रामधुनी खबर संवाददाता
झुम्का,माघ २५ । संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकासको लक्ष्यको १७ सुचकमा छलफल गर्दै राष्ट्रिय कार्यढाँचा र युनेस्को बिषयमा गोष्ठी सम्पन्न भएको छ । विश्वले सन् २०३० सम्ममा सो लक्ष्य प्राप्ती गर्ने अवधारणा अनुसारको कार्यन्वय र अवस्थाको बारे राष्ट्रिय योजना आयोगको आयोजनामा सुनसरीको रामधुनीमा दुई दिवसीय गोष्ठी सम्पन्न भएको हो ।
राष्ट्रिय योजना आयोग नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयनका लागि मुख्य सरकारी निकाय हो । आयोगको सचिवालय समितिले दिगो विकास लक्ष्य सुचकको बारेमा जानकारी दिदै सुनसरीमा दिगो विकास लक्ष्यको अवस्था र रामधुनी नगरपालिकाको शिक्षा र संस्कृतिका बारेमा जानकारी लिएका छन् ।
दिगो विकास लक्ष्यको सुचक गुणस्तरीय शिक्षा अनुसार सुनसरीमा भएको अवस्थाका बारेमा जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जानकारी दिए । जिल्ला शिक्षा अधिकारी सुवेदिका अनुसार सुनसरीमा हालको अवस्थामा गुणीतरीय शिक्षा क्षेत्रमा दयनिय अवस्था रहेको बताए । खगेन्द्रले सुनसरीमा ४ सय ६६ वटा सामुदायिक बिद्यालय र २ सय ५४ निजि बिद्यालय लगायत मदरसा, गुम्बाको समेत गुणस्तर शिक्षाको अवस्था सुरधार हुन नसकेको जानकारी दिए भने रामधुनी नगर अन्तर्गतको गुणस्तर शिक्षामा उन्मुख रहेको बारेमा शिक्षा शाखा प्रमुख राजन गेलालले जानकारी दिए ।
शिक्षामा परिवर्तका लागि शिक्षक तथा अभिभावकहरु शिक्षा नीति अनुसार व्यवहारमा उर्तिनु पर्ने रामधुनी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकालले बताए । गोष्ठीकोे समापनमा अधिकृत ढकालले शिक्षा गुणस्तरीयका लागि उचित बजेट ,नीति तथा कार्यक्रम लगायत बिद्यार्थीहरुमा शिक्षा र संस्कारका बिषमा अध्ययन गराउनु पर्ने धारणा ब्यक्त गरेका छन् ।
अन्राष्ट्रिय क्षेत्रमा शिक्षा, बिज्ञान, संस्कृति, मानव समाज विज्ञान र आमसञ्चारमा युनेस्कोले उठाएका बिषयमा सचिवालय समितिले युनेस्को र राज्य बिच समन्वय गर्दै आएको छ । सचिवालयका सचिव हरी खनालले सो बिषयमा सहजिकरण गरेका थिए । खनालले बिद्यार्थीहरु शिक्षाको साथै संस्कारको बिषमा पनि जानकार हुनु पर्ने जोड दिदै सहजिकरण गरेका थिए ।
दिगो विकास लक्ष्यको सुचकमा गरिबी, भोकमरी, स्वास्थ्य, शिक्षा, लैंगिक समानता, खानेपानी, ऊर्जा पहुँच, आर्थिक वृद्धि, पूर्वाधार, असमानता न्यूनीकरण, बसोवास, उत्पादन र उपभोग, जलवायु परिवर्तन नियन्त्रण, प्राकृतिक स्रोत तथा वातावरण संरक्षण, र समावेशी समाज यसका प्रमुख सम्बोधन क्षेत्र हुन् ।
