मिति : २०८२ मंसिर २८ गते (सनिबार)
मौसम : 19.03°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

by By: रामधुनी खबर
मंसिर २७, २०८२
176

रामधुनी खबर संवाददाता
झुम्का, २६ मंसिर । नेपाली कांग्रेस रामधुनी नगर समितिको सभापति पदमा युवा नेता महेश चौधरीले उम्मेदवार दिने तयारी गरेका छन् । आगामी हुने १५ औँ महाधिवेशन अन्तर्गत नगर अधिवेशनको उमेदवारीका लागि सभापति पदमा चौधरीले तयारी गरेका हुन् ।
नेपाली काग्रेस वडा समितिको सभापतिमा दुई कार्यकाल, तरुणदल नगर कोषाध्यक्ष, २ पटक जनप्रतिनिधि वडा अध्यक्ष र काग्रेस नगर समितिको सचिवको जिम्मेवारी सम्हालि सक्नुभएका चौधरीले यसपटक सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
पार्टी तथा जनप्रतिनिधिको नेतृत्वदायी भूमिकाको सफलता र अब्बलताले यस पटक सभापति पदमा उमेदवारी दिने बताउनु भएको छ । ‘अघिल्लो अधिवेशनमा नगर समितिको सचिव पदमा निर्वाचित भए, जनप्रतिनिधिको रुपमा वडाअध्यक्षको दुई कार्यकाल चुनाव जिते, उहाँले भन्नुभयो– ‘यसपटक सभापतिको उम्मेदवार बन्दैछु । सबैको साथ र सहयोगको अपेक्षा राख्दछु ।’
नेपाली काग्रेसका वर्तमान नगर सभापति सुदिप अधिकारी संगै राजनीतिक करियर सुरु गरेका चौधरी काग्रेस सभापतिको अग्रसरतामा छन् । काग्रेस नगर समिति सचिव, रामधुनी वडा नं. १ का वडाअध्यक्ष समेत रही नेतृत्वको जग सम्हाली सकेकाले नगर सभापतिको बलियो दावेदारको रुपमा उभिएका छन् ।


नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत पुस १७ गते पालिकाहरुको अधिवेशन हुँदैछ । सोही अन्तर्गत नेपाली कांग्रेस नगर समिति, रामधुनी नगरको पनि अधिवेशन हुन लागेको नगर सचिव महेश चौधरीले बताउनु भयो ।
अधिवेशन पुस १६ गते गाउँ÷नगर वडा अधिवेशन हुने छन् । गाउँ÷नगरपालिका अधिवेशन– पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन– पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाच क्षेत्र भएको जिल्ला अधिवेशन– पुस २१ गते, दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन– पुस २२ गते, प्रदेश अधिवेशन– पुस २३ र २४ गते, केन्द्रीय महाधिवेशन– पुस २६, २७ र २८ गते काठमाडौंमा हुने छन् ।

अगाडिकाे पाेस्ट

रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

सम्बन्धित अरु

समाचार

रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

मंसिर ४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, मंसिर ३ । बालाचतुर्दशीको अवसरमा रामधुनी बाबा वनखण्डी तपस्थली मन्दिरमा बुधवार दर्शनार्थीको घुइँचो लागेका छन् । बुधवारको पहिलो प्रहर सुरु भए संगै मृत्यूवरण गरेका पितृहरुको मोक्ष...

समाचार

भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

मंसिर १, २०८२

रामधुनी खबर संवाददाता झुम्का, कार्तिक २८ । भादगाउँ सिनुवारी बहुमुखी क्याम्पस झुम्का सुनसरीको नव निर्मित भवन सुक्रवार समुद्घाटन भएको छ । विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीको...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

    0 shares
    Share 0 Tweet 0
  • भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

    0 shares
    Share 0 Tweet 0
  • काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft