मिति : २०८३ कार्तिक ७ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु महिला सभा उपमहानगर समितिद्धारा इटहरीमा समा–चकेवा प्रदर्शन तथा प्रवद्र्धन कार्यक्रम

by By: रामधुनी खबर
मंसिर १०, २०८०
336

रामधुनी खबर संवाददाता
झुम्का, मंसिर १० । थारु महिला सभा उपमहानगर समिति इटहरीले समा–चकेवा कार्यक्रम २०८० मनाएको छ । थारु समुदायमा धार्मिक तथा साँस्कृतिक रुपले महत्व रहेको समा–चकेवा प्रदर्शन र प्रवद्र्धनका लागि इटहरी स्थित एक कार्यक्रमगरी मनाएको हो ।
पर्व तिहार भाइटिकाको दिन देखि कार्तिक शुक्ल पुर्णिमामा सम्म १५ औँ दिन माटोको समाचकेवा प्रतिमुर्ति बनाई खेल खेल्दै पर्व मनाइन्छ । मूर्तिहरु प्रतिकालक रुपमा समा–चकेवा, मृदंगीया (मृदङा बजाउने), झाइलवाला (झयाली वजाउने), नटुवा (नटकी वा नृत्य गर्र्ने), विपातर (विपतीबाट उपाय निकाल्ने ), नाहभैया (ढुंगा खियाउने), कुकुर (सहयोगी जनावर), भमरा (प्रेमको प्रतिक), वृन्दावोनी (वृन्दावनको प्रतिक), ज्वालिन (वाला), चुग्ला (कुरौटे), वृदावनी हुन्छन् ।
प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यतामा महिलाहरुले कलात्मक रुपले बनाएको सो प्रतिमुर्तिका समा–चकेवा प्रवद्र्धन र प्रदर्शन गरेका छन् । उपमहानगरको वडा तथा टोलबाट ल्याएको समा–चकेवा प्रवद्र्धनका लागि प्रदर्शन गरेका हुन् । समाचकेवा पर्व महिलाहरुको सामुहिक मनोरञ्जनात्क खेल तथा कला प्रदशनीको रुपमा रहेकोले कार्यक्रममा समा–चकेवाको गीत, चाचैर, बिरहैन, पराती लगायतका मौलिकता झल्किने गीत गाएर कार्यक्रमलाई रौनकता बढाएको थियो । भने कार्यक्रममा आयोजक तथा उपस्थित अतिथीहरुले समा–चकेवाको गीत “साम्चके साम्चके आबिह्य हो आबिह्य हो, जोत्ला खेतमे बैठिय हो बैठिय हो……….” गाउदै समा–चकेवा खेल खेलेका थिए ।


कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा प्रमुख अतिथी चौधरीले थारु कला संस्कृति पुस्तान्तरण हुनुपर्ने धारणा राख्नु भयो । थारु जातीको ग्रामथान डिहवारथान लगायत स्वास्थ्य, शिक्षा, आर्थिक पहुचका लागि तिन वटै सरकारले ध्यान नदिएको बताउनु भयो । थारु समुदायको समग्र विकासमा उपेक्षा गरेकोले समुदायको पहिचान संकटमा रहेको धारणा ब्यक्त गर्नुभयो । यसैगरी इटहरी उपमहानगरपालिकाले थारुलाई पहिलो नागरिक घोषणामा सिमित राखेको बताउनु भयो । घोषणाको अलावा थारु समुदाय प्रति कुनै काम नगरेको आरोप लगाउनु भयो । तसर्थ यहा थारु जातीको वृति विकासमा ऐन निर्माण हुनुुपर्ने उठान गर्नुभयो ।
इटहरी उपमहानगर उपप्रमुख संगीता चौधरीले थारु महिलाहरुको सिप पर्यावरणीय रहेको बताउनु भयो । पर्यावरणीय सिपले सबै पक्षलाई सम्बोधन हुने भएकोले यस प्रकारका सिप संरक्षणमा जोड दिनु पर्ने बताउनुु भयो । सिपलाई व्यवसायिक समेत बनाउन सके थारु महिलाहरुमा आर्थिक उपार्जनमा टेवा पुग्ने भएकोले धमा, मना लगायतका सिपबाट बनेको वस्तु मायाको चिन्हमा वितरण गर्नु पर्ने धारणा राख्नुभयो ।


समाचकेवा अध्यत्मिक संग जोडिएको थारु महिला सभा जिल्ला अध्यक्ष सुशिला लेखीले बताउनु भयो । मानव जीवनमा आफैमा धन्य र पुण्य प्राप्त गर्ने महत्वपुर्ण पर्वको रुपमा प्रतिष्ठीत र स्थापित भएकोले समा–चकेवा पर्व अध्यात्मिक रहेको धारणा ब्यक्त गर्नुभयो । थारु साँस्केतिक कार्यक्रमहरुमा मौलिकतामा आधारित नाच, नृत्य, कलाहरु प्रर्दशन हुनुपर्ने उठान गर्नुभयो । पहिचानका कला साँस्कृतिक लोप हुने अवस्थामा रहेकोले युवा पुस्ताले अहिले मौलिकताका नृत्यहरु प्रस्तुत गर्न अनुरोध समेत गर्नुभयो ।
थारु महिला सभा इटहरी उपमहानगर समितिकी अध्यक्ष सुनिता चौधरीको सभापतित्व आयोजित कार्यक्रममा अभियान कर्मी सुशिला चौधरी, थारु कल्याणकारिणी सभा उपमहानगर समिति अध्यक्ष लक्ष्मि नारायण चौधरी, सहित्य कर्मी रामसागर चौधरी, साँस्कृतिक विद देवचरण चौधरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम नगर सचिव लक्ष्मि चौधरीले संचालन गरेकी थिइन् ।

अगाडिकाे पाेस्ट

कानूनी सहायता सचेतना सहित रामधुनी नगरमा लैङ्गिकहिंसा बिरुद्धको १६ दिने अभियान सुरु

अर्काे पाेस्ट

‘प्रदेशस्तरिय कृषि विकासलागि झुम्का क्षेत्रीय कृषितालिम केन्द्रको स्तरबृद्धि आश्यक’:कृषिमन्त्रालय अधिकृत पोख्रेल

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft