मिति : २०८२ मंसिर २७ गते (शुक्रवार)
मौसम : 15.57°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

समा–चकेवालाई प्रवद्र्धन गर्न “चन्द्रहार महिला मञ्च सुनसरी” संस्थाद्धारा महोत्सव सम्पन्न

by By: रामधुनी खबर
कार्तिक २४, २०८२
323

रामधुनी खबर संवाददाता
झुम्का, कार्तिक २४ । चन्द्रहार महिला मञ्च इटहरी–१५ झोराट्टाले मंगलवार समा–चकेवा प्रवद्र्धनात्मक महोत्सव सम्पन्न गरेको छ । समा–चकेवालाई धार्मिक र साँस्कृतिक रुपले महत्व दर्शाउदै धार्मिक तथा साँस्कृतिक समा–चकेवा महोत्सव २०८२ सम्पन्न गरेको हो ।
समा–चकेवा पर्व दिदी, बहिनीको स्नेह र दाजु, भाइको पराक्रम नै यो संसारको एउटा सुन्दर पक्ष रहेको अनुसरण गर्दै धार्मिक तथा साँस्कृतिक पक्षलाई महोत्सवद्धारा प्रवद्र्धन गरेको संस्थाका अध्यक्ष अन्जली चौधरीले जानकारी दिनुभयो । इटहरी उपमहानगरका पूर्व मेयर द्धारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा महोत्सवबाट साँस्कृतिक पक्षको मौलिकता दर्शाएका छन् ।


समाचकेवा पर्व महिलाहरुको सामुहिक मनोरञ्जनात्क खेल तथा कला प्रदशनीको रुपमा रहेको पाइन्छ । समा–चकेवाबाट सामाजिक उत्तरदायित्व, सामाजिक सेवा, एकता भाव, महिला नेतृत्व लगायत समाजमा विकृति ल्याउन सक्ने कुरौटे संग सतर्क रहनु पर्ने धार्मिक तथा साँस्कृतिक शन्देस पाउन सक्छौँ । समा– चकेवाको कथा वस्तुले एक आपसमा सेवा भाव हुनु पर्ने र सामाजिक विखण्डनवादीहरुबाट सतर्क रहनु पर्ने सचेतना पाउँछौँ । यसै कार्यलाई धार्मिक तथा साँस्कृतिक समा–चकेवा महोत्सव २०८२ आयोजनागरी सो महत्वहरु दर्शाएका छन् ।
कार्यक्रममा सुनसरीका विभिन्न पालिका, गाउँ, टोलबाट समा–चकेवा सहितको झाँकी प्रदर्शन गरेका छन् । आ–आफ्नो डाला लिएर महोत्सवमा झाँकी प्रदर्शन गरेका हुन् ।
यसैगरी समा–चकेवामा कुरौटे पात्रमा रहेका चुगलालाई फुटाएका छन् । पर्व अनुसार चुगलालाई हातले फोडेर त्यसको कुरौटे व्यवहारलाई अन्तयको कामना गर्दै फोडेका हुन् ।
महोत्सवमा साँस्कृतिक मौलिक र पौराणिक गीतहरुमा नृत्यगरी थप थारु समुदायका ऐतिहासिक पारमपारिक संस्कारको महत्व प्रस्तुत गरेका थिए ।


प्रकृतिकोे अनुपम सुन्दरता र अलौकिक शक्तिलाई जीवनमा अंगिकार गर्न खोज्नु यस थारु जातिको प्रमुख मौलिक धरोहर समा–चकेवा हो । यो पर्व मानव जीवनमा आफैमा धन्य र पुण्य प्राप्त गर्ने महत्वपूर्ण पर्वको रुपमा प्रतिष्ठीत र स्थापित हुन पुगेको छ । सम–चकेवा पर्व महिलाहरुको सामुहिक मनोरञ्जनात्क खेल तथा कला प्रदशनीको रुपमा रहेको पाइन्छ । यो पर्व तिहार भाइटिकाको दिन देखि कार्तिक शुक्ल पुर्णिमा सम्म १५ औँ दिन माटोको समा–चकेवा कलात्मक प्रतिमुर्ति बनाई खेल खेल्दै पर्व मनाइन्छ ।
समा–चकेवामा प्रतिमूर्तिहरु प्रतिकालक रुपमा रहेको हुन्छ । प्रतिकालक रुपमा डाला, सुपामा राखिने प्रतिमूर्तिहरु (१) समा–चकेवा (२) मृदंगीया (मृदङ बजाउने) (३) झाइलवाला (झायल वजाउने) (४) नटुवा (नटकी वा नृत्य गर्र्ने) (५) विपातर ( विपतीबाट उपाय निकाल्ने ) (६) नाहभैया (ढुंगा खियाउने) (७) कुकुर (सहयोगी जनावर) (८) भमरा (प्रेमको प्रतिक) (९) वृन्दावोनी (वृन्दावनको प्रतिक) (१०) ज्वालिन (वाला) (११) चुगला (कुरौटे) कुरा काट्ने लगाउने समा–चकेवामा मूर्तिहरु प्रतिकालक रुपमा रहेको हुन्छ ।
परम्परा अनुसार तराइमा (छोरीचेली, दिदीबहिनी) ले सामाचकेवा खेल सुरु गर्ने गर्छन् । कात्तिक शुक्ल पञ्चमीदेखिको १५ औँ दिन कात्तिक पूर्णिमामा सामा–चकेवाको विसर्जन गरी समापन गर्ने धार्मिक मान्यता छ । महिलाहरुले मनाउने धार्मिक आस्था तथा कलात्मक प्रतिमुर्तिको पर्व लगायत दिदीको स्नेह र भाइको पराक्रम नै यो संसारको एउटा सुन्दर पक्ष रहेकोले पर्वको संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रमको आवश्यक्ता महशुुस गरेर महोत्सवको आयोजना गरेको संस्थाका सल्लाहकार रामनारायण चौधरीले जानकारी दिनुभयो ।
समा–चकेवा महोत्सव कार्यक्रममा इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता चौधरी, थारु कल्याणकारिणी सभा थाकसका जिल्ला सभापति सगेन चौधरी, थारु महिला सभा जिल्ला सभापति शुसिला लेखी, ग्रामथान संरक्षण समिति रामधुनीका अध्यक्ष सिता थरुनी लगायतका अभियानकर्मीहरुको उपस्थिती रहेको थियो ।

अगाडिकाे पाेस्ट

झुम्का बजार अव्यवस्थित बारे सरोकारवालाहरुको गुनासै गुनासा उठान

अर्काे पाेस्ट

भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

सम्बन्धित अरु

समाचार

रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

मंसिर ४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, मंसिर ३ । बालाचतुर्दशीको अवसरमा रामधुनी बाबा वनखण्डी तपस्थली मन्दिरमा बुधवार दर्शनार्थीको घुइँचो लागेका छन् । बुधवारको पहिलो प्रहर सुरु भए संगै मृत्यूवरण गरेका पितृहरुको मोक्ष...

समाचार

भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

मंसिर १, २०८२

रामधुनी खबर संवाददाता झुम्का, कार्तिक २८ । भादगाउँ सिनुवारी बहुमुखी क्याम्पस झुम्का सुनसरीको नव निर्मित भवन सुक्रवार समुद्घाटन भएको छ । विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीको...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

    0 shares
    Share 0 Tweet 0
  • भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft