मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरमा ऐतिहासिक धरोहर डिहवार (ग्रामथान) संरक्षणका लागि नीति योजनाको अभाव

by By: रामधुनी खबर
असार ९, २०८०
418

चन्द्रकला चौधरी (रामधुनी खबर साप्ताहिक)
झुुम्का, असार ९ । नेपालमा संबैधानिक मान्यता सहितको बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातिय राष्ट्र हो । ऐतिहासिक रुपले विविधता रहेको देश नेपाल पुरानै कालखण्डबाट मान्दै आएका छौँ । विविधतामा एकता समान्तामा हामी आ–आफनै परमपरा रहन–सहन धर्म संस्कार मान्दै आएका छौँ । भुगोलमा तराई, पहाड, हिमाल रहेपनि धार्मिक मान्यता फरक छन् भन्ने बुझ्छौँ । तथापी पनि तराईमा परापूूर्वकाल देखि धार्मिक मान्यताले बिशिष्टता हासिल गरेको डिहवार (ग्रामथान) सबै भुगोल, धर्म, संस्कृति, जातजातीको प्रतिनिधित्व गर्छन् ।
थारु समुदायको परिचय
थारु समुदाय नेपालको आदीवासी हो । यो समुदायको आफ्नै परम्ंपरा र संस्कृतिहरु छन । आफनो मौलिक भेषभुषा र भाषा छन् । तराईको घना जंगलमा बसोबास गर्ने र मलेरिया, कालाजर रोगको महामारीको चपेटमा परेर पनि यस भूमीलाई उर्वर बनाए । कालापानी भनिएको यस भूमीमा एक रुपियाले बस्न, खान र क्रिया गर्न समेत पुग्ने आम भनाई थियो । जंगली हिंस्रक जनावर बाघ, सिंह, चितुवा, भालु, हातीको आतंक थियो । बिषालु सर्पहरु, बिच्छि, अरिङ्गाल, मौरीको इसाईको भय थियो । सानो असावधानीले अजिङ्गरको आहार बन्द थियो । हुलका हुल हात्ति आएर बालीनाली सखाप पार्द थियो । बाढी पानीले धनजनको क्षती हुनुका साथै हजारौं बिघा जमिन बगर बन्द थियो । हैजा, फौती, बिफर, महामारीले कतिका वंश विनास भयो त्यसको लेखा जोखा छैन् । सघन जंगलको बाटो, ठुलाठुला खोला नाला, संचारको असुविधा, आधुनिक शिक्षाको अभाव थियो । प्रकृतिकै सावधानि असावधानिको भरमा जिवन र मृत्यु चलेको थियो । कठिन जिवन संघर्षबाट बाचेका थारु समुदायले तराईको घना जंगललाई आवाद गरी उर्वर बनाएर गुलजार बस्तीमा परिणित गरेको हो ।
ग्रामथानको स्थापना
मानिसको जिवन यापनका आधारभुत आवश्यकतामा गांस, बास, कपास मात्र नभएर स्वास्थ र सुरक्षा पनि हो । थारु समुदायलाई गांसको लागि प्रसस्त जग्गाजमिन थियो । बासको लागि काठ बाँसको घर आफनै सिपले बनाउँद थियो । महामारीको प्रकोपका कारण बासस्थान सरिरहने भएकोले ठुलो घरहरु बनाउँने चलन थिएन । सुख, दुखका मनको भाव पराति, चांचर, बिरहैन गाएर प्रस्फुटन गर्द थिए भने रोग व्याधि संकट बाट मोचनकालागि भक्ति गित गाएर इश्वरको स्तुति गर्द थिए । त्यस्तै गांउँ घरमा बिभिन्न रोग ब्याधि र भुतही बघहीबाट मुक्त गर्न, जडीबुटीले उपचार गर्न धामी गरुवाहरुले बिभिन्न देवीदेवताको स्तुति, बोधनी, फेरानी, अरबन्ही, भाकल, पूजापाठ गर्द थिए । सक्षम र बिज्ञ गुरुवाहरुलाई राजाहरुले लालमोहर, स्याह मोहर दिएर त्यस ठाउँको भुतही, बघहीलाई सामना गर्न जागिर दिने गर्द थियो र थारु समुदायले धामीलाई (खन) पारिश्रामिकको व्यवस्था गर्द थियो । यसरी पुर्खाहरुले लालमोहर पाएका वंश आजपनि लालमोहरिया, राजधामी, राजगरुवा रजघरिया आदीनामले परिचित छन् । गाउँको सर्वोपरि हितको लागि यिनै गुरुवा धामीले स्थापना गरेको ग्रामथान हो ।
ग्रामथान थारु जातीको प्रमुख पूजा गर्ने पवित्र पूजा गर्ने स्थल हो । यस ग्रामथानमा सवै जातजातिहरुको अस्तित्व स्विकारेको छ । आदिम प्राचिन कालमा आ आफना शक्ति देवत्व प्राप्तगरी मानव जिवनमा आई पर्ने कठिनाईलाई मानव रक्षा गर्ने उक्त विधि र धामी झाक्रीगरी बुटी, तन्त्र, मंन्त्र बिधा आदीबाट गाउँ शन्ति, सुरक्षा कायम गर्दै आएको छ । ग्रामथान मा जन्म देखि मृत्यु सम्मको संस्कार गरिन्छ । प्रथाजनित नियमले यसमा एक थानपति ÷ गहदार र जेवारहरुको संगठन हुन्छ । गहदारको निर्दैशन अनुसार जेवारले प्रत्येक घरधुरी संग हुन्छ र प्रत्येक घरधुरीबाट बेहरी उठाई पूजा गर्ने परमपरा रहेको छ । ग्रामथान प्रत्येक थारुटोल वस्तीमा एक डिहवार ग्रामथान रहन्छ । थारु समुदायले कुनै पनि शुभकार्यहरुमा ग्रामथानमा गई शिर ढोग,गच्छ अनुसार पान प्रशाद चढाई आशिर्वाद लिने गरिन्छ । थान थारु टोलको पूर्व शिरामानै रहेको हुन्छ ।
ग्रामथानमा देवीदेवताहरु
बिभिन्न स्थानमा बसोबास गरेका थारु समुदाय समुदायले गाउँको सुरक्षा र सुख समृद्धिका लागि र बिभिन्न महामारी रोग, बाढी पानी, दैवी प्रकोपबाट बचाउँन, अन्नबाली राम्रो होस, सन्तानको सुख र निको कुसल रहोस, घरमा पालेका गाईबस्तुहरुलाई रोग नलागोस, भुतही, बाघ, हातीको प्रकोपबाट बचाउँन बिभिन्न देवीदेवता र देवांशी गुरुवाको नाम ग्रामथानको स्थापना गुरुवा धामीहरुले गरेका हुन । स्थानानुसार गहवर, डिहवार, ग्रामथानले परिचित छन ।
कोशी पूर्व सुनसरीमा बिच्छुधामी, सौनधामी, कनक सिंहधामी, जितनधामी, गेदुधामी, नरसिंह सुब्बा, बौकाइधामी, बाबा बनखण्डी, नरसिंह ठाकुर लगायतका धामीहरुलाई अलौकिक देवपुरुष भएकोले उहाँहरुलाई जिवित धामीको रुपमा पूजा गरिन्छ । भने मोरङमा सडियो धामी लाई ग्रामथानमा जिवित धामीको रुपमा पूजा गरिन्छ ।
मोरङमा राजा धनपाल, रनपाल, राजा बिराट, किचक, राजा खङखड र विभिन्न स्थानका गढीहरु थानको रुपमा पूजा गर्ने गरेको छ । यस बाहेक बिभिन्न धामीहरुले आफनो शक्ति र सामर्थ्यका आधारमा पूजा गर्ने गरेका छन । ग्रामथानमा मुल राजधामी लगायत राजा धनपाल, राजा रनपाल, हातीबन्धा (हाती आतंक शान्त पार्न ), बघेसरी (बायको आतंक शान्त पार्न ) रुपनी अहारनी (धनकी देवी लक्ष्मी), तुमरो मुखिया (किरातेश्वर), गहिल, बामत, गैया, बाधबधवार (जंगल, जमिन, जल), बिश्वकर्मा, संकटमोचन हनुमान ठाकुर, गोरखनाथ (मन्त्र तन्त्रका गुरु), अधौरीनाथ, डिहवारनी (वास्तुदेवता), बिषहरा (नाग), बाढीपानीको प्रल्यबाट जोगिन जलकुमारी, रोगव्याधी महामारीबाट बचाउँन संसारीमाई (गहिल, बामत, काली, तीनलोकका देवी त्रिपुरदेवी) लगायत देवी देवता, राजाहरु सवार रहने प्रतिकको रुपमा माटोले बनाएका हाती, थोड़ा बाहनको रुपमा चढाउँने गरेका छन । शुध्द चित भएर मनले पान, सुपाडी, धुपदीप, एक अंखोरा पानी लिएर ग्रामथानका देवी देवता धामीलाई बिन्ति गोचर गरेमा संकट हरण हुने, बिजय प्राप्त गर्ने, भाकल पुरा हुने आदी विस्वास अहिले पनि छ ।
ग्रामथानका मुल पूजारी
परम्परा देखि राजधामीले पाएका अधिकारलाई प्रयोग गरेर अविछिन्न रुपमा हाल सम्म उनीहरुकै परिवारका सदस्यहरुले ग्रामथानमा पूजाआजा गर्ने परम्परा छ र अहिले सम्म चली रहेको छ । मुल पूजारी राजधामीले बिभिन्न कारणले आफ्ना चेलाहरुलाई यदी कुनै थान दान दिएको छ वा पुजा गर्ने अधिकार सुम्पेको छ भने तिनै चेला वा थानपतिहरुले पूजा संचालन गर्दै आएका छन् । ति अलौकिक शक्ति भएका धामी गुरुवाहरुको ज्ञानगुण, परम्परागत औषधी मुलो आदी पुस्तानान्तर हुन सकेन । धामी मन्त्र तन्त्र कठोर साधना, संयमता, त्यागले मात्र बुझ्न र सिक्न सकने र सिकने अवधीमै गुरुजनहरुको आकाल मृत्यु हुंदा पुर्ण ज्ञान चेलाहरुले सिकन सकेनन् । सिकारुहरुले गुणमन्त्रको दुरुपयोग गरेकाले गुरुहरुले पनि पुर्ण विश्वास नभए सम्म सबै ज्ञान दिन चाहेनन् । सम्हार, मारन, मोरन, उच्चाटन, मोहन, बोधनी, धरोकिया, साहन, बाहन, लगानी बझानी, डिठमुठ, हवाबयार आदी बिभिन्न बिद्याका ज्ञानका भन्डार भएका धामीहरु आकाशमा उडन सकने पानीमा हिडन सकने, पानी भित्र बस्न घन्टौं बासन सकने, सिंह, बाघ, हाथी, घोडामा सवारी गर्ने, बाघ र बरद जोडेर हलो जोतने, बाघले धानको दाई गर्ने, अघोर शक्तिका कारणले अपठ्यारो कामहरु पनि सहजै सम्पन्न गर्ने गरेका थिए भनेर हाम्रा पुर्खाहरुले सत्य कथा सुनाउदै आएको हो ।
ग्रामथानका भक्तिया
ग्रामथान पूजाको अघिल्लो रात जाग्राम बसी देवीदेवतालाई धामीलाई आव्हान गरी भजन र धामी गीत गाउँने गर्छन । देवी देवतालाई ग्रामथानमा आएर स्थान ग्रहण गर्न आव्हान गर्छन । भजन गाउँदै आव्हान गर्दा देवी देवताहरु पनि सधै आउँने बाटो समाएर आउँछन । देवी देवताको बाटोमा अबरोध गरेको छ भने त्यो घरको मानिसलाई हानी नोकसानी हुने विश्वास छ । थारु समुदाय बसोबास गरेको ठाउँलाई डिह भन्छन । डिह फाप र अफाप हुन सक्छ । त्यसैले घर बनाउँनु भन्दा पहिला जानिबकार गरुवा धामी वा जेठबाठाबाट डिह गुनान गर्रे विधी अपनाउँने गर्दछन ।
थानपूजामा भक्तिया (भगत) को महत्वपुर्ण भूमिका हुन्छ । विवाह, कुलदेवता स्थापना र पूजा, हनुमान ठाकुरको स्थापना, नेमान र मृत्यु पश्चात आत्मालाई देवलोकमा पठाउँने बिधी भक्तियाहरुले गर्छन । आज भोली नयाँ पुस्ताले यी सांस्कृतिक बिद्यामा चासो नलिएको र सिकन बुझन पनि हिचकाहट हुने गरेकाले भक्तियाको अभाव हुन थालेको छ । ग्रामथान पूजामा थानपतिहरुले धामी खेल्दा भक्तियाले बिभिन्न देवी देवताका स्तुति धामी गित गाएर शरिरमा देवी देवताको असवार गराउँछन र भक्तजनले इच्छाएको भाकल पूरा हुने नहुने कुराको जवाब धामीले दिने गरेको छ । खेतिपाति, अन्नबाली, रोगव्याधी, बाढपानी, नेककुसलका कुराहरुको जवाव दिनछन र हुने संकटबाट बाचने उपाय बताउँछन ।
ग्रामथानको पूजा
ग्रामथानको पूजा बैसाख १ गते सिरुव पावन देखि सुरु भएर बहरजात्रा पूजा चैत्रमा सकिन्छ । खासमा अहिले ग्रामथान बनाएको ठाउँमा पूजा गर्ने गरेकाले सोही पूजालाई ग्रामथान वा डिहवारथान मानेका छन । ग्रामथानमा बर्षमा दुइ पटक कम्तिमा पुजा हुने गरेको छ । एउटा अखारी पूजा जुन अषाढ महिनामा धान रोपनु भन्दा पहिला र अर्को अघनवा पुजा मंगसिर महिनामा नेमान पूजा गरिन्छ । अन्नबाली राम्रो होस, बालीनालीमा किरा नलागोस लगायत गाउँवासी लाई कुनै रोग दुख संकट नहोस भनेर सुरक्षाको लागि पूजा गर्ने चलन छ । दोश्रो मंगसिर (अगहन) मा गरिने नेमान पूजा मा धानबाली काटनु भन्दा पहिला पूजा गरिन्छ । यस पूजामा अन्नबाली उब्जनी राम्रो भएको र अब काट्ने तथा सो अन्न ग्रहण गर्दा शरीरमा कुनै कष्ट नहोस तथा देवी देवता प्रति कृतज्ञता जनाउँद छन । बालीनाली लगाउदा धेरै जिवजन्तुको विनास भएकोले दोष निवारणका लगि क्षमा प्रार्थना गरिन्छ । नेमान गरेर कुलदेवता र पितृलाई नयाँ अन्नको परिकार चढाएर मात्र परिवारजनले ग्रहण गर्ने परम्परा अझै पनि छ ।
ग्रामति, थानपति र गहदार
हरेक थानको आआफ्नो ग्रामति हुन्छ र ग्रामतिको प्रमुखलाई गहदार भन्ने गरेका छन । ग्रामति बिभिन्न दायित्व धारी व्यक्ती पनि हुन्छन जसमा धामी मुलपूजारी हुन्छ भने धामी संगै रहेको थानपति हुन्छ । भक्तिया भनज गर्ने भजनिया पनि हुन्छ । भक्तियाहरुमा मिरदङ बजाउँने मिरदगिया, अगुवा गायक नायक, पछुवा गायक र पछि पछि गाउने धोरैया झाइल बजाउँने हुन्छन । ग्रामतिमा बसोबास गर्नेले पूजाको लागि भने बेहरी(दस्तुर) उठाएर मुल मानिस गहदारलाई जिम्मा लगाएर पूजाका आवश्यक समाग्री तयार गरि बिभिन्न देवी देवतालाई भोग बलि दिएको बोका, पांठी, हांस, परेवा, भाले कुखुराको मासुलाई प्रसादको रुपमा सवै ग्रामतिलाई बाड्ने गरेको छ । त्यहा चढाएको खिर, सोहारी, दहिचुरा, पानप्रसाद पुजामा आएका ग्रामतिलाई प्रसादको रुपमा बांडदछन् । हनुमान ठाकुरलाई चढाएको पानप्रसादमा अक्षता, केरा, चिनीको लाड्डु त्यही मुक्षेर सेतो टीका लगाउँने र प्रसाद ग्रहण गर्ने गर्दछन । गाउँबासी (ग्रामति) मिलेर सामुहिक रुपमा ग्रामथान पूजा गर्ने चलन छ ।
रामधुनी नगरक्षेत्र ग्रामथानको अवस्था र स्थिती
नेपालमा पुर्व देखी पश्चिमका थारु समुदाय ग्रामथानमा बिश्वास गर्दै नयाँ पुस्तामा हस्तान्तरन गर्दै आएका छन् । पहिचानकै रुपमा स्थापित ग्रामथान नेपालको धरोहर, समपदा, सम्पति र गहना हुन् । ऐतिहासिक धरोहर, समपदा, सम्पति र गहना रामधुनी नगरपालिकामा उलेख्य रहेको छ । नगरको कुल जनसंख्या ६२ हजार ८ सय १६ जनामा ४०.४१ प्रतिशत थारुको जनसंख्या रहेको रामधुनी नगरपालिकाको तथ्याङ्कमा रहेको छ । जनसंख्या अनुसार ग्रामथानको संख्यात्मक हिसाबले पनि उल्लेख्य रहेको छ ।
रामधुनी नगरक्षेत्रमा ७८ वटा ग्रामथान (डिहवार) रहेको तथ्याङ्क छ । साबिक रामधुनीभासि नगरपालिका, डुम्राहा र बक्लौरी गाबिस समायोजन हुदै रामधुनी नगरपालिकाको ९ वटै वडामा सो संख्यामा ग्रामथान छन् । रामधुनी वडा नं. १ मा ७ वटा ग्रामथान रहेको छ । यस वडामा सौनधामी, जुराइधामी, बौकाइधामी र बिच्छुधामी डिहवार थान छन् । वडा नं. २ मा ७ वटा थान, वडा नं. ३ मा ६ वटा थान, वडा नं. ४ मा ८ वटा थान, वडा नं. ५ मा ३ वटा थान, वडा नं. ६ मा १४ वटा थान, वडा नं. ७, ८ र ९ मा ११–११ वटा थान रहेको छ ।
ग्रामथानमा बिभिन्न गहदार (पुजारी)ले पुजा लिएकोहुदा सोही अनुसारले नामाकरण भएको पाइन्छ । रामधुनी क्षेत्रमा सौनधामी, बिच्छुधामी, राजाजी, बौकाइधामी, जुराइधामी, गेदुधामी, जितन धामी, लाटीबौकी, लुलहि गहिल, धामि धमियाइन, सलहेस, खाँखीबाबा, बनखण्डीबाबा, दलसिंहधामी, नंरसिंह सुब्बा, तुमरो मुखिया, सन्यासी, बघेश्वरी, ग्रामथान बिभिन्न टोलमा छन् । सो ग्रामथानमा पहाडको आदिवासीहरुको देविदेवता देवसुब्बा सुब्बेनी, किरात, खसान, खुम्बु लगायत बिश्वकर्मा समुदायको देविदेवताहरु छन् ।
थानमा अवस्थित सम्पुर्ण आस्थामानित देविदेवताहरुमा बर्षको दुइ पटक पूूजा गरिन्छ । पूूजा गर्ने समयमा बिशेष झाइल, मृदंग बाद्यवाद्यन प्रयोग गरिन्छ । सौनधामी थानमा सौनधामीको भजन गाउँने चलन रहेको छ । भजन अनुसार ग्रामथानमा छपन्न करोड देवताको वास रहेको मानिन्छ ।
झाइल, मृदंग सहित भजनमा थारु भाषाबाट यसरी गाउँने गरिन्छ ः
धामी धामी बरु भेल ।
बाध बरद हर जोतन गेल ।।
खोली देल बरद हकाइ देल बाध ।
चली गेल सौनधामी बिजुवन शिकार ।।
हरिणोने मारे धामी सुगरोने मारे ।
बिछिबिछि मारे धामी मेजुर पुछार ।।
मेजुर मारे धामी करे कोराहार ।
छपन्न करोड देवता भइले जमाई ।।
रामधुनी नगर अन्तर्गत ग्रामथान विस्थापनको वर्तमान समस्या
ग्रामथान जति महत्व रहेको छ सो अनुसार थान संस्थागत र संरचनामा बलियो हुन सकेको छैन । धेरै जसो थानमा संस्थागत रुपले समिति निर्माण हुन सकेको छैनन् भने भौतिक संरचना अनुसार टिनको छानो र घेराबेरा छन् त्यसमा वासको टाटी र माटोले घेरिएको अवस्थामा रहेको छ । बर्षको दुइ पटक पूजा गर्ने बेलामा सरसफाई गरिनेहुँदा ब्यवस्थित गर्न पनि समस्या भएको देखिन्छ । सार्वजानिक धार्मिक स्थल राज्यको सम्पति भएपनि बिशेष ग्रामथानकै लागि नगरपालिका वा वडाबाट उचित बजेटको अभाव रहेकोछ ।
रामधुनी नगरपालिकामा जनप्रतिनिधि आएको ६ बर्ष हुनै लागेको छ तथापी पनि हाल सम्म ग्रामथान संरक्षणका लागि ऐन, नीति, कार्य विधि ल्याउन सकेको छैन । ग्रामथानकै लागि नगर स्तरीय बिशेष योजनामा परेको देखिदैनन् । यसप्रकारका समस्या रामधुनी नगरपालिकाको मात्र हैन ग्रामथान प्रतिको सबै स्थानियतहको दृष्टि यस्तै छन् । रामधुनी नगरको सबै ग्रामथानमा ग्रामथान संग जोडिएको सांस्कृतिक भूूमि ऐलानि जग्गामा रहेको छ भने कुनै ग्रामथान नम्बरी ब्यक्तिको जग्गामा पनि रहेको छ । ऐलानि भनेर ग्रामथान चर्चेको जग्गा ब्यतिmको नाममा समेत गरेको पाइन्छ । यस्ले बिस्थापनमा पर्दै संकटकै अवस्था सिर्जना भएको छ ।
रामधुनी वडा नं. ४ इक्राहीटोल र रामधुनी वडा नं. ३ परियारपुर र वडा नं. १ लगुना स्थित रहेको इतिहास कालखण्ड देखिनै थानले चर्चेको जग्गा अतिक्रमणगरी थान बिस्थापित हुने समभावना बढेको देखिन्छ । इक्राहीटोल स्थित बिचछुधामी ग्रामथानले चर्चेको जग्गा २ कठ्ठा छन् । सो क्षेत्रफलको जग्गा अतिक्रमण र चेपुवामा परी १० धुर सम्म मात्र रहेको छ । त्याहा स्थित १० धुर जग्गा पनि हड्पन जिल्ला अदालत सुनसरीमा भु–माफियाहरुले मुद्धा लगाएको अवस्था रहेको स्थानिय पे्रम चौधरीले बताए । रामधुनी वडा नं. ३ को समस्या पनि अतिक्रमणकै समस्या छ ।
सौनधामी थानले चर्चेको १ कठ्ठा ९ धुर जग्गा मध्ये ब्यक्तिले पाँचधुर मिचेर घर निर्माण गर्न भ्याएको छ । यति मात्र हैन पहुचवालाले ग्रामथानको जग्गा दुई कित्ता काटगरी बिक्री गर्ने समेत प्रयास गरेको स्थानियको भनाई रहेको छ । कित्ताकाट गरेको जग्गा बिक्री गर्न असफलहुदा पछि शिव मन्दिर निर्माणगरी ग्रामथान प्रति बिश्वास घटाउने कार्य भएको सौनधामी संरक्षण समितिका अध्यक्ष वसन्त चौधरीले जानकारी दिए । सो ग्रामथानका पूूजारी (गहदार) बौकाइ चौधरी हुन् भने परियारपुरका ६० घरपरिवारले पूजा अर्चना गर्दै आएकाछन् ।
रामधुनवडा नं. १ लगुना चौकमा पनि उस्तै समस्या रहेको छ । महेन्द्र राजमाग्र छेउमै रहेको जितनधामी ग्रामथान अतिक्रमणमापरी आउ जाउकालागी बाटो समेत बन्द हुने अवस्थामा पुगेकोले पुजाँ अर्चना गर्न समस्या हुने गरेको छ । हालमा चर्चेको जग्गा १ कठ्ठा १० धुर रहेको छ । महेन्द्र राजमार्ग संग जोडिएको ग्रामथान अगाडी रहेको जग्गा सोधि खोजी सम्म नभएको समितिका अध्यक्ष श्रवण चौधरीको भनाईरहेको छ । समयमा खोजी नीति भएको भए राजमार्ग संगै जोडिएर ग्रामथानको बाटो हुने थियो भनेर अध्यक्ष चौधरीले बताए ।
बाटो खुलाउन पहल नभए भबिषयमा ग्रामथान बिस्थापितहुने सम्भावना निश्चित देखिन्छ । माथिका तिन वटै ग्रामथान तत्कालै समस्यामा परेको देखिन्छ यस्तै प्रकारका समस्या रामधुनीको ७८ वटा थानमा लगभग ७५ वटामा संकटकै अवस्था रहेको ग्रामथान संरक्षण समिति सुनसरी सचिव साबित्रा चौधरीको भनाई रहेको छ ।
रामधुनी नगरमा ग्रामथान संरक्षणमा समस्याका कारणहरुः
 रामधुनी ७८ भन्दा बढीको हाराहारीमा ग्रामथान रहेको अनुमान छ ।
 संरक्षित र नियमित पूजा भइरहेको ग्रामथान ः तर स्थानिय निकायको पहुचमा नभएको ।
 अतिक्रमणको सिकार भएको ः अतिक्रमण बिरुध्द लडदै गरेको र संचालनमा रहेको
 अतिक्रमणले उजाडिएको र बिस्थापित भएको ः यस्ले ग्रामथान धरोहर अस्तित्व संकटमा रहेको
 नयाँ संरचनाका ग्रामथान ः परम्परा देखि चिनिने ग्रामथानको संरचना बदलेर मन्दिरको स्वरुपमा बनेको र पहिचान गुमाएको अवस्था ।
 साँस्कृतिक भूमि,पानी घट्ट,साँस्कृतिक वन, गौचरण, पोखरी, नदी, पैनी अतिक्रमणमा परी लोप भै सकेको छ ।
सरोकारवाला जनप्रतिनिधिहरुको धारणा
रामधुनी नगरको पहिलोवासी थारु समुदायको पहिचान समेत रहेको ग्रामथान लगायत नगरकै सांस्कृतिक धरोहर सम्पदाहरु संरक्षण प्रति ऐन निर्माण भएको छ यसै अनुरुप ग्रामथानको नीति, कार्यबिधि, योजना र छुट्टै बजेटको ब्यवस्थापन गर्ने कार्य अगाडी बढाइ रहेको नगरप्रमुख शंकरलाल चौधरीले बताउँनु भयो । नगर स्तरीय बजेट वडाहरुमै बितरण भएकोले पनि बिशेष वडाहरुबाट ग्रामथानका लागि बजेट बिनियोजन भएको नगरप्रमुख चौधरीले बताउँनु भयो ।
ग्रामथानलाई सबै पक्षबाट संरक्षण गर्ने नगरपालिकाको दायित्व रहेकोले सो दायित्व पुरा गर्नेमा कमि नराख्ने उपमेयर तारा थापाले बताउँनु भयो । रामधुनी नगरपालिकाको नगरक्षेत्र भित्र ग्रामथान संरक्षणका लागि नीति तथा कार्यबिधि निर्माणमा स्थानिय स्तरबाट सम्बन्धित समुदायले पनि चासो र अग्रसर देखाउनु पर्ने उपमेयर थापाले सुझाव ब्यक्त गर्नुभयो ।
वडाबाट ग्रामथानकालागी वडा नं. १ ले सौनधामी, जुराइधामी, बौकाइधामी ग्रामथानमा बजेट उपलब्ध गराएको देखिन्छ तथापी पनि आवश्यक रहेको अवस्था अनुसार उचित बजेटको अभावनै रहेको छ । अन्य वडाहरुमा पनि ग्रामथानमा लगानी गरेको देखिन्छ । वडा नं. ९ ले क्रमागत रुपले बार्षिक रुपमा दश वटा ग्रामथानको भौतिक संरचनाकालागी बिनियोजित बजेट अनुसार काम भैसकेको वडाअध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुभयो ।
ग्रामथान रहेको स्थानमा थारु समुदायको वासस्थान रहेको पाइन्छ, जहाँ थारुको वासस्थान छन् त्याहा ग्रामथान रहैकै हुन्छन् भन्दै यो थारु समुदायको मात्र हैन नगरकै पहिचानको मुख्य धरोहर हुन् भन्दै वडा अध्यक्ष चैधरीले आफनो धारणा राख्नु भयो ।
ग्रामथान संरक्षणको सवालमा समुदाय स्तरीय रणनीति
डिहवार ग्रामथान समस्या ग्रस्त हुँदाको अवस्था तिन वटै तहले बेवास्ता गरेको प्रष्ट देखिन्छ । संरक्षणको निति, कार्यक्रम, योजना, बजेटमा भेदभाव भएको अवस्था छ । यस परिस्थितको अवस्थामा ऐतिहासिक बोकेको थान संरक्षणको समुदाय स्तरिय रणनीति बनाउन आवश्यक महसुस गर्नु पर्छ । रणनीतिको आवश्यकता बुद्धागत रुपमा उल्लेख गर्नुपर्दाः
१) थारु बस्ती तथा ग्रामथान भएका प्रत्येक नगरपालिका, गाबिस, वा वडाहरुमा ग्रामथान संरक्षण समितिहरु गठनगरी नगर तथा गाउँपालिका स्तरीय ऐन सहित नीति, कार्यबिधि, योजना, कार्यक्रम बजेट बनाउन दवाब सिर्जना गर्नु पर्ने हुन्छ ।
२) ग्रामथान संस्थागत रुपले अगाडी बढाउन गाउँ वा नगरपालिकाको पञ्जिका अधिकारी समक्ष ग्रामथान र अन्य धार्मिक सम्पदा दर्ता गराउन प्रयत्न र त्तपरता देखाउनु पर्छ ।
३) स्थानिय सरकार सञ्चालन ऐन– २०७४ का आधारमा स्थानीय निकायहरुमा दर्ता प्रक्रृयालाई अगाडी बढाई समुदायको परम्परागत पद्धतिका आधारमा संचालन तथा दर्ता गराउन दबाब सिर्जजना गर्नु पर्नेछ ।
४) जिल्ला प्रशासन कार्यालय, जिल्ला बिकास समिति र सम्बन्धित स्थान वा क्षेत्रका प्रहरी कार्यालयहरुमा ग्रामथान दर्ता सम्बन्धमा जानकारी स्वरुप ज्ञापन पत्र बझाउनु पर्ने छ ।
५) आवश्यक राष्ट्रिय अन्तराष्ट्रिय कानुन बारेमा अध्ययनगरी समुदाय स्तरीय सचेतना गर्नुपर्ने आवश्क्ता रहेको छ ।
६) ग्रामथान संरक्षणबारेमा बिभिन्न राजनितिक पार्टीका प्रतिनिधिहरु संग परामर्श बैठकहरु गर्नु पर्ने हुन्छ ।
७) नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह लाहुर्निप संग र साथै आदिवासी मुद्धामा साकारात्मक भावनाका वकिलहरुबाट सहयोग लिनु पर्ने हुन्छ ।
८) ग्रामथानको धार्मिक तथा सांस्कृतिक महत्वबारे पत्रकारहरुलाई जानकारी वा पत्रकार सम्मेलन गर्दा मुद्धा अगाडी बढ्ने हुन्छ ।
रणनीति प्रक्रृयागत रुपमा बैधानिकता प्रदान पाउने भएकोले चरणबद्ध तरिकाले संघर्षका कार्यक्रम गर्दै राज्यलाई बाध्यकारी बनाउनु पर्ने नितान्त आवश्यक रहेको छ ।
ग्रामथान संरक्षणको उपलब्धि
धार्मिक तथा सांस्कृतिक महत्वको ग्रामथान संरक्षणमा नगरको आर्थिक, सामाजिक, पर्यटन, पहिचान संग प्रत्यक्ष जोडिएको छ । ग्रामथान संरक्षणकालागी वडा र नगरस्तरीयबाटै ऐन, कार्यबिधि, योजना, निति, निर्माणगरी कार्यान्व्यन हुनसके मानव सभ्यता कालदेखिनै स्थापना भएको ग्रामथान पर्यटनको पाटोमा जुड्दै आर्थिक लाभ उठाउन बिशेष उपलब्धि हुनेछ । जनप्रतिनिधिमा जुनै ब्यक्ति आएपनि ग्रामथान संरक्षण र प्रवद्र्धनमा निरन्तरता हुने छन । यस्ले राज्यको सम्पदा बिस्थापित र संकटबाट जोगिने छन् । थारु समुदायको पहिचान मात्र हैन समुदाय संग जोडिएको भुमि, सांस्कृतिक धरोहरले रामधुनी नगरकै पहिचान संरक्षण हुने छ । आदिवासीहरुको पहिचान र धार्मिक स्थल सुरक्षित हुने छन् । ग्रामथान संरक्षण र प्रवद्र्धन प्रति स्थानिय तहको प्राथमिकीकरणमा पर्नु आवश्यक छ ।
ग्रामथानहरुलाई व्यवस्थित र पहिचान सहित संरक्षण र संचालनमा ल्याउन अति आवश्यक छ । थारु समुदाय धार्मिक रुपमा अन्यौल, ग्रामथानको महत्वबारे अनभिज्ञता, सक्षम नेतृत्वको अभावका साथै सरकारी पहुचको कमी र सरकारले उपेक्षा गरेको साथै नेपाल आदीबासी जनजाति उत्थान प्रतिष्ठान, संस्कृति तथा पर्यटन मन्त्रालयले थारु समुदायको सांस्कृतिक सम्पदालाई जोगाउँने भूमिकामा कमी र न्यून बजेट बाडफांटले यो अवस्था आएको हो ।
आम थारु समुदाय, सरकार र सम्बन्धित प्रतिष्ठानहरुको सामुहिक सहकार्य भएमा ग्रामथानको अवस्थाले पुनरजीवन पाउँनेमा बिश्वास छ । ग्रामथान संरक्षण उदेश्यले संघ संस्था वा गुठीको विधान बनाई जिल्ला प्रशासनमा दर्ता गरिरहेका छन र अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षको पद राखेका छन । यसले थारु समुदायको ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक महत्व घटिरहेको छ । संघिय प्रदेश र स्थानिय सरकारले यस्ता ऐतिहासिक, पुरातात्विक, सांसकृतिक महत्वका ग्रामथान संग जोडीएको भूमी र स्थानलाई सूचीकृतकालागि ऐन बनाएर संरक्षण गर्नु पर्छ ।
रामधुनी नगरपालिकाको सहयोग र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) सुनसरी शाखाको सहजिकरणमा तयार पारिएको लेखनबृति

अगाडिकाे पाेस्ट

एनआईसी एसिया बैंक झुम्काद्धारा दाहालका परिवारलाई दुर्घटना बीमा वापत रु १० लाख हस्तान्तरण

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको १४ औं नगरसभाबाट ‘गौरव’ को योजनामा रु ६ करोड विनियोजन

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft