रामधुनी खबर संवाददाता
झुम्का, कार्तिक १ । प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल शनिवार समपन्न भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजक टिम न्यु रामधुनी फुटबल क्लव विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । ट्राइब्रेकरबाट खारखोला फुटबल क्लव चतरा विरुद्ध ५–३ गोल अन्तरले आयोजक टिम विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो ।
सम्पन्न सेमिफाइनल खेलमा म्यान अफ दी म्याच आयोजक टिमका गोल किपर सन्दिप ओझा भएका छन् ।
न्यु रामधुनी फुटबल क्लव रामधुनी–४ इक्राही सुनसरीको आयोजनामा संचालित फुटबल प्रतियोगितामा आजको खेलमा म्यान अफ दी म्याचको रकम इक्राही टोलका सजित माझीले सहयोग गरेको आयोजक समितिका सचिव नवराज खड्काले जानकारी दिनु भयो ।

न्यु रामधुनी फुटबल क्लवका उपाध्यक्ष राजेश गुप्ताको सभापतित्वमा रामधुनी वडा नं. ४ का पूर्व वडा अध्यक्ष मनेष चौधरीको प्रमुख आतिथ्यतामा म्यान अफ दी म्याच वितरण गरेका छन् ।
प्रतियोगिताको खेल अवधिभर पूर्ण प्रतिस्पर्धात्मक रह्यो । दुवै टिम आयोजक तथा खारखोला फुटबल क्लव चतरा टिमबाट खेलाडिहरु गोलका लागि भरपुर प्रयास गरेका थिए । गोल पोष्टमा आयोजक टिमबाट बढी प्रहार भएको थियो । तथापी पनि खेल ०–० शुन्य शुन्यमा टुंङ्गियो ।
खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसक्दा ट्राइब्रेकरमा परिनत गरिएको थियो । ५–५ जना खेलाडिको गोल प्रहार गर्ने अनुसार आयोजक टिमबाट एक गोल गोल किपरले रोकेका थिए । सोही गोलले आयोजक टिम विजयी भएको हो । ट्राइब्रेकरमा आयोजकलाई जिताउन गोल किपरको अहम भूमिका रहदा गोल किपर ओझालाई म्यान अफ दी म्याचले सम्मान गरेका हुन् ।

न्यु रामधुनी फुटबल क्लव रामधुनी–४ इक्राही सुनसरीको आयोजनमा संचालित प्रतियोगिताको दोस्रो सेमी फाइनल आइतवार हुने छ । दोस्रो सेमी फाइनल खेल पंचायन फुटबल क्लव भर्सेज सान नेपाल प्रा.लि. विच दिउँसो ३ः०० बजे देखि प्रतिस्पर्धा हुने छ । फाइनल खेल भने कार्तिक ३ गते सोमवार हुने छ ।
प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिताबाट युवाहरुमा एकता, सदभाव कायम गर्दै रामधुनी मन्दिरको पहिचान, धार्मिक पर्यटन नगर विकास, युवाहरुमा खेलकुद विकासगरी दुव्र्यसनी न्युनिकरण गर्न खेलकुदको उधेशय रहेको आयोजक समितिले जनाएको छ ।






