मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको १३ औं नगरसभा,संशोधित बजेट रु ८९,२१,२६,४८१,दशवटा कार्यविधि निर्दैशिका अनुमोदन

by By: रामधुनी खबर
पुष २९, २०७९
377

राख संवाददाता
झुम्का,पौष २९ । रामधुनी नगरपालिकाले सुक्रवार १३ औं नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख शंकरलाल चौधरीको सभाअध्यक्षमा आ.ब.२०७९÷०८० का लागि संशोधित कुल बजेट रु ८९ करोड २१ लाख २६ हजार ४८१ रुपैया पारित गर्दै दश वटा ऐन, नीति, कार्यविधि समेत अनुमोदन गरेको छ ।
संशोधित कार्यक्रम तथा बजेट अनुमान एवं वित्तिय प्रगती विवरण नगर उपप्रमुख तारा थापाले प्रस्तुत गर्नु भयो । संशोधित कार्यक्रम तथा बजेट “पर्यटन र पूर्वाधार, समृद रामधुनीको आधार” भन्ने दिर्घकालिन सोच प्राप्त गर्न परिलक्षित गरेको प्रगती विवरणमा उल्लेख रहेको छ ।
वडाको कार्यक्रम योजना रकम उल्टापाल्टी (रकमान्तर)
कार्यक्रम तथा बजेट अनुमान एवं वित्तिय प्रगती विवरणमा नौ वटै वडाका केही विनियोजित कार्यक्रम तथा बजेट र योजना रकमको संशोधन सहित उल्टापाल्टी (रकमान्तर) गरेको छ । वडा नं. १ र २ ले पाँच वटा योजनाहरु संशोधनगरी उल्टापाल्टी गरिएको छ । वडा नं. ३ ले नौ वटा, वडा नं. ४ ले १७ वटा, वडा नं. ५ ले बाह्र वटा, वडा नं. ६ ले सात वटा, वडा नं. ७ ले दश वटा, वडा नं. ८ ले नौ वटा र वडा नं. ९ ले पन्ध्र वटा योजना संशोधन गरी रकमको उल्टापाल्टी (रकमान्तर) गरेको हो ।
विधान समितिको दश कार्यविधि निर्दैशिका अनुमोदन
नगरसभाबाट दश वटा कार्यविधि निर्दैशिका अनुमोदन गरेको छ । प्रारम्भिक बालविकास रणनीति २०७९–२०८४, स्थानीय तहको योजना पक्रियामा युवा सहभागीता कार्यविधि २०७९, नगरप्रहरी संचालन व्यवस्थापन ऐन तथा कार्यविधि २०७९, नगरपालिकाको टोल विकास गठन तथा संचालन ऐन २०७९, स्वास्थ्य विमा ऐन २०७९, बारुण यन्त्र संचालन कार्य विधि २०७९, सार्वजानिक खरिद ऐन नियमावली २०७९, अपाङ्गता भएका ब्यक्तिको सशक्तिकरण एवं संस्था सुदृढिकरण कार्यक्रम संचालन मार्गदर्शन २०७९ र अपाङ्गता सहायता कक्षा संचालन कार्यविधि २०७९ अनुमोदन गरेको छ । कार्यविधि निर्दैशिका अनुमोदनका लागि बिधान समिति संयोजक केशव गौतमले प्रस्तुत गर्नु भएको थियो ।
लेखा समितिको सुझाव
लेखा समितिको संयोजक सिता ढुंगेलले प्रतिवेदन प्रस्तुत गर्दै सुझाव ब्यक्त गरेकी छन् । प्रस्तुत प्रतिवेदनमा हाल मौजुदा कायम रहेको बेरुजु रकम तत्काल फच्र्यौट गरी बेरुजु रहित नगरपालिका बनाउँन ध्यान दिनु पर्ने उल्लेख छ । आर्थिक सहायता दिंदा स्पष्ट कार्यविधि बनाई सोही बमोजिम गर्नुपर्ने माग गरेको छ । हाल संघ तथा प्रदेशको राजश्व रकम अनुमान बमोजिम प्राप्त नभएको अवस्थालाई बोध गर्दै आन्तरिक राजश्वका दायरा बढाई पालिकालाई आर्थिक रुपमा सबल बनाउँनु पर्ने जनाएको छ । यसैगरी नगरको दिर्घकालिन महत्व राख्ने योजना कार्यन्वयन तर्फ ध्यान दिनुपर्ने सुझाव दिएको छ ।

अगाडिकाे पाेस्ट

गौरीशंकर बचत तथा ऋण सहकारीको १३ औ बार्षिक साधारण सभा,अध्यक्षमा सर्वसम्मत अन्जु चौधरी चयन

अर्काे पाेस्ट

थारु साँस्कृतिक पहिचान प्रवद्र्धन गर्न झुम्कामा माघ १ गते “तिला संक्राइत साँस्कृतिक कार्यक्रम २०७९” गर्ने तयारी पुरा

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft