मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

दादुरा–रुवेला प्रकोप नियन्त्रण गर्न रामधुनी १ नं. वडामा बिद्यालय सहित पाँच खोप केन्द्र संचालन हुने

by By: रामधुनी खबर
साउन १८, २०८०
370

राख संवाददाता
झुुम्का,श्रावण १८ । दादुरा–रुबेला प्रकोप नियन्त्रण गर्न रामधुनी १ नं. वडामा २२ गते देखि २६गते सम्म पाँच खोप केन्द्र संचालन गर्ने भएको छ । खोप सेवा प्रवाहका लागि बिहिवार भएको भासि स्वास्थ्य चौकी व्यवस्थापन समिति तथा वडा स्तरीय छलफलबाट बिद्यालय सहित पाँच खोप केन्द्र संचालनगरी सेवा दिने भएको हो ।
६ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई दादुरा–रुवेला रोग बिरुद्ध खोपका लागि रामधुनी १ नं. वडामा श्रावण २२ गते माउन्ट समिट बोर्डिङ्ग स्कुल, २३ गते सरस्वती नि.मा.बि. सैनिमैनी, २४ गते रामधुनी बोर्डिङ्ग स्कुल, २५ गते भासि मा.बि खोप केन्द्रमा ब्रिलेन्ट बोर्डिङ्ग स्कुल र भासि मा.बि.का बिद्यार्थी बालबालिकालाई खोप लगाउँने स्वास्थ्य चौकी प्रमुख चकेन्द्र थापाले जानकारी दिए ।


सैनिमैनी गाउँको सरस्वती निम्न माध्यमिक बिद्यालयमा खोप केन्द्र नराख्दा मोहनपुर, सिंगापुर, चियापुरका दलित वस्तिका बालबालिका खोपबाट बञ्चित हुने भन्दै भासि मा.बि का शिक्षक बिमल गुरागाईले सुुझाव ब्यक्त गरेको थियो । बिपन्न तथा दलित समुदायका बालबालिका कोही पनि बञ्चित नहोस र उनीहरुलाई प्राथमिक्ता दिइयोस सुुझाव आउँदा ब्रिलेन्ट बोर्डिङ्ग स्कुलको खोपकेन्द्र सो बोर्डिङ्गका प्रतिनिधिको सहमतिमा खोप केन्द्र सरस्वती नि.मा.बि.सैनिमैनीमा सारेको छलफलबाट निर्णय भएको छ ।
दादुरा–रुवेला प्रकोप नियन्त्रण र खोप प्रभावकारीताका लागि छलफलमा वडाका जनप्रतिनिधि, स्वास्थय चौकी व्यववस्थापन समिति, सृजनशिल बालसंजालका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिध, बिद्यालयका शिक्षक, स्वास्थ्य चौका कर्मचारीको उपस्थिती रहेको थियो । कार्यवाहक वडा अध्यक्ष रामभरोसी साहको अध्यक्षतामा बसेको छलफलमा रेडक्रश झुम्का शाखाका अध्यक्ष ईश्वर घिमिरे, स्वास्थय चौकी व्यववस्थापन समितिकी उपाध्यक्ष आशा चौधरी, सृजनशिल बाल संजालका सुनिल बस्नेत लगायतका बक्ताहरुले कोही बालबालिका नछुटुन भन्ने उधेश्यले सबैजना सक्रियताका साथ लाग्नुपर्ने धारणा ब्यक्त गरे ।
रामधुनी नगरमा १४ हजार जना बाबालिकामा खोप लगाउँने अभियान लिएको रामधुनी स्वास्थ्य शाखाले जनाएको छ ।


दादुरा–रुबेला रोग
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ । दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरूमा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ । दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याइदिन्छ ।
यो रोग कुनै पनि उमेरका मानिसलाई र विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्ने हुन्छ । यस रोगको लक्षणमा उच्च ज्वरो आउने र शरीरमा राता बिबिरा देखिने, आँखा रातो हुने, रुघाखोकी लाग्ने, संक्रमितको सम्पर्कमा आए १०–१२ दिनपछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्छ भने १२ देखि २३ दिनपछि रुबेलाको लक्षण देखा पर्छ ।
यो रोग लागेमा झाडापखाला लाग्ने, कुपोषण हुने, कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण (निमोनिया) हुने , आँखामा समस्या भई अन्धोपन हुने, मस्तिष्कमा कडा खालको सुजन हुने वा मस्तिष्क ज्वरो आउने, कम्पन हुनेजस्ता जटिलताका कारण मृत्यु पनि हुने सक्ने सम्भावना हुन्छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाले १० महिने निःशुल्क पेशागत बिल्डिङ्ग ईलेक्ट्रिसियन सिप विकास तालिम दिदै

अर्काे पाेस्ट

बिद्यार्थी बालबालिकालाई सिर्जनशिल बनाउँन डुम्राहामा चित्रकला कार्यशाला

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft