मिति : २०८२ फागुन २ गते (सनिबार)
मौसम : 17.48°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

अत्याचारी भ्रष्ट महिषासुरहरुको अन्तयको कामना गर्दै थारु महिला सभा इटहरीको शुभकामना आदानप्रदान

by By: रामधुनी खबर
असोज १४, २०८२
504

रामधुनी खबर संवाददाता
झुम्का, असोज १४ । थारु महिला सभा उपममहानगर समिति इटहरीले सोमवार शुभकामना आदान प्रदान कार्यक्र समपन्न गरेको छ । दशमी, सुकराइत र छठ पर्वको अवसरमा कार्यक्रमको आयोजनागरी शुभकामना सहित महिला नेतृत्व, जेन–जी आन्दोलन, शिक्षामा प्रोत्साहन र समुदायमा रहेको विकृति विसंगती न्युनिकरण गर्न सन्देश दिदै कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमबाट महिलाहरुमा शिक्षाको प्रोत्साहन गर्न आवश्यक रहेको उठान गरेका छन् । उनीहरुमा शिक्षा सहितको आत्मनिर्भर बन्ने शिपहरुमा समुदाय र राष्ट्रिय स्तरबाट योजना कार्यक्रम हुनुपर्ने माग गरेका हुन् । नाकारात्मक रुपमा फैलिएको लैङ्गिक विभेद यस विभेदलाई अन्त्यगरी महिलाहरुलाई पनि हरेक विकास निर्माणका कार्यमा सहभागी गराउनु पर्ने माग गरेका छन् ।


यसैगरी भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबाट देशका भ्रष्ट महिषसुरहरुलाई सबक सिखाएको उठान गरेका छन् । जेन–जी आन्दोलनको बारेमा चर्चा गर्दै आन्दोलन परिवर्तनका लागि साकारात्मक रह्यो र यस आन्दोलनले महिषसुर जस्ता अत्यचारी, स्वार्थ बोकेका भ्रस्टचारी र एकल जातिय शासनको अन्तय भई विकास र आत्मनिर्भर तर्फ अगाडि बढियोस भन्ने कामना गरेका छन् ।
इटहरी चोकमा रहेको समावेशी समुदायको ऐतिहासिक प्रतिकको शालिक भत्काउनु निन्दनीय रहेको समेत प्राथमिक्ताका साथ कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । इटहरी उपमहानगर थारुको साँस्कृतिक भूमि रहेकाले समावेशी ऐतिहासिक प्रतिकको शालिक घुसपैठगरी भत्काएकोमा बक्ताहरुले निन्दा गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी तथा थारु महिला सभा सुनसरी सभापति शुसिला लेखिले इटहरीमा रहेको थारुको प्रतिकको शालिक अन्य समुदायलाई नपचेको र घुसपैठगरी शालिक भत्काएकोमा निन्दनीय रहेको भन्दै यसमा थारु संघ सस्थाहरु बोल्नु पर्ने बताउनु भएको छ ।
उहाँले भन्नु भयो हामी थारु महिलाहरु कार्यक्रमबाट भेटघाटगरी थप अधिकारको मागको आवाज उठाइ रहने र यसलाई निरन्तरता दिई रहने उधेश्यले कार्यक्रम आयोजना गरेको बताउनु भएको छ ।
थारु कल्याणकारिणी सभा था.क.स. केन्द्रिय सदस्य सुशिला चौधरीले थारु कार्यक्रमहरुमा नाचगान मात्रले प्रमुख उधेश्य उठान गर्न नसकेको बताउनु भयो । कार्यक्रममा नाचगान नगरी हालको अवस्थामा व्यवहारिक ज्ञानको कार्यक्रम गर्नु आवश्यक र महत्व रहने बताउनु भयो ।
थारु कल्याणकारिणी सभा था.क.स. पूर्व केन्द्रिय सदस्य उर्मिला गच्छदारले उहाँले पनि थारु पहिचान जोगाउन शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । अबको युवाहरु शिक्षाबाट सजग र सर्तकताले अगाडि बढ्दै राज्यले थारुलाई गरिरहेको विभेद अन्तय गर्न तर्फ लाग्नु पर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा नेपाल थारु संघ सुनसरी अध्यक्ष नविन चौधरीले थारु महिला सभाले भाषण प्रकारका कार्यक्रम मात्र नगरी आगामी योजना, लक्ष्य बनाएर महिलाहरुलाई के आवश्यक छ सो योजना लिएर कार्यक्रम गर्नु पर्ने सुझाव दिनु भयो ।
उहाँले म पार्टीको भातृसंगठन नेपाल थारु संघ सुनसरी अध्यक्ष भै रहदा आगामी चुनावमा पार्टीबाट थारुकै बढी उमेदवार बनाउनेमा जोड दिने बताउनु भएको छ ।


नेपाल थारु संघ इटहरी उपमहानगर समिति अध्यक्ष संकर चौधरीले पनि जेन–जी आन्दोलनमा घुसपैठगरी थारुको प्रतिक भत्काउनु निन्दनीय रहेको बताउनु भयो । थारुको ऐसतहासिक प्रतिक भत्काउनु आवश्यकता नै थिएन यो प्रतिक कसलाई के बिगारेको थियो भन्दै भत्काएपनि पुन समावेशी थारुको पहिचान भएकै शालिक बन्नु पर्नेमा जोड दिनुभयो ।
जेन–जी आन्दोलन सराहनिय रहेको ग्रामथान संरक्षण समिति रामधुनीका अध्यक्ष सिता थरुनी बताउनु भयो । भष्ट्रचार, अन्याय बिरुद्ध आन्दोलन सराहनिय भएपनि इटहरीमा थारु सहित सबै जानजातीको पहिचान गराउने शालिक भत्काउन नहुने बताउदै यो थारु माथी प्रहार रहेको बताउनु भयो । यसबाट नयाँ पूस्ता तथा थारु जेनजीहरु सर्तक रहनु पर्ने सुझाव वयक्त गर्नु भयो । यसका साथै शिक्षामा बढी भन्दा बढी शिक्षा ध्यान दिदै राजनीतिकमा समेत अगाडि बढ्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।


कार्यक्रममा वक्ताहरुले आ आफनो धारणा राख्नु हुँदै थारु महिला सभाले आगामी दिनहरुमा शसक्त कार्यक्रमहरु गरेर समुदायलाई सचेत गराउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा सभापति सुनिता चौधरीले यस संगठनमा हामीले धेरै दुःख गरेर कार्यक्रमहरु गर्यौ तथापी पनि छिटै अधिवेशन भैरहेकोले अबका समितिका पदाधिकारीहरुलाई अनुभवले सक्षम भएको हुँदा सो दुःख नहुने बताउँदै जेन–जी आन्दोलनको बारेमा मार्मिक पक्षको बारेमा बताउनु भयो ।
कार्यक्रम इटहरी वडा नं. ५ पचरुखीको थारु बसघरामा सम्पन्न गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य आशा चौधरीले गर्नु भएको थियो भने कार्यक्रम सचिव लक्ष्मि चौधरीले संचालन गर्नु भयो ।

अगाडिकाे पाेस्ट

झुम्का आधारभुत अस्पतालमा सेवा विस्तार…. स्वास्थ्य वीमा रेफर औपचारिक शुभारम्भ

अर्काे पाेस्ट

सेहरा खोलाको बाढीले झुम्का अर्गानिक कृषि फार्मबाट २ सय भन्दा बढी बङ्गुर बगाउँदा अनुमानित रु ८० लाखको क्षति

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft