रामधुनी खबर संवाददाता
झुम्का, असोज १९ । सुक्रवार देखिको निरन्तर बर्षाका कारण रामधुनी–८ नं. वडा सेहरा खोलाको बाढीले झुम्का अर्गानिक कृषि फार्म प्रा.लि.मा क्षति पुर्याएको छ । बाढीमा परेर फार्ममा रहेको २ सय भन्दा बढी बङ्गुर बगाउँदा अनुमानित रु ८० लाख मुल्य बराबरको क्षति भएको फार्म संचालक भरत कार्कीले जानकारी दिनु भयो ।
फार्मका संंचालक कार्कीका अनुसार फार्ममा ३ सय बंगुर रहेको थियो । बाढीले बगाउँदा अहिले ६० वटा मात्र रहेको जानकारी दिनुभयो । बच्चा बङ्गुर मध्ये ४० वटा पानीमा डुबेर मरेको छ भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेको बंगुर बगाएको जानकारी दिनु भयो ।

तिहारको समयमा बजारमा बिक्रीका लागि निकाल्ने तयारीमा रहेको बङ्गुर समेत बगाएपछि ठूलो आर्थिक क्षति भएको कार्कीले बताउनु भयो । बाढीको पानी एक्कासी फार्ममा पस्यो, बङ्गुर पालन गरेको खोरमा केही लाई मात्र जोगाउन सक्यौँ बाँकी सबै बगाएको बताउनु भयो । पानीको बहाव अत्यधिक भएकाले बाँकी ७० माउ बङ्गुर समेत वाल नाघेर भागेको जानकारी दिनु भयो । यस्तै कुखुरा पालनको फार्ममा भने बाढीको पानीले केही मात्रले जोगिएको बताउनु भयो ।

कुखुरा, खसी, बङ्गुर पालन व्यवसायमा संलग्न कार्कीलाई सन् २०७८ सालमा पनि यस्तै बाढीले ठूलो क्षति पु¥याएको थियो । पटक–पटक बाढीको जोखिम खेप्दै पनि उहाँले पशुपालन व्यवसायलाई निरन्तरता दिँदै आउनु भएको छ । फार्मबाट उन्नतजातका पाठापाठी, बङ्गुरका बच्चा, कुखुराका चल्ला उत्पादनगरी विक्री वितरण गर्दै आएका छन् ।
