मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बैंकको चर्को ब्याजविरुद्ध झुम्काका व्यवसायीहरु आन्दोलनमा,बुधवार बैङ्कको कारोवार ठप्प देखि मौन जुलुस गर्ने

by By: रामधुनी खबर
कार्तिक २२, २०७९
416

राख संवाददाता
झुम्का,कार्तिक २२ । बैंकको चर्को ब्याजविरुद्ध व्यवसायीहरु आन्दोलन सुरु गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले गरेको निर्णय अनुसार व्यवसायीहरू मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनको कार्यक्रम अनुसार पहिलो दिन झुम्का उद्योग बाणिज्य संघबाट झुम्का बजारका विभिन्न बैङ्कहरुमा ज्ञापन पत्र बुझाएका छन् । संघको अध्यक्ष धमेन्द्र साहको नेतृत्वमा ब्याजविरुद्धको माग राखि ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा संघको अध्यक्ष साह र महा सचव नविन चौधरीको हस्ताक्षर छ ।
अध्यक्ष साहले बैङ्किङ्ग क्षेत्रमा देखिएको अस्थिर अवस्थाका कारण उद्योगी व्यवसायीहरुलाई पलायन हुनबाट जोगाउँन प्रतिकूल वित्तिय वातावरण निर्माण गर्न ज्ञापन पत्र सहित आन्दोलनमा उत्रिनु पर्ने बाध्यात्म अवस्था सिर्जना भएको जानकारी दिए । आन्दोलनका कार्यक्रम अनुसार बुधवार बिहान १० बजे देखि प्लेकार्ड सहित बैङ्क बित्तिय संस्थालाई दुई घण्टा सम्पुर्ण कारोवार ठप्प गर्ने र मौन जुलुस समेत गर्ने महासचिव नविन चौधरीले जानकारी दिए ।
नेपाल राष्ट्र बैङ्कले कात्तिक १ देखि लागु हुने गरी जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशन हाल समय र परिस्थिति सुहाउँदो नभएकाले यसको स्थगन गर्न बिज्ञप्तीमा उल्लेख रहेको छ । बैङ्कमा स्प्रेड रेटलाई ४ दशमलव ४ प्रतिशतभन्दा तल राख्नुपर्ने जनाएको छ ।
निक्षेपको ब्याजदरमा भएको वृद्धिका अनुपातमा कर्जाको ब्याज धेरै नै बढाइएको देखिन्छ । ज्ञापन पत्रमा भनिएको छ, ‘किनभने स्प्रेड रेटमा नै ६० आधार विन्दुको वृद्धि देखिन्छ । यसरी बैङ्किङ क्षेत्रले अहिलेको विद्यमान परिस्थितिलाई कर्जाको ब्याजदर बढाउने राम्रो मौकाका रूपमा प्रयोग गरेको पाइएको छ ।’ व्यवसायीको वातावरण खलबलिएको छ । त्यसैले नियामक निकायले ९० प्रतिशतको सीमा अल्पकालका लागि भए पनि केही खुकुलो पारिदिनु पर्छ । यसबाट तरलताको अभावमा केही राहत हुन्छ ।
ज्ञापन पत्रमा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर अन्य व्यवसायभन्दा कम हुनुपर्ने र कोभिडबाट अति प्रभावित व्यवसायलाई पुनर् कर्जा सुविधा उपलब्ध गराइनु पर्ने माग गरिएको छ । त्यस्तै सरकारले सबै प्रकारका निजी गाडी, १५० सीसी माथिका मोटरसाइकल, सबै तयारी मदिरा र ३ सय डलर माथिका स्मार्टफोनको आयातमा लगाएको रोक लामो समय कायम नराख्न ज्ञापन पत्रमा भनिएको छ ।
‘अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर)–लाई ३ बाट ४ प्रतिशत पु¥याइएको छ’, महासंघको भनाइ छ, ‘यो वृद्धिले पनि तरलताको अभावलाई सघाएको छ । अल्पकालका लागि भए पनि यस्तो दर पूर्ववत् अवस्थामा राखिनुपर्छ । यसबाट केही हदसम्म तरलता उपलब्ध हुनसक्छ ।’
महासंघले सरकारको नीति तथा कार्यक्रममा समावेश भइसकेको कन्ट्री रेटिङ तत्काल गरिनुपर्ने माग गरेको छ । त्यस्तै वैदेशिक लगानी भित्र्याउन बोन्डलगायत अन्य उपकरण गर्न सकिन्छ भन्ने सकिने सुझाव ज्ञापनमा दिइएको छ । ज्ञापन पत्रमा अन्य लगानीका स्रोतबाट लगानी भित्र्याउन नीतिगत सुधार आवश्यक भएको बताइएको छ ।

अगाडिकाे पाेस्ट

सामा–चकेवा पर्व प्रवद्र्धन गर्दै इटहरी–८ ट्ंयाग्रा टोलवासी

अर्काे पाेस्ट

थारु पौराणिक समधौन गीत गाउँदै रामधुनी–२ धमौरा टोलमा ३७ डाला समाचकेवा विसर्जन

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft