मिति : २०८३ भदौ ६ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सामा–चकेवा पर्व प्रवद्र्धन गर्दै इटहरी–८ ट्ंयाग्रा टोलवासी

by By: रामधुनी खबर
कार्तिक २२, २०७९
466

सुनिल चौधरी
झुम्का, कार्तिक २२ । लोपन्मुख पर्व समा–चकेवा इटहरी उपमहानगरपालिका वडा नं. ८ ट्याग्राटोलकी थारु महिलाहरुले समा–चकेवा पर्व खेल्दै निरन्तरता दिएका छन् । थारु समुदायमा मौलिक तथा साँस्कृतिक रुपमा रहेको समाचकेवा पर्व दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा मानिन्छ । परम्परागत रुपलेनै मनाउँदै आएको पर्वलाई प्रवद्र्धन गर्न यस बर्ष सामुहिक रुपमा समाचकेवा पावैन खेल २०७९ मनाएको ग्रामथान संरक्षण समितिकी सचिव सावित्री चौधरीले जानकारी दिनुभयो ।
प्रकृतिकोे अनुपम सुन्दरता र अलौकिक शक्तिलाई जिवनमा अंगिकार गर्न खोज्नु थारु जातिको प्रमुख मौलिक धरोहर हो समा–चकेवा । यो पर्व मानव जिवनमा आफैमा धन्य र पुण्य प्राप्त गर्ने महत्वपुर्ण पर्वको रुपमा प्रतिष्ठीत र स्थापित रहेको छ । यो एउटा महिलाहरुको सामुहिक मनोरञ्जनात्क खेल तथा कला प्रदशनीको रुपमा पनि लिन सकिन्छ ।
तिहारको भइटिकाका दिन देखि सुरुगरी कात्तिक शुक्ल द्वितिया तिथि अर्थात कात्तिक पुर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि कलात्मक प्रतिमूर्ति बनाई इटहरी बजार सहित घर तथा गाउँटोलमा समाचकेवा पर्व खेल प्रवद्र्धन गरेको सचिव चौधरीले बताउँनु भयो । ‘थारु समुदायबाट समाचकेवा पर्व लोप हुदै गईरहेकोले यसलाई निरन्तरता दिनु पर्ने आवश्यक्ता भएकोले हामि महिला दिदीबहिनीहरुले आठ वटा डाला निर्माणगरी समाचकेवा पर्व मनाएकाहौँ’, यसरी सबै महिला दिदी बहिनीहरुले मनाएर सँस्कृति प्रवद्र्धन र संरक्षण गर्नुपर्ने सचिव चौधरीले धारणा ब्यक्त गर्नुभयो ।
कात्तिक शुक्ल पञ्चमीदेखिको एघारौं दिन कात्तिक पूर्णिमामा सामा–चकेवाको विसर्जन गरी समापन गर्ने धार्मिक मान्यता छ । विशेष गरेर द्धितियाको दिन कुनै नदी पोखरी वा तलाउको स्वच्छ पवित्र कोमल कंचन माटोबाट सामाचकेवाको जीवन चरित्र झल्किन महत्वपुर्ण मूर्तिहरु प्रतिकालक रुपमा निर्मांण गरिन्छ । समाचकेवा,मृद¨ीया(मृदङा बजाउने), झाइलवाला (झयाल वजाउने), नटुवा (नटकी वा नृत्य गर्र्ने), विपातर ( विपतीबाट उपाय निकाल्ने ), नाहमैया (ढुंगा खियाउने), कुकुर (सहयोगी जनावर), भमरा (प्रेमको प्रतिक), वृन्दावोनी (वृन्दावनको प्रतिक), ज्वालिन (वाला) प्रतिमा निर्माण गरिन्छ ।
स्कन्ध पुराणका अनुसार चारुवक्य आश्रममा बस्ने गर्थे । श्यामा(सामा) भगवान कृष्णकी छोरी हुन् । यही कथामा चुगलाको पनि भूमिका देखिन्छ । चुगला एक कुरौटे पात्र हुन् । आश्रममा बस्ने चखेवालाई भेट्न गएकी सामाको कुनै ऋषिसँग प्रेम चक्कर रहेको कुरा चुगलाले श्रीकृष्णलाई सुनाउन पुग्छन् । श्रीकृष्णले पनि सत्य कुरा नै नबुझी सामालाई चरा बन्ने श्राप दिन्छन् । सो कुरा सामाका भाइ शम्बले थाहा पाउँछन् । आफ्नी दिदीलाई पूर्ववत् अवस्थामा फर्काउनको लागि आफ्ना बाबुसँग उनी अनुनय विनय गर्छन् । जतिगर्दा पनि दिदीलाई पूर्ववत् अवस्थामा फर्काउन नसकेपछि उनी अन्ततः तपस्या गर्न सुरु गर्छन् । अर्काेतर्फ आफ्नी पत्नी सामा चरा भएको वियोगमा चखेवाले पनि चराकै स्वरुप धारण गरेर सामासँगै बस्न थाले । पछि कात्तिक पूर्णिमाको दिन शम्बको तपस्याबाट सन्तुष्ट भएर सामा र चखेवालाई नै पूर्ववत् स्वरुपमा फर्काएको भन्ने पौराणिक कथा छ । त्यसैले यो पर्व भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अदभूत भ्रातृत्व प्रेमको चित्रणमा केन्द्रित छ । कुरौटे समाजको पनि यसमा चित्रण गरिएको छ ।

अगाडिकाे पाेस्ट

सुनसरीका पत्रकारहरु सँग जिल्ला निर्वाचन कार्यालयको अभिमुखिकरण

अर्काे पाेस्ट

बैंकको चर्को ब्याजविरुद्ध झुम्काका व्यवसायीहरु आन्दोलनमा,बुधवार बैङ्कको कारोवार ठप्प देखि मौन जुलुस गर्ने

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft