मिति : २०८२ फागुन २ गते (सनिबार)
मौसम : 17.48°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु महिला सभा उपमहानगर समितिद्धारा इटहरीमा समा–चकेवा प्रदर्शन तथा प्रवद्र्धन कार्यक्रम

by By: रामधुनी खबर
मंसिर १०, २०८०
375

रामधुनी खबर संवाददाता
झुम्का, मंसिर १० । थारु महिला सभा उपमहानगर समिति इटहरीले समा–चकेवा कार्यक्रम २०८० मनाएको छ । थारु समुदायमा धार्मिक तथा साँस्कृतिक रुपले महत्व रहेको समा–चकेवा प्रदर्शन र प्रवद्र्धनका लागि इटहरी स्थित एक कार्यक्रमगरी मनाएको हो ।
पर्व तिहार भाइटिकाको दिन देखि कार्तिक शुक्ल पुर्णिमामा सम्म १५ औँ दिन माटोको समाचकेवा प्रतिमुर्ति बनाई खेल खेल्दै पर्व मनाइन्छ । मूर्तिहरु प्रतिकालक रुपमा समा–चकेवा, मृदंगीया (मृदङा बजाउने), झाइलवाला (झयाली वजाउने), नटुवा (नटकी वा नृत्य गर्र्ने), विपातर (विपतीबाट उपाय निकाल्ने ), नाहभैया (ढुंगा खियाउने), कुकुर (सहयोगी जनावर), भमरा (प्रेमको प्रतिक), वृन्दावोनी (वृन्दावनको प्रतिक), ज्वालिन (वाला), चुग्ला (कुरौटे), वृदावनी हुन्छन् ।
प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीको प्रमुख आतिथ्यतामा महिलाहरुले कलात्मक रुपले बनाएको सो प्रतिमुर्तिका समा–चकेवा प्रवद्र्धन र प्रदर्शन गरेका छन् । उपमहानगरको वडा तथा टोलबाट ल्याएको समा–चकेवा प्रवद्र्धनका लागि प्रदर्शन गरेका हुन् । समाचकेवा पर्व महिलाहरुको सामुहिक मनोरञ्जनात्क खेल तथा कला प्रदशनीको रुपमा रहेकोले कार्यक्रममा समा–चकेवाको गीत, चाचैर, बिरहैन, पराती लगायतका मौलिकता झल्किने गीत गाएर कार्यक्रमलाई रौनकता बढाएको थियो । भने कार्यक्रममा आयोजक तथा उपस्थित अतिथीहरुले समा–चकेवाको गीत “साम्चके साम्चके आबिह्य हो आबिह्य हो, जोत्ला खेतमे बैठिय हो बैठिय हो……….” गाउदै समा–चकेवा खेल खेलेका थिए ।


कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा प्रमुख अतिथी चौधरीले थारु कला संस्कृति पुस्तान्तरण हुनुपर्ने धारणा राख्नु भयो । थारु जातीको ग्रामथान डिहवारथान लगायत स्वास्थ्य, शिक्षा, आर्थिक पहुचका लागि तिन वटै सरकारले ध्यान नदिएको बताउनु भयो । थारु समुदायको समग्र विकासमा उपेक्षा गरेकोले समुदायको पहिचान संकटमा रहेको धारणा ब्यक्त गर्नुभयो । यसैगरी इटहरी उपमहानगरपालिकाले थारुलाई पहिलो नागरिक घोषणामा सिमित राखेको बताउनु भयो । घोषणाको अलावा थारु समुदाय प्रति कुनै काम नगरेको आरोप लगाउनु भयो । तसर्थ यहा थारु जातीको वृति विकासमा ऐन निर्माण हुनुुपर्ने उठान गर्नुभयो ।
इटहरी उपमहानगर उपप्रमुख संगीता चौधरीले थारु महिलाहरुको सिप पर्यावरणीय रहेको बताउनु भयो । पर्यावरणीय सिपले सबै पक्षलाई सम्बोधन हुने भएकोले यस प्रकारका सिप संरक्षणमा जोड दिनु पर्ने बताउनुु भयो । सिपलाई व्यवसायिक समेत बनाउन सके थारु महिलाहरुमा आर्थिक उपार्जनमा टेवा पुग्ने भएकोले धमा, मना लगायतका सिपबाट बनेको वस्तु मायाको चिन्हमा वितरण गर्नु पर्ने धारणा राख्नुभयो ।


समाचकेवा अध्यत्मिक संग जोडिएको थारु महिला सभा जिल्ला अध्यक्ष सुशिला लेखीले बताउनु भयो । मानव जीवनमा आफैमा धन्य र पुण्य प्राप्त गर्ने महत्वपुर्ण पर्वको रुपमा प्रतिष्ठीत र स्थापित भएकोले समा–चकेवा पर्व अध्यात्मिक रहेको धारणा ब्यक्त गर्नुभयो । थारु साँस्केतिक कार्यक्रमहरुमा मौलिकतामा आधारित नाच, नृत्य, कलाहरु प्रर्दशन हुनुपर्ने उठान गर्नुभयो । पहिचानका कला साँस्कृतिक लोप हुने अवस्थामा रहेकोले युवा पुस्ताले अहिले मौलिकताका नृत्यहरु प्रस्तुत गर्न अनुरोध समेत गर्नुभयो ।
थारु महिला सभा इटहरी उपमहानगर समितिकी अध्यक्ष सुनिता चौधरीको सभापतित्व आयोजित कार्यक्रममा अभियान कर्मी सुशिला चौधरी, थारु कल्याणकारिणी सभा उपमहानगर समिति अध्यक्ष लक्ष्मि नारायण चौधरी, सहित्य कर्मी रामसागर चौधरी, साँस्कृतिक विद देवचरण चौधरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम नगर सचिव लक्ष्मि चौधरीले संचालन गरेकी थिइन् ।

अगाडिकाे पाेस्ट

कानूनी सहायता सचेतना सहित रामधुनी नगरमा लैङ्गिकहिंसा बिरुद्धको १६ दिने अभियान सुरु

अर्काे पाेस्ट

‘प्रदेशस्तरिय कृषि विकासलागि झुम्का क्षेत्रीय कृषितालिम केन्द्रको स्तरबृद्धि आश्यक’:कृषिमन्त्रालय अधिकृत पोख्रेल

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft