राख संवाददाता
झुुम्का,श्रावण १८ । दादुरा–रुबेला प्रकोप नियन्त्रण गर्न रामधुनी १ नं. वडामा २२ गते देखि २६गते सम्म पाँच खोप केन्द्र संचालन गर्ने भएको छ । खोप सेवा प्रवाहका लागि बिहिवार भएको भासि स्वास्थ्य चौकी व्यवस्थापन समिति तथा वडा स्तरीय छलफलबाट बिद्यालय सहित पाँच खोप केन्द्र संचालनगरी सेवा दिने भएको हो ।
६ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई दादुरा–रुवेला रोग बिरुद्ध खोपका लागि रामधुनी १ नं. वडामा श्रावण २२ गते माउन्ट समिट बोर्डिङ्ग स्कुल, २३ गते सरस्वती नि.मा.बि. सैनिमैनी, २४ गते रामधुनी बोर्डिङ्ग स्कुल, २५ गते भासि मा.बि खोप केन्द्रमा ब्रिलेन्ट बोर्डिङ्ग स्कुल र भासि मा.बि.का बिद्यार्थी बालबालिकालाई खोप लगाउँने स्वास्थ्य चौकी प्रमुख चकेन्द्र थापाले जानकारी दिए ।

सैनिमैनी गाउँको सरस्वती निम्न माध्यमिक बिद्यालयमा खोप केन्द्र नराख्दा मोहनपुर, सिंगापुर, चियापुरका दलित वस्तिका बालबालिका खोपबाट बञ्चित हुने भन्दै भासि मा.बि का शिक्षक बिमल गुरागाईले सुुझाव ब्यक्त गरेको थियो । बिपन्न तथा दलित समुदायका बालबालिका कोही पनि बञ्चित नहोस र उनीहरुलाई प्राथमिक्ता दिइयोस सुुझाव आउँदा ब्रिलेन्ट बोर्डिङ्ग स्कुलको खोपकेन्द्र सो बोर्डिङ्गका प्रतिनिधिको सहमतिमा खोप केन्द्र सरस्वती नि.मा.बि.सैनिमैनीमा सारेको छलफलबाट निर्णय भएको छ ।
दादुरा–रुवेला प्रकोप नियन्त्रण र खोप प्रभावकारीताका लागि छलफलमा वडाका जनप्रतिनिधि, स्वास्थय चौकी व्यववस्थापन समिति, सृजनशिल बालसंजालका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिध, बिद्यालयका शिक्षक, स्वास्थ्य चौका कर्मचारीको उपस्थिती रहेको थियो । कार्यवाहक वडा अध्यक्ष रामभरोसी साहको अध्यक्षतामा बसेको छलफलमा रेडक्रश झुम्का शाखाका अध्यक्ष ईश्वर घिमिरे, स्वास्थय चौकी व्यववस्थापन समितिकी उपाध्यक्ष आशा चौधरी, सृजनशिल बाल संजालका सुनिल बस्नेत लगायतका बक्ताहरुले कोही बालबालिका नछुटुन भन्ने उधेश्यले सबैजना सक्रियताका साथ लाग्नुपर्ने धारणा ब्यक्त गरे ।
रामधुनी नगरमा १४ हजार जना बाबालिकामा खोप लगाउँने अभियान लिएको रामधुनी स्वास्थ्य शाखाले जनाएको छ ।
दादुरा–रुबेला रोग
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ । दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरूमा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ । दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याइदिन्छ ।
यो रोग कुनै पनि उमेरका मानिसलाई र विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्ने हुन्छ । यस रोगको लक्षणमा उच्च ज्वरो आउने र शरीरमा राता बिबिरा देखिने, आँखा रातो हुने, रुघाखोकी लाग्ने, संक्रमितको सम्पर्कमा आए १०–१२ दिनपछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्छ भने १२ देखि २३ दिनपछि रुबेलाको लक्षण देखा पर्छ ।
यो रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण (निमोनिया) हुने , आँखामा समस्या भई अन्धोपन हुने, मस्तिष्कमा कडा खालको सुजन हुने वा मस्तिष्क ज्वरो आउने, कम्पन हुनेजस्ता जटिलताका कारण मृत्यु पनि हुने सक्ने सम्भावना हुन्छ ।