मिति : २०८२ मंसिर २७ गते (शुक्रवार)
मौसम : 15.57°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिताको प्रथम उपाधि आयोजक क्लव जित्न सफल

by By: रामधुनी खबर
कार्तिक ५, २०८२
356

रामधुनी खबर संवाददाता
झुम्का, कार्तिक ४ । प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को प्रथम उपाधि न्यू रामधुनी फुटबल क्लव आयोजकले उचाल्न सफल भएको छ । इक्राही खेल मैदानमा सोमवार भएको फाइनल खेलमा पंचायन फुटबल क्लवलाई १ का विरुद्ध २ गोल गर्दै आयोजक क्लवले उपाधि जित्न सफल भएको हो । यो जित संगै आयोजक क्लव प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को च्याम्पियन बनेका छन् ।
प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिताको विजेता आयोजक क्लवलाई प्रथम उपाधि नगद राशि रु ५१ हजार सहित शिल्ड, मेडल, प्रमाण–पत्रले सम्मानित गरेका छन् । रामधुनी वडा नं. ४ का वडा अध्यक्ष कमल कार्कीको प्रमुख आतिथ्यतामा उपाधि हस्तान्तरणगरी सम्मान गरेका हुन् ।
फाइनल खेलमा उप–विजेता बनेका पंचायन फुटबल क्लवलाई दोस्रो उपाधिले सम्मान गरेका छन् । दोस्रो उपाधि नगद राशि रु ३१ हजार सहित शिल्ड, मेडल, प्रमाण–पत्रले सम्मान गरेका छन् ।


स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको नारा सहित फाइनल खेल सम्पन्न भए संगै उत्कृष्ट खेलकर्ता खेलाडीहरुलाई विभिन्न ६ उत्कृष्ट विद्यामा सम्मान गरेका छन् । सम्मान विद्या अनुसार खेलको म्यान अफ दी म्याच पंचायन फुटबल क्लवका खेलाडी जर्सी नं. १० का तिर्थ वस्नेत भएका छन् । वेष्ट गोल किपर न्यू रामधुनी फुटबल क्लव आयोजकका खेलाडी सन्दिप ओझा, वेस्ट डिफेन्डर पंचायन फुटबल क्लवका जर्सी नं. १२ का मणी मगर, वेष्ट मिड फिल्डर पंचायन फुटबल क्लवका जर्सी नं. ९ का सन्दिप लिम्बु, राइजिङ्ग प्लेयर्स सममान न्यू रामधुनी फुटबल क्लवका जर्सी नं. ७ का साहिल चौधरी, हाई स्कोरर बढी गोल कर्ता पंचायन फुटबल क्लवका जर्सी नं. २ का अनिश राजधामी र प्लेयर अफ दी टुर्नामेन्ट उपाधिले आयोजक न्यू रामधुनी फुटबल क्लवका उमेश कार्कीलाई सम्मान गरेका छन् ।
फुटबल प्रतियोगिता अवधिको प्रत्येक खेलमा आयोजक क्लवले म्यान अफ दी म्याचको उपाधि सम्मान नगद राशि सहित प्रदान गरेका थिए ।
फाइनल खेल कडा र पूर्ण रुपले प्रतिस्पर्धात्मक भएको देख्न् पायौँ । उपाधिका लागि दुवै टिमबाट चेन्ज बल र लामो प्रहार नीति लागुगरी खेल आफ्नो पक्षमा राख्न खोज्दै गोलको प्रयासहरु गरेका थिए । यस प्रयास संगै पंचायन फुटबल कलवले पहिलो हाफको खेलमा पहिलो गोलगरी खाता खोलेका थिए । खेलको ९ औँ मिनेटमा अनिश राजधामीले पहिलो गोल गर्दै टिमका लागि ०– १ गोलले अग्रता ल्याउन सफल भएका थिए ।


यस गोल संगै खेलको पहिलो हाफ पंचायन फुटबल क्लवको अग्रतामा रह्यो । खेलको दोस्रो हाफ सुरु हुँदै आयोजक क्लवले खेलको १ मिनेटमै पंचायन क्लव संग बराबरीमा पुर्याए । दोस्रो हाफको खेलमा प्रदिप बि क. ले सो गोल गर्दै आयोजक टिमका लागि खेलको गोल अन्तरलाई बराबरीमा पुर्याएका थिए ।
खेलको प्रतिस्पर्धाको निरन्तरता संगै अन्तिम २८ औ मिनेटमा आयोजकको तर्फबाट विजय उराँवले उत्कृष्ट गोल गर्दै फाइनल खेलको विजयको विगुल बजाएका थिए । यही गोल फाइनल खेलको निर्णायक बन्दै आयोजक क्लव २–१ गोलले विजय भएका हुन् ।
फाइनल खेल विजय प्राप्त गर्दै आयोजक न्यू रामधुनी फुटबल क्लव प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को च्याफियन बनेका हुन् ।


प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगितामा नव उर्जामान र अनुभवी खेलाडीहरुको सहभागीताले प्रतियोतिा अवधिभरी रचनात्मक, कलात्मक, उत्कृष्ट र रोमाञ्चक खेल प्रस्तुतगरी दर्शक तथा खेल प्रेमीहरुलाई खेल मनोरञ्जन प्रदान गरेका थिए । खेलमा खेलाडीले गरेको प्रयास, गोल प्रहार, लिडिङ्ग पावरलाई दर्शक महाानुभावले हुटिङ्ग मार्फत हौस्ला र प्रोत्साहन गरेका थिए ।
न्यू रामधुनी फुटबल क्लव रामधुनी ४ इक्राही सुनसरीका अध्यक्ष गंगाराम माझीको सभापतित्वमा फुटबल प्रतियोगिता समुद्धघाटन र समापन गरेका छन् । प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ रामधुनीका मेयर शंकरलाल चौधरीले समुद्धघाटन गर्नु भएको थियो ।

न्यू रामधुनी फुटबल क्लव रामधुनी ४ इक्राही सुनसरीका माझी राष्ट्रिय फुटबल खेलमा योग्दान गरिसकेका छन् । राष्ट्रिय फुटबल टिम संकटा क्लवबाट फुटबल खेल जिवन विताउँदै राष्ट्रिय फुटबल खेलमा योग्दान संगै हालमा तालिम प्रदान गर्दै खेल विकासमा गोदान गरिरहेका छन् ।
प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिताबाट युवाहरुमा खेल विकास, एकता, सदभाव कायम गर्दै रामधुनी मन्दिरको पहिचान, धार्मिक पर्यटन नगर विकास, युवाहरुमा खेलकुद विकासगरी दुव्र्यसनी न्युनिकरण गर्न उधेशयले आयोजना गरेको आयोजक समितिका सचिव नवराज खड्काले जानकारी दिनुभयो ।

अगाडिकाे पाेस्ट

पकली बृद्धा आश्रममा चाडपर्वको बेला सहयोग सामाग्री वितरणले आश्रित बृदाहरु हर्षित

अर्काे पाेस्ट

छठ पर्वको आगमन संगै झुम्का बजार र छठ घाटमा बृहत कलशयात्रा सम्पन्न

सम्बन्धित अरु

समाचार

रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

मंसिर ४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, मंसिर ३ । बालाचतुर्दशीको अवसरमा रामधुनी बाबा वनखण्डी तपस्थली मन्दिरमा बुधवार दर्शनार्थीको घुइँचो लागेका छन् । बुधवारको पहिलो प्रहर सुरु भए संगै मृत्यूवरण गरेका पितृहरुको मोक्ष...

समाचार

भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

मंसिर १, २०८२

रामधुनी खबर संवाददाता झुम्का, कार्तिक २८ । भादगाउँ सिनुवारी बहुमुखी क्याम्पस झुम्का सुनसरीको नव निर्मित भवन सुक्रवार समुद्घाटन भएको छ । विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीको...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

    0 shares
    Share 0 Tweet 0
  • भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft