राख संवाददाता
झुम्का,असार ५ । प्रथम रामधुनी महोत्सवमा सांगीतिक प्रस्तुतीका लागि गायक श्रिनिवास थारु आउँने भएको छ । बहुुचर्चित गायक श्रिनिवास थारुले आज मंगलवार महोत्सवमा सांगीतिक प्रस्तुती राख्ने रामधुनी युवा क्लवले जनाएको हो ।
कलात्मक रुपले स्टेजमा सांगीतिक प्रस्तुती गर्न माहिर गायक थारु आज महोत्सवमा सांगीतिक धुुम मचाउँने महोत्सव संयोजक विनोद चौधरीले जानकारी दिए । थारु भाषाको हिट–हिट गीत दर्शक माझ ल्याएर चर्चामा रहेको गायक थारु गायन क्षेत्रमा पूर्व देखि पश्चिम सम्म चर्चामा छन् ।
सुनसरीमा समेत अधिक चर्चामा रहेकोहुँदा बहुुचचिर्त गायक थारुलाई प्रथम रामधुनी महोत्सवमा प्रमुख आकर्षकको रुपमा ल्याएको आयोजक युवा क्लवले जनाएको छ ।
मिडिया कर्मी समेत रहेका थारु थारु भाषा, मैथली, भोजपुरी, नेपाली भाषामा स्वर दिईसकेका छन् । उन्को गीत ‘लेहेन्गावाली के चकर मे………….’,छैली आँखी मारे………………‘निन्दिया लागेना आधी रात मे………….’, ‘कैसन जादुटोना मारलह………….’, ‘दिवाना दिवाना मै तोहार………….’, सर्वाधिक चर्चामा छन् ।
महोत्सव रामधुनी नगरपालिका १ नं. वडा कार्यालयको छेउ बुधवार र शनिवार लाग्ने साप्ताहिक हटिया नजिकै रहेको छ भने सहयोगीमा रामधुनी नगरपालिका र व्यवस्थापनमा गौतम बुद्ध अमुजमेन्टको रहेको छ ।
महोत्सव जेष्ठ १९ गते देखि असार ५ गते सम्म रहने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको छ । महोत्सवमा चर्चित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकार तथा गायकहरुको प्रस्तुती राख्दै आएको छ ।


