राख संवाददाता
झुम्का,पुष २१ । तिला संक्राइत माघी पर्व २०७९ को अवसरमा ‘ऐलै पावैन माघी’ थारु सागीतिक गीत सार्वजानिकले थारु समुदायमा थप रौनक बढाएको छ । मौलिक पर्व तिला संक्राइत माघीको थारु भाषा शब्दले सज्जित सांस्कृतिक पक्ष उठान गरिएको हुँदा ‘ऐलै पावैन माघी’ सागीतिक गीतले उमंग र उत्साह बढाएको हो ।सांस्कृतिक गीत ‘ऐलै पावैन माघी’ युट्युब मार्फत सार्वजानिक गरेको छ । गीत मेगा डिजिटल रेर्कडिङ स्टुडियोको युट्युबमा हेर्न सक्नु हुनेछ ।

मेगा डिजिटल रेर्कडिङ स्टुडियो झुम्का सुनसरीको प्रस्तुतीमा थारु कला, संस्कृति जगेर्ना गर्ने उधेश्यले थारु सांगीतिक गीत दर्शक स्रोता माझ प्रस्तुत गरेको स्टुडियोका प्रबन्धक बिशाल चौधरीले जानकारी दिए । गीतमा पर्वको सांस्कृतिक पक्ष उठान गरिएको हुँदा थारु युवा वर्गमा उमंग र उत्साह थपेको स्टुडियोका प्रबन्धक चौधरीले बताए ।
गीत संगीतले भाषा, भेष, संस्कृति, कला, शब्द भावी पिढीको लागि संग्रहीत हुने भएकोले थारु कलाकार, संगीतकार, शब्दकार, उत्पादक, निर्दैैशकलाई प्रोत्साहन गर्नु पर्ने साहित्यकार रामसागर चौधरीले बताए ।
पर्वको सांस्कृतिक पक्ष थारु समुदायको पहिचान रहेकोले सांगीतिक गीत मार्फत पहिचान र पर्वको महत्व उठान गर्नु आवश्यक रहेको थारु महिला उत्थान समाज सुनसरीकी अध्यक्ष सिता थरुनीको धारणा रहेको छ ।
तिला संक्राइत माघी पर्वको यस ‘ऐलै पावैन माघी’ थारु सांगीतिक गीतका लागि शब्द पुलिस विश्वास (जगत) को रहेको छ । स्वर र संगीत गिता चौधरी यसैगरी प्रकाश माझी, अनुमा चौधरी र पुलिस विश्वासले दिएका छन् । गीतको निर्दैशक बिशाल चौधरी रहेको छ भने सम्पूर्ण उत्पादनका लागि मेगा डिजिटल रेर्कडिङ स्टुडियो झुम्का सुनसरीले गरेको छ ।
नेपालीहरुको राष्ट्रिय महान पर्व तिला संक्राईत नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो । तिला संक्राइतलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । अहिले सबै जातजातीले यो पर्व बिधिपुर्वकनै मनाउने गरेको छ । विशेष गरी २०५९ सालमा सरकारले माघीमा सार्वजनिक बिदाको व्यवस्था गरेपछि सबैजातजातीले मनाउन थालेको हो ।
तिला संक्राईतको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ । पर्वको दिन सख्खर मिश्रित तिल र भुजाको लड्डु कुल देवतालाई चढाएर प्रसादको रुपमा खाने प्रचलन रहेको छ । खेतीबाट नयाँ उत्पादन भएको तिल र चामलको भुजामा सख्खर मिश्रणगरी खानाले र तिलको डाँठको आगो ताप्नाले रोग नास हुने धार्मिक बिश्वास रहेको छ । यसले जाडोमा शक्ति तथा शरिरमा तामक्रम सन्तुलन राख्ने पनि महत्व रहेको छ ।