मिति : २०८२ चैत्र २ गते (सोमबार)
मौसम : 23.76°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

इक्राही खेल मैदानमा हुने प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

by By: रामधुनी खबर
असोज २८, २०८२
284

रामधुनी खबर संवाददाता
झुम्का, असोज २७ । रामधुनी – ४ इक्राही खेल मैदानमा प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिता खेलका लागि सम्पूर्ण तयारी पुरा भएको छ । असोज २८ गते मंगलवार देखि सुरु हुने प्रतियोगिताका लागि तयारी पुरा भएको आयोजक न्यु रामधुनी फुटबल क्लवका अध्यक्ष गंगाराम माझीले जानकारी दिनुभयो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको नारा सहित मंगलवार दिउँशो २ः३० बजे देखि समुद्धघाटन खेल सुरु हुनेछन् । समुद्धघाटन खेलमा सुन्दर दुलारी फुटबल क्लव मोरङ्ग भर्सेज चतरा फुटबल क्लव सुनसरी विच हुने छन् ।


प्रतियोगितामा आठ टिम सहभागी छन् । सुन्दर दुलारी फुटबल क्लव मोरङ्ग, चतरा फुटबल क्लव सुनसरी, राजावास फुटबल क्लव सुनसरी, पंचायन फुटबल क्लव सुनसरी, न्यु रामधुनी फुटबल क्लव आयोजक, प्रकाशपुर फुटबल क्लव सुनसरी, इन्द्रेनी फुटबल क्लव कालाबन्जर सुनसरी र सान नेपाल प्रा.ली. इटहरी सुनसरीले सहभागी जनाएका छन् ।
रामधुनी मन्दिरको पहिचान, धार्मिक पर्यटन नगर विकास, युवाहरुमा खेलकुद विकासगरी युवाहरुमा दुव्र्यसनी न्युनिकरण गर्न खेलकुदको उधेशय रहेको आयोजक समितिले जनाएको छ ।
आयोजक न्यु रामधुनी फुटबल क्लवका अध्यक्ष माझीले प्रतियोगिताको बारेमा जानकारी दिनु हुँदै क्लव दर्तागरी आधिकारीक रुपले प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले स्थानीय युवाहरुलाई आफनै लगानीमा खेलकुद सम्बन्धी ट्रेनिङ्ग दिदै आउनु भएको छ । इक्राही खेल मैदान विकास र व्यवस्थापनका लागि आवश्यक रहेको भन्दै फिल्डको मापदण्ड पुर्याउनका लागि सम्बन्धित निकाय संग अनुरोध गर्नु भएको छ ।
यसैगरी आयोजक समितिका सचिव तथा प्रतियोगिता संयोजक नवराज खड्काले खेलकुद विकास अभियान रहेको बताउनु भयो । खेलकुद माध्यमबाट आपसी सदभाव, एकता र रामधुनी मन्दिरको पर्यटन विकासका लागि प्रतियोगिता रहेको भन्दै खेलमा पुरस्कृत गरिने राशी लगायत प्रतियोगिताको तयारी बारेमा प्रष्ट पार्नु भएको छ ।


प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिता कार्तिक ३ गते फाइनल खेल सहित समापन गर्ने छन् । प्रतियोगितामा असोज २९ गते राजावास फुटबल क्लव भर्सेज पंचायन फुटबल क्लव विच खेल हुने छ । असोज ३० गते न्यु रामधुनी फुटबल क्लव आयोजक भर्सेज प्रकाशपुर फुटबल क्लव, असोज ३१ गते इन्द्रेनी फुटबल क्लव कालाबन्जर भर्सेज सान नेपाल प्रा.ली. इटहरी बिच खेल हुने आयोजक समितिले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथमहुने टिमलाई रु ५१ हजार र शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुनेलाई रु ३१ हजार र शिल्ड, मेडल, प्रमाण पत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रतियोगिता रामधुनी – ४ इक्राही खेल मैदानमा हुने छ ।

अगाडिकाे पाेस्ट

सेहरा खोलाको बाढीले झुम्का अर्गानिक कृषि फार्मबाट २ सय भन्दा बढी बङ्गुर बगाउँदा अनुमानित रु ८० लाखको क्षति

अर्काे पाेस्ट

प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ नगर प्रमुख चौधरीद्धारा समुद्घाटन

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft