मिति : २०८२ फागुन २ गते (सनिबार)
मौसम : 17.48°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सेहरा खोलाको बाढीले झुम्का अर्गानिक कृषि फार्मबाट २ सय भन्दा बढी बङ्गुर बगाउँदा अनुमानित रु ८० लाखको क्षति

by By: रामधुनी खबर
असोज १९, २०८२
569

रामधुनी खबर संवाददाता
झुम्का, असोज १९ । सुक्रवार देखिको निरन्तर बर्षाका कारण रामधुनी–८ नं. वडा सेहरा खोलाको बाढीले झुम्का अर्गानिक कृषि फार्म प्रा.लि.मा क्षति पुर्याएको छ । बाढीमा परेर फार्ममा रहेको २ सय भन्दा बढी बङ्गुर बगाउँदा अनुमानित रु ८० लाख मुल्य बराबरको क्षति भएको फार्म संचालक भरत कार्कीले जानकारी दिनु भयो ।
फार्मका संंचालक कार्कीका अनुसार फार्ममा ३ सय बंगुर रहेको थियो । बाढीले बगाउँदा अहिले ६० वटा मात्र रहेको जानकारी दिनुभयो । बच्चा बङ्गुर मध्ये ४० वटा पानीमा डुबेर मरेको छ भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेको बंगुर बगाएको जानकारी दिनु भयो ।


तिहारको समयमा बजारमा बिक्रीका लागि निकाल्ने तयारीमा रहेको बङ्गुर समेत बगाएपछि ठूलो आर्थिक क्षति भएको कार्कीले बताउनु भयो । बाढीको पानी एक्कासी फार्ममा पस्यो, बङ्गुर पालन गरेको खोरमा केही लाई मात्र जोगाउन सक्यौँ बाँकी सबै बगाएको बताउनु भयो । पानीको बहाव अत्यधिक भएकाले बाँकी ७० माउ बङ्गुर समेत वाल नाघेर भागेको जानकारी दिनु भयो । यस्तै कुखुरा पालनको फार्ममा भने बाढीको पानीले केही मात्रले जोगिएको बताउनु भयो ।


कुखुरा, खसी, बङ्गुर पालन व्यवसायमा संलग्न कार्कीलाई सन् २०७८ सालमा पनि यस्तै बाढीले ठूलो क्षति पु¥याएको थियो । पटक–पटक बाढीको जोखिम खेप्दै पनि उहाँले पशुपालन व्यवसायलाई निरन्तरता दिँदै आउनु भएको छ । फार्मबाट उन्नतजातका पाठापाठी, बङ्गुरका बच्चा, कुखुराका चल्ला उत्पादनगरी विक्री वितरण गर्दै आएका छन् ।

अगाडिकाे पाेस्ट

अत्याचारी भ्रष्ट महिषासुरहरुको अन्तयको कामना गर्दै थारु महिला सभा इटहरीको शुभकामना आदानप्रदान

अर्काे पाेस्ट

इक्राही खेल मैदानमा हुने प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft