मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रोपाइँ सम्पन्नको अवसरमा थारु समुदायमा “रैब पर्व” सुरु भएसंगै “बिषहैर पूजा”को डाली राख्दै

by By: रामधुनी खबर
भदौ ११, २०७९
1073

सुनिल चौधरी
झुम्का, भाद्र ११ । थारु समुदायमा “रैब पर्व” सुरु भएसंगै शनिवार “बिषहैर पूजा”को डाली राखेका छन् । खेतीपाती रोपाइँ सम्पन्न भएको अवसरमा भाद्र महिनाको कुनै एक आइतवार नुन र तेल बारेर दही च्युरा गुलियो मात्र खाएर “रैब पर्व” मनाइन्छ भने रोपाइँ गर्दा हिलो पानीमा बिषालु सर्पबाट जोग्यौँ भन्ने बिश्वासले बिषहैर देवीलाई पूजा गर्नकालागि डाली राख्ने संस्कार रहेको छ । यस आइतवार गर्ने गाउँटोलका थारु समुदाय आजकै दिन शनिवार बिहान डाली राखेका हुन् ।
डाली राख्ने दिन सबै घरधुरीका परिवारले घरआँगन गोबरले निपपोतगरी डाली राख्ने संस्कार रहेको छ । डालीमा चामल र दक्षिणा राखेर ग्रामथानको गहदारकोमा दिने वा डाली माग्ने टोलीलाई दिने गरिन्छ । डाली गहदारकै घरमा राख्ने गरिन्छ । राखेको डाली आइतवार बेलुका तथा सोमवार बेलुका नदी, तलाउ वा नहर, पोखरीमा गएर नागनागिनको प्रतिमूर्ति बनाई विर्सजन गर्ने परम्परा रहेको छ ।
भाद्र महिनाको प्रत्येक आइतवार “रैब पर्व” मनाउने गरिन्छ । थारु भाषामा आइतवारलाई रैब दिन भन्ने गरेकाले आइतवार रैब पर्व मनाउने परम्परा रहेको छ । सबै टोलमा फरक फरक दिन गर्ने चलन रहेकोले भाद्र महिनाको कुनै एक आइतवार नुन र तेल नखाई विधिपुर्वक मनाउने गरिन्छ ।
यस बर्ष भदौ महिनाको चारवटा आइतवार (रैब) पर्व भएपनि कुनै एक आइतवार मनाए पर्व सफल हुने बिश्वास रहिआएको छ । रोपाइ सम्पन्न भएको बालीमा रोगब्याधी नलागोस र उब्जनीमा बृद्धि भइ अन्नको कमि नहोस भन्ने धार्मिक मान्यताले “रैब पर्व” मनाउदै आएको रामधुनी १ का ७२ बर्षिय गुजकलाल चौधरीले बताउनु भयो ।
उब्जाउ बृद्धि हुदै राज्यको सबै नागरीकमा अन्नको पहुच पुग्ने उधेश्यले आफ्नो कुल देवता र प्रकृतिलाई दही, च्युरा, चिनी, गुलियो परिकारका साथै उपलब्ध अनुसार फलफुल चढाएर मनाउने गरिन्छ । यस पर्वको महत्व जति ठुलो रहेको छ त्यसअनुसार मनाउने विधि पनि मान्नु पर्ने हुन्छ । यस बर्ष भदौ ५, १२, १९ र २६ गते आइतवार (रैब) पर्व परेको छ ।
“रैब पर्व”मा पारिवारका सबै सदस्य नुन तेलको उपास बस्नु पर्छ । परिवारका बाल बच्चा देखी जेष्ठ सदस्यहरु नुन, तेल नखाइ दिनभर बारेर रैब पर्व मनाउनु पर्छ । पर्वमा खाने कुरामा गुलियो परिकार खादै मनाउनु पर्ने परम्परा रहेको छ । आइतवार बिहानै स्नान गरेर गुलियो परिकार परसादको रुपमा खाने गरिन्छ । पौराणिक मान्यता अनुसार खेतीपाती उठाउन आइतवार पनि हलो चलाउदा हलगोरु मर्ने जस्ता परिवारमा समस्या र अनिष्ठ हुने भएपछि सो दिन हलो नचलाइ भाद्र महिनाको एक दिन कुनै आइतवार “रैब पर्व” मनाउदा टोल समुदायमा सुखशान्ति हुने बिश्वास रहेको रामधुनी वडा नं. ३ पिप्राहा टोलका ५५ बर्षिय कोकीलाल चौधरीले बताउनु भयो । थारु गाउँ टोलमा आइतवार हल नचलाउने बारने गरे पनि कुनै गाउँमा औशी र पुर्णिमामा बारने गरेको पाइन्छ । यसैैगरी खेतीमा काम गर्दा नुन, तेल, खुर्सानी बढी सेवनबाट रगत चलायमान असन्तुलन हुनेहुदा यसकालागी रैब पर्वमा गुलियो मात्र खाने मान्यताले यसबाट प्रेसरमा सन्तुलन हुने बैज्ञानिक तथा स्वस्थ्य दृष्टिले पनि मान्यता रहेको छ ।
यसैगरी “रैब पर्व”मा बिषहैर पूजा समेत गर्ने चलन रहेको छ । बर्षाको समयमा बिषालु सर्प, बिच्छि जस्ता प्राणघातक बस्तुहरु नभेटियोस भन्दै बिषहैर पूजा राखिन्छ । बिषलाइ हर्ने तथा नाश गर्ने देवीलाई बिषहैर भन्ने मान्यता रहेको छ ।
रामधुनी वडा नं. १ भादगाउँ नयाँ टोलमा “रैब पर्व”को एक दिन पुर्व शनिवार बिसहैर पुजाँकालागी डाली उठाएका छन् । डाली उठाएर टोल परिक्रमा गरेका छन् । अगुवाको घरबाट डाली उठाउदै टोलका महिलाहरु पौराणिक गीत गाउदै डाली संकलन गरेका हुन् । शनिवार र आइतवार गाउँभरीबाट डालीमा फुल, चामल, स्वेच्छाले दिएको दक्षिणा संकलनगरी नदी,तलाउ वा नहर,पोखरीमा बिषहैर बिसर्जन गर्ने गरिन्छ । रैब पर्वको साँझ वा त्यसको भोली पल्ट बिर्सजन गरिन्छ । बिर्सजनकालागी टोलभरीका महिलाहरु भेला भएर चामलको पिठोलाई नागनागिन सर्पको प्रतिमूर्ति बनाइ केराको थम्बामा बग्दै गरेको पानिमा बिसर्जन गर्ने डालीकर्ता प्रमुख ज्योति चौधरीले बताउनु भयो । पान परसादी चढाएर बिर्सजन गर्दै सोही स्थानमा चढाएको परसादी घर नलगी बाहिरै खानु पर्ने धार्मिक मान्यता पनि रहेको छ । यसबाट बिषालु जनावरबाट बच्ने, सुखशान्ति, समृद्धिहुने डालीकर्ता प्रमुख चौधरीले जानकारी दिनु भयो ।
संस्कार र संंस्कृतीको धनी थारु समुदाय प्रकृती अनुसार ऐतिहासिक रुपमा बिभिन्न चाड पर्व मनाउद मान्दैै आएका छन् । तराई क्षेत्रमा उर्वर भुमिको योगदान गरेका समुदाय कृषि, भूमी र जिवन शैली मिल्ने धार्मिक मान्यता अनुरुप पर्वको निरन्तरता दिदै पहिचान स्थापित गरेको छ । थारु समुदायको संस्कार, संस्कृति, भाषा, भेष नेपालको पौराणिक र ऐतिहासिक सम्पती हुन् ।
जुनै पनि समुदायको संस्कार र संंस्कृती राज्यको सम्पती हुन । यी सम्पती संरक्षणकालागि देशको मुल कानून संविधानमा उल्लेख भएको सर्वविधितै छ । स्थानीय संरकार संचालन ऐनमा पनि संस्कार र संंस्कृती संरक्षणको व्यवस्था र अधिकार भएपनि कार्यन्वयनमा चासो देखाएका छैनन् ।

अगाडिकाे पाेस्ट

तीजको अवसरमा रामधुनी नगर महिला समितिको शुभकामना र दरखाने कार्यक्रमको आयोजना

अर्काे पाेस्ट

तीज तथा रैब पर्वको अवसरमा झुम्का जेसीजको शुभकामना आदान प्रदान

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft