेको गरेकोमा प्रदेशले जिल्लामा कोटा अनुसारकै मल पठाउँने गरेकोले खपत अनुसार पु¥याउन नसकेको कृषि शाखा रामधुनीले जनाएको छ । जिल्लामा आएको मल स्थानीय तहमा बाडफाडगरी थौरै मात्र पाउँने भएकोले आवश्यक्ता अनुसार किसानले मल पाउँन नसकेको बताए ।
समयमै सम्बन्धित निकायले आवश्यक पर्ने मलको आपूर्ति व्यवस्थापन गर्न नसक्दा मलको अभाव हुने गरेको हो । तोकिएको कोटाअनुसारको मल समयमै आपूर्तिको व्यवस्थापन गर्नमा भइरहेको कमीकमजोरीले मल अभाव हुने गरेकामा कृषि ज्ञान केन्द्र जिल्लाले हरेक बालीका लागि कति मलको आवश्यकता पर्छ भनेर आँकलन गर्न नसक्नु पनि मल अभाव हुनुको कारण बताइएको छ ।
