मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

इटहरी टेंग्राटोलको ऐतिहासिक जितिया घाटमा छठ माताको अर्घ अर्पण

by By: रामधुनी खबर
मंसिर १६, २०७७
512

झुम्का, छठ पर्व सार्वजानिक स्थलमा भिडभाडले मनाउन निशेधाज्ञा जारी गरे संगै यस बर्ष छुटा छुट्टै तवरले आ–आफनै घर अगाडी मनाएका छन् । घाट हुनेले घाट नभए सानो पोखरी बनाइ भक्तालुहरु छठ पर्वलाई निरन्तरता दिएका छन् । कोरोना महामारीका कारण संस्कार संस्कृति जोगाउन समस्या माथि चुनौति रहेको अवस्थामा सानो भए पनि पोखरीको रुप दिदै छठ माताको अस्ताउदो सुर्यलाई अर्घ अर्पण गरेका छन् । पर्व नियम निष्ठा एवम् पवित्रता साथ मनाउने पर्वको रूपमा रहेको छ । यो पर्व खासगरी राखिएका भाकल पूरा भएपछि मात्र गर्ने गरिन्छ । एकपल्ट सुरु गरेपछि प्रत्येक वर्ष गर्ने गरिन्छ । यसैकालागी यस बर्षको छठ पर्व निरन्तरता दिएको हो ।छठ पर्वकै निरन्तरताकालागी इटहरी उपमहानगरपालिका वडा नं. ८ का स्थानियहरु ऐतिहासिक रुपमा रहेको जितिया घाटमा छठमाताको अघ्र्य अर्पण गरेका छन् । मिश्रित समुदायका भक्तालुहरु त्याहा ६ वटा छठ घाट बनाई अस्ताउदो सुर्यलाई अघ्र्य अर्पण गरेका हुन् । धार्मिक आस्थाले स्थापित जितिया घाटमा छठ पर्व मनाउदा यस बर्षको छठ झनै पबित्र भएको सिता देवी रामले बताइन् । अस्ताउदो सुर्यलाई अघ्र्य अर्पण गरेकी सिता देवीले जितिया घाट धार्मिक पवित्र घाट भएकाले यहा छठ मनाउनु शुभसाइत रहेको धारणा ब्यक्त गरिन् । शनिवार बिहान उदाउदो सुर्यलाई अघ्र्य दिदै भाकल अनुसार परिवारमा सुख शान्तिको कामना गर्दै पर्व समापन गर्ने जानकारी दिइन् ।सन्तान प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्न यो पर्व मनाउने गरिएको उपवास लिएकी साबित्रा यादवले बताइन् । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रसन्न पार्न कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाउने गरिएको जानकारी दिइन् । यस पर्वमा सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गछौँ । बिशेष परिवारको कल्याण र सन्तान प्राप्तिका साथै भाकल पूरा भएपछि पर्व शुरु गरेको उपवास बसेकी यादवले बताएकी हुन् ।जितिया घाट र त्याहा रहेको बिच्छुधामी डिहवारथान ग्रामथान संरक्षण समितिले संरक्षण गर्दै आएका छन् । संरक्षण समितिकी सचिव साबित्रा चौधरीले यस घाटमा आगामी बर्षहरुमा पनि छठ पर्व मनाउने जानकारी दिइन् । धेरै पहिले देखिनै थारु समुदाय बसोवास रहेको सो टेंग्राटोलमा थारु समुदायका महिलाहरु जितिया पर्वमा बिधिवत पुजाँ अर्चना गर्दै आएका छन् । टोलका जितिया घाट नामेट पार्न भने भुमाफिया देखी लिएर राज्यबाट समेत चलखेल भएको थियो । भुमाफियाले प्रहरी लगाएर डिहवारथान भत्काएको थियो भने जितिया घाट पुर्ने सम्म भै सकेको थियो । तथापी पनि महिलाहरु एक गोलबद्ध हुदै मुद्धा सम्म लागेकामा संघर्ष गर्दै संरक्षण गर्न सफल भएको हो । संरक्षणमा आर्थिक रुपले इटहरी उपमहानगरपालिकाले सहयोग गरेका छन् ।

अगाडिकाे पाेस्ट

मनोसामाजिक परामर्श सहित बालअकिारको क्षेत्रमा योजना अगाडी बढाउदै रामधुनी नगरपालिका

अर्काे पाेस्ट

रामधुनी नगरमा बिश्वकर्मा समुदाय नगर स्तरीय संगठित

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft