मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

दादुरा–रुबेला रोग बिरुद्ध रामधुनी नगरमा श्रावण २२ देखि २६गते सम्म खोप संचालन गर्ने

by By: रामधुनी खबर
साउन १५, २०८०
333

राख संवाददाता
झुम्का,श्रावण १५ । बालबालिकामा हुने दादुरा–रुबेला रोग बिरुद्ध रामधुनी नगरमा खोप संचालन गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको आयोजनामा रामधुनी नगरपालिकाको समन्वयमा पालिका स्तरीय अभिमुखीकरण गर्दै श्रावण २२ देखि २६गते सम्म खोप अभियान संचालन गर्ने जनाएको हो ।
दादुरा–रुबेला प्रकोप नियन्त्रण रोकथाम र व्यवस्थापनको लागि पालिका स्तरीय अभिमुखीकरण तथा गोष्ठीमा खोप गुणस्तरीय तथा सुरक्षित तवरले लगाउँन नगरप्रमुख शंकरलाल चौधरीले सुुझाव ब्यक्त गर्नुभयो । बालबालिकामा लगाउँने औषधीमा कुनै गुनासाहरु आउन नदिन स्वास्थ्य शाखा चासोका साथ लाग्न निर्दैशन समेत दिनुुभयो ।
रामधुनी नगरमा १४ हजार जना बाबालिकामा खोप लगाउँने अभियान लिएको रामधुनी स्वास्थ्य शाखाले जनाएको छ । खोप प्रभावकारीताका लागि श्रावण १८ गते वडा स्तरीय अभिमुखिकरण समेत गर्ने भएको छ ।


दादुरा–रुबेला रोग बिरुद्धको खोप ६ महिना देखि १५ बर्षको उमेरका बालबालिकाहरुलाई लगाउँने छन् । खोप अभियान खोप केन्द्रहरुबाट संचालन गर्ने जानकारी दिएको छ । खोप केन्द्र सामुदायिक तथा संस्थागत बिद्यालयमै राखेर सेवा दिने जनाएको छ । खोप सेवा प्रवाहका लागि अभियानको अन्तिम दिन स्वास्थ्य चौकीबाट समेत संचालन गर्ने रामधुनी नगर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए ।
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ । दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरूमा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ । दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याइदिन्छ ।
यो रोग कुनै पनि उमेरका मानिसलाई र विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्ने नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाका रविन घिमिरेले जानकारी दिए ।
गोष्ठीमा कार्यपालिका सदस्य, वडाअध्यक्ष, स्वास्थ्य कर्मी, सामुदायिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्याबसन रामधुनी नगर समिति, शिक्षक लगायतका अभियान कर्ताहरुको सहभागीता रहेको थियो ।


यस रोगको लक्षणमा उच्च ज्वरो आउने र शरीरमा राता बिबिरा देखिने, आँखा रातो हुने, रुघाखोकी लाग्ने, संक्रमितको सम्पर्कमा आए १०–१२ दिनपछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्छ भने १२ देखि २३ दिनपछि रुबेलाको लक्षण देखा पर्छ ।
यो रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण (निमोनिया) हुने , आँखामा समस्या भई अन्धोपन हुने, मस्तिष्कमा कडा खालको सुजन हुने वा मस्तिष्क ज्वरो आउने, कम्पन हुनेजस्ता जटिलताका कारण मृत्यु पनि हुने सक्ने सम्भावना हुन्छ ।




अगाडिकाे पाेस्ट

डेंगी नियन्त्रण गर्न रामधुनी नगरपालिकाले जनचेतना र सरसफाई अभियान संचालन गर्ने

अर्काे पाेस्ट

डेंगीबाट बच्न झुम्का बजार क्षेत्र र समुदायमा पुगेर सचेतना

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft