मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको १३ औं नगरसभा,संशोधित बजेट रु ८९,२१,२६,४८१,दशवटा कार्यविधि निर्दैशिका अनुमोदन

by By: रामधुनी खबर
पुष २९, २०७९
373

राख संवाददाता
झुम्का,पौष २९ । रामधुनी नगरपालिकाले सुक्रवार १३ औं नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख शंकरलाल चौधरीको सभाअध्यक्षमा आ.ब.२०७९÷०८० का लागि संशोधित कुल बजेट रु ८९ करोड २१ लाख २६ हजार ४८१ रुपैया पारित गर्दै दश वटा ऐन, नीति, कार्यविधि समेत अनुमोदन गरेको छ ।
संशोधित कार्यक्रम तथा बजेट अनुमान एवं वित्तिय प्रगती विवरण नगर उपप्रमुख तारा थापाले प्रस्तुत गर्नु भयो । संशोधित कार्यक्रम तथा बजेट “पर्यटन र पूर्वाधार, समृद रामधुनीको आधार” भन्ने दिर्घकालिन सोच प्राप्त गर्न परिलक्षित गरेको प्रगती विवरणमा उल्लेख रहेको छ ।
वडाको कार्यक्रम योजना रकम उल्टापाल्टी (रकमान्तर)
कार्यक्रम तथा बजेट अनुमान एवं वित्तिय प्रगती विवरणमा नौ वटै वडाका केही विनियोजित कार्यक्रम तथा बजेट र योजना रकमको संशोधन सहित उल्टापाल्टी (रकमान्तर) गरेको छ । वडा नं. १ र २ ले पाँच वटा योजनाहरु संशोधनगरी उल्टापाल्टी गरिएको छ । वडा नं. ३ ले नौ वटा, वडा नं. ४ ले १७ वटा, वडा नं. ५ ले बाह्र वटा, वडा नं. ६ ले सात वटा, वडा नं. ७ ले दश वटा, वडा नं. ८ ले नौ वटा र वडा नं. ९ ले पन्ध्र वटा योजना संशोधन गरी रकमको उल्टापाल्टी (रकमान्तर) गरेको हो ।
विधान समितिको दश कार्यविधि निर्दैशिका अनुमोदन
नगरसभाबाट दश वटा कार्यविधि निर्दैशिका अनुमोदन गरेको छ । प्रारम्भिक बालविकास रणनीति २०७९–२०८४, स्थानीय तहको योजना पक्रियामा युवा सहभागीता कार्यविधि २०७९, नगरप्रहरी संचालन व्यवस्थापन ऐन तथा कार्यविधि २०७९, नगरपालिकाको टोल विकास गठन तथा संचालन ऐन २०७९, स्वास्थ्य विमा ऐन २०७९, बारुण यन्त्र संचालन कार्य विधि २०७९, सार्वजानिक खरिद ऐन नियमावली २०७९, अपाङ्गता भएका ब्यक्तिको सशक्तिकरण एवं संस्था सुदृढिकरण कार्यक्रम संचालन मार्गदर्शन २०७९ र अपाङ्गता सहायता कक्षा संचालन कार्यविधि २०७९ अनुमोदन गरेको छ । कार्यविधि निर्दैशिका अनुमोदनका लागि बिधान समिति संयोजक केशव गौतमले प्रस्तुत गर्नु भएको थियो ।
लेखा समितिको सुझाव
लेखा समितिको संयोजक सिता ढुंगेलले प्रतिवेदन प्रस्तुत गर्दै सुझाव ब्यक्त गरेकी छन् । प्रस्तुत प्रतिवेदनमा हाल मौजुदा कायम रहेको बेरुजु रकम तत्काल फच्र्यौट गरी बेरुजु रहित नगरपालिका बनाउँन ध्यान दिनु पर्ने उल्लेख छ । आर्थिक सहायता दिंदा स्पष्ट कार्यविधि बनाई सोही बमोजिम गर्नुपर्ने माग गरेको छ । हाल संघ तथा प्रदेशको राजश्व रकम अनुमान बमोजिम प्राप्त नभएको अवस्थालाई बोध गर्दै आन्तरिक राजश्वका दायरा बढाई पालिकालाई आर्थिक रुपमा सबल बनाउँनु पर्ने जनाएको छ । यसैगरी नगरको दिर्घकालिन महत्व राख्ने योजना कार्यन्वयन तर्फ ध्यान दिनुपर्ने सुझाव दिएको छ ।

अगाडिकाे पाेस्ट

गौरीशंकर बचत तथा ऋण सहकारीको १३ औ बार्षिक साधारण सभा,अध्यक्षमा सर्वसम्मत अन्जु चौधरी चयन

अर्काे पाेस्ट

थारु साँस्कृतिक पहिचान प्रवद्र्धन गर्न झुम्कामा माघ १ गते “तिला संक्राइत साँस्कृतिक कार्यक्रम २०७९” गर्ने तयारी पुरा

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft