मिति : २०८२ मंसिर २७ गते (शुक्रवार)
मौसम : 15.57°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

पकली बृद्धा आश्रममा चाडपर्वको बेला सहयोग सामाग्री वितरणले आश्रित बृदाहरु हर्षित

by By: रामधुनी खबर
कार्तिक ४, २०८२
751

रामधुनी खबर संवाददाता
झुम्का, कार्तिक ३ । चाडपर्वमा आ–आफनो घरमा सबैले मिठो मसिनो खाने र रमाइलो गर्ने परम्परानै छ । आफनो आफन्त संगको भेटघाट रमाइलो गर्ने बिशेष चाडपर्वमा मनाउने गरिन्छ ।
तर साहारा विहिन बाध्यत्मक रुपले श्री रामजानकी शान्ति बृद्धा आश्रम इटहरी १६ पकलीमा बस्दै आएका बृद्धाहरु पनि आम सर्वसाधारण जस्तै मनाउनका लागि मनकारी हातहरुले सहयोग वितरण गरेका छन् ।
पूर्वाञ्चल एक्साइड व्याट्री अधिकृत विक्रेता तथा सिप्रदी ट्रेडिङ्गका कर्मचारीहरुले रकम संकलगरी रु ३० हजार बराबरको खाद्ययान्न, ओढ्ने ढाका सल, फलफुल र रकम समेत हस्तान्तरण गरेका छन् ।


सिप्रदी ट्रेडिङ्गका दिपेन्द्र चौधरीको संयोजकत्वमा बृद्धाहरुलाई ओढ्ने ढाकाको सल, फलफुल र खाद्यान्न वितरण गरेका छन् । श्री रामजानकी शान्ति बृद्धा आश्रम पकलीका अध्यक्ष ठगेन्द्र प्रसाद आचार्य र सन्तोष ओझाको उपस्थितीमा हतान्तरण गरेका हुन् ।
सहयोगी कर्ताहरुले पकली बृद्धा आश्रममा रहेका १९ जना बृद्धाहरुलाई ओढ्ने ढाकाको सल ओढाई नयाँ लता कपडा ओढेको आभास दिलाएका छन् ।
नयाँ कपडा सहितको सहयोग वितरणले पकली बृद्धा आश्रमका बृद्धाहरु हर्षित भएका छन् ।


पूर्वाञ्चल एक्साइड व्याट्री अधिकृत विक्रेता तथा सिप्रदी ट्रेडिङ्गका कर्मचारीहरुले व्यवसायिक, सामाजिक, उत्तरदायित्व बहन गर्ने उधेश्यले बेला बेलामा सहयोग वितरण गर्दै आएका छन् । सेवाका कार्यहरुमा लाग्ने र सेवाको भाव जगाउन सहयोग गर्दै आएका छन् । यस भन्दा पहिले भासि मावि विद्यालयमा रु ७० हजार बराबरको विद्यालय पोशाक तथा स्टेशनरी वितरण गरेको संयोजक दिपेन्द्र चौधरीले जानकारी दिनुभयो ।
चौधरीको संयोजकत्वमा सामुहिक रुपले सहयोगी कर्ताहरु सुरेन्द्र श्रेष्ठ, सन्जविर योजन तामाङ्ग, मोहमद इमरान अनसारी, सुवास आचार्य, मुकुन्द कार्की, नविन पोखरेल, कृष्ण माझी, रमेश मेहता, राजेश सिंह, रंजित चौधरी, राजन गिरी, रामकाजी कार्की, अर्जुन राजवंशी, केदार श्रेष्ठ, आनन्द रौनियार, अभिषेक दास, नगेन्द्र खड्का, लक्ष्मी श्रेष्ठ र दिपक कार्कीले संयुक्त रुपमा सहयोग गरेका हुन् ।

अगाडिकाे पाेस्ट

प्रथम न्यू रामधुनी च्यालेन्ज कप : ट्राइब्रेकरबाट आयोजक न्यु रामधुनी फुटबल क्लव फाइनलमा प्रवेश

अर्काे पाेस्ट

प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिताको प्रथम उपाधि आयोजक क्लव जित्न सफल

सम्बन्धित अरु

समाचार

रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

मंसिर ४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, मंसिर ३ । बालाचतुर्दशीको अवसरमा रामधुनी बाबा वनखण्डी तपस्थली मन्दिरमा बुधवार दर्शनार्थीको घुइँचो लागेका छन् । बुधवारको पहिलो प्रहर सुरु भए संगै मृत्यूवरण गरेका पितृहरुको मोक्ष...

समाचार

भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

मंसिर १, २०८२

रामधुनी खबर संवाददाता झुम्का, कार्तिक २८ । भादगाउँ सिनुवारी बहुमुखी क्याम्पस झुम्का सुनसरीको नव निर्मित भवन सुक्रवार समुद्घाटन भएको छ । विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीको...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

    0 shares
    Share 0 Tweet 0
  • भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft