रामधुनी खबर संवाददाता
झुम्का, भदौ २१ । थरुहट तराई महिलाहरुको महान एवं उपवासले कठोर पर्व जितिया पर्वको अवसरमा प्रवद्र्धनात्मक गर्ने भएको छ । थारु महिला सभा इटहरी उपमहानगर समितिले यही भदौ २८ गते शनिवारका दिन जितिया खास मौलिक पर्वद्धन आ साँस्कृतिक कार्यक्रम २०८२ गर्ने जनाएको हो ।
महिला सभा इटहरी उपमहानगर समितिका सभापति सुनिता चौधरीको सभापतित्वमा शनिवार पत्रकार सम्मेलन गर्दै इटहरी चोक म्याजिक स्टेन छेउ कार्यक्रम गर्ने जानकारी दिएका छन् । इटहरी चोक पश्चिम लाइनमा सामुहिक भेला भई कार्यक्रम गर्ने तयारी गरिरहेका छन् ।
जितिया पर्वको धार्मिक महत्व प्रवद्र्धन, पर्वको नयाँ पुस्तामा मौलिकता प्रदान र थारु भाषा प्रदेश सरकारी कामकाजको भाषाको सम्बोधन लगायत महिला अधिकार र नेतृत्वको लागि कार्यक्रमको आयोजना गर्न लागेको सभापति चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा जितिया कलश शोभा यात्रा गर्ने छन् । शोभा यात्रा कार्यक्रम स्थल देखि उपमहानगर पालिकाको गेट अगाडि हुँदै पुनः कार्यक्रम स्थल सम्म गर्ने छन् ।
थारु भाषा प्रदेश सरकारी कामकाज भाषाका लागि दवाव तथा सचेतना गर्ने, जितिया कथा वाचन तथा उधेश्य बारेमा प्रवद्र्धन, जितमहान भगवानको मुर्ती प्रदर्शनी गर्ने, जितिया बिशेष गीत संगीतमा प्रस्तुती, महिला अधिकार तथा नेतृत्व विकास सचेतना, थारु मौलिक परिकार प्रदशनी, प्रवद्र्धन र खानपान गराउने महिला सभा इटहरी उपमहानगर समिति सभापतिले जानकारी दिन भयो ।
जितिया पर्व बालबच्चालाई स्वास्थ्यको कामना सम्भावित दुर्घटनाबाट सदैव रक्षा गरुन भन्ने जित महान भगवान र सुर्य भगवानलाई पूजा पाठगरी पर्वमा पानी समेत नखाई उपास गर्ने परम्परा रहेको छ । पौराणिक विभिन्न काल खण्ड देखिनै थरुहट तराईका महिलाहरुले पर्व मनाउदै आएको छ ।


जितिया पर्व महिलाहरुले बिशेष धार्मिक उधेश्यले मनाउने पर्व रहेको भन्दै महिलाहरुको हक अधिकार सहितको संस्कृति जर्गेना गर्न कार्यक्रम गर्न लागेको थारु महिला सभा सुनसरी सभापति सुशिला लेखिले धारणा ब्यक्त गर्नु भयो ।
यसैगरी थारु कल्याणकारिणी सभा पूर्व केन्द्रिय सदस्य उर्मिला चौधरी लगायतका अतिथीहरुले जितिया पर्वको महत्वलाई नयाँ पुस्तामा जानकारी गराउन यस्ता खालका कार्यक्रमहरु आवश्यक रहेको भन्दै कार्यक्रममा उपस्थित भई सफल बनाई दिनका लागि इटहरी उपमहानगरका २० वटै वडाका वडावासीहरुमा अनुरोध गरिएको छ ।
पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभा जिल्ला सचिव श्याम चौधरी, इटहरी उपमहानगर समिति सचिव शेशक थन्दार, साहित्यकार रामसागर चौधरी, महिला सभा वडा समितिका सभापति पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
