मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बाल दुव्र्व्यवहार, शोषण, उपेक्षा, हिंसा न्युनिकरणगर्न रामधुनीमा स्टिक्स एण्ड स्टोन्स”तालिम

by By: रामधुनी खबर
भदौ १, २०७९
669

राख संवाददाता
झुम्का, भदौ १ । बाल संरक्षणलाई प्रवद्र्धन गर्न रामधुनी नगरका शिक्षक शिक्षिकालाई तिन दिवसीय स्टिक्स एण्ड स्टोन्स तालिम दिएको छ । बिद्यालयमा बालबालिकाहरु सुरक्षित रुपमा हुर्कने अवस्थाको सिर्जना र उनीहरुमा हुने दुव्र्यवहार, हिंसा जस्ता घटना न्युनिकरण गर्ने उद्येश्यले स्टिक्स एण्ड स्टोन्स तालिम दिएको हो ।
प्लान नेपालको सहकार्यमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले १४ वटा बिद्यालयका २० जना शिक्षक शिक्षिकालाई तालिम दिएको आयोजक संस्थाले जानकारी दिए । तालिमको अन्तिम दिन मंगलवार नगरप्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, प्रमुख प्रशासकिय अधिकृत कमल थापा र शिक्षा शाखा प्रमुख राजन गेलालको उपस्थिती रहेको थियो ।
तालिम व्यवहारिक रुपमा कार्यन्वयन हुनु पर्ने नगर प्रमुख चौधरीले सुझाव दिनु भएको छ । बिद्यालयमा बालबालिका सुरक्षितकालागि शिक्षक शिक्षिका भन्द पनि बिशेष प्रद्यानाध्यापकले ध्यान दिनु पर्ने बताउँनु भयो । बालमैत्रि स्थानीय साशन घोषणा भएपनि रामधुनी नगरका बिद्यालयमा पढ्न सक्ने अवस्था नरहेको उठान गर्नु भयो । बिद्यालयमा सरसफाईको अभाव, वाल कक्षाहरुमा ४ जना बिद्यार्थी पढ्न आउने गरेको, बालबालिका दुब्र्यशनिमा फसेको अवस्था रहेकोले बिद्यालयका बिशेष प्रद्यानाध्यापकले ध्यानदिन जरुरी रहेको नगर प्रमुख चौधरीले सुझाव दिनु भएको हो ।
बालबालिकाको चौतर्फि विकासका लागि उनीहरुले सुरक्षित वातावरणमा माया मम्ताका साथ हुर्कन पाउनु पर्ने अवस्था सिर्जना गर्न तालिमको आवश्यक्ता महशुस भएकोे कोकन संस्थाकी अध्यक्ष मन्जीता उपाध्यायले जानकारी दिइन । बालबालिकाका लागि अझ पनि हिंसामुक्त बाल्यकाल वास्तविकताबाट धेरै टाढा रहेको छ । उनीहरु अहिले पनि दुव्र्व्यवहार, शोषण र उपेक्षाका शिकार भैरहेका छन् जसको दीर्घकालिन परिणाम स्वरुप उनीहरुको पूर्ण विकासमा बाधा पुगिरहेको छ । यदि बालबालिका पूर्णरुपमा सुरक्षित रहन सकेनन् भने उनीहरुका अन्य अधिकार तथा विकासका सबै पक्षहरु गम्भीर रुपमा कुण्ठित हुने हुदा बाल संरक्षणको प्रयासलाई अगाडि बढाउँन तालिको आयोजना गरेको कोकन संस्थाकी अध्यक्ष उपाध्यायले रामधुनी खबर पत्रिकालाई जानकारी दिइन् ।
बालबालिकालाई उनीहरुको आफ्नै सुरक्षामा संलग्न गराउने कुराले बालबालिकालाई हेरचाह पाउने वस्तुको दर्जाबाट आफ्नो विकासमा लाग्न सक्ने सक्रिय मानवका रुपमा स्थापित गरेको छ । यो कुरा विभिन्न प्रकारका हिंसाका बारेमा जानकारी लिएर र कुनै पनि हिंसा अस्वीकार्य हो र यिनको रोकथाम सम्भव छ भन्ने बुझेर आरम्भ हुन्छ । दुर्व्यवहार सम्बन्धका जोखिमहरुका बारेको जानकारीले बालबालिकामा महत्वपूर्ण सीपहरु विकास हुन्छन् जसबाट हानिकारक अवस्थाहरुबाट बच्ने र कुनै त्यस्ता हिंसाका घटनाहरु देखिए वा आइपरे भने सम्बन्धित ठाउँमा सूचना दिनसक्ने हुन्छन् ।
तालिम निर्देशिकाले विभिन्न परिस्थिति र अवस्थामा बालबालिकाको संरक्षणको दृष्टिकोण स्थापित गरेको छ । यसका साथै यसभित्र विभिन्न उमेरसमूहका बालबालिकालाई जोखिम अवस्थाको पहिचान र आफूलाई संरक्षण गर्ने उपायमा सघाउन प्रशस्त व्यवहारिक क्रियाकलापहरु समेटिएको छ । यस पुस्तकले बालबालिका विरुद्ध हुने हिंसा विरुद्ध प्रभावकारी रोकथाम तथा संरक्षणका रणनीतिहरुलाई व्यवहारमा ल्याउनका लागि उनीहरुका समूहहरुसँग सहकार्य बढाउने समेत लक्ष्य रहेकोसहभागि शिक्षक संजिव चौधरीले बताए ।

अगाडिकाे पाेस्ट

आज रक्षाबन्धन तथा जनैपूर्णिमा, सुरक्षा,आत्मविश्वास र बलको प्रतीक

अर्काे पाेस्ट

झुम्का बजारमा १८ औ ऐतिहासिक,धार्मिक राधाकृष्ण रथयात्रा भब्य रुपले समपन्न

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft