सुनिल चौधरी
झुम्का, पौष २३ । संसद बिघटनको बर्तमान अवस्था लगायत राजनितिक तथा सांस्कृतिक नेतृत्वमा अधिकार प्राप्तीकालागी थारु महिलाहरुको भुमिका बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । रामधुनी नगरको पर्यटन क्षेत्र शंकरवेली सिमसारमा सुनसरीका थारु महिलाहरुको भेलाले महिलाहरु राजनितिक नेतृत्वमा अग्रसर र सामाजिक बिकृति बिरुद्ध लाग्नु पर्ने सुझाव आएको हो ।
महामारीले सम्बन्ध टुटेका र सुस्त भएका थारु अधिकारका सवालमा जागरुक बनाउने उधेश्यले प्रदेश १ मा पहिलो पटक थारु महिला सभा सुनसरीले कार्यक्रम गर्न सफल भएको छ । अन्तरक्रिया सहित बनभोज कार्यक्रमगरी अधिकार र सामाजिक बिचारहरु प्रष्ट्याउन महिला सभाले प्रयास गरेको हो । जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रम मार्फत तिन तहका सरकारले थारु महिलाहरुको छुट्टै आरक्षणको ब्यवस्थागरी अधिकार सम्पन्न बनाउनु पर्ने माग गरेका छन् । थारु अधिकारकालागी लड्दै राजबन्दि भएकाहरुको झुठा मुद्धा खारेज हुनुपर्ने, संबिधानमै ग्रामथान डिहवार उल्लेखगरी संरक्षणको ऐन र निति नियम ब्यवस्था हुनुपर्ने, थारु समुदायका युवा महिलाहरुमा आर्थिक समबद्र्धनका योजनाहरु ल्याउनु पर्ने उठानगरी माग गरेका हुन् । माग गरेका अधिकारहरुमा संस्थागत गर्न स्थानिय र प्रदेश सरकार संगको छलफल तथा स्थानिय स्तरमा सचेतनाका कार्यक्रम गर्ने सहभागीहरुले सुझाव ब्यक्त गर्दै सुझाव अनुसार थारु महिला सभाले प्रतिबद्धता समेत गरेका हुन् । अधिकार र संस्कृति संरक्षणकालागी थारु संघ सगठनको पनि प्रतिबद्धता हुन आवश्यक रहेको थारु महिला सभा सुनसरीकी अध्यक्ष शुसिला लेखीले बताइन् । यसैगरी थारु महिला सभा जिल्ला सचिव पार्वति चौधरी, सभा रामधुनी अध्यक्ष सिता चौधरी, महिला सभा केन्द्रिय सहसचिव शुसिला चौधरीले भनाईहरु राखेकी थिइन् ।
राजनितिक तवरले थारु महिलाहरु नेतृत्व लिन आ–आफनो क्षेत्रमा चासो बढाउनु पर्ने सहभागीहरुले बताएका छन् । अधिकारका सवालमा राज्यबाट थारु भाषाको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् । मानक भाषा ब्यवस्थापनगरी पुर्व र पश्चिमको थारुहरुमा भाषागत रुपले एकरुपता ल्याउनु पर्ने थारु कानुन ब्यवसायी केन्द्रिय अध्यक्ष रामराज चौधरीले बताए । राजनितिक रुपमा थारु महिलाहरु मेयर र उपमेयरमा तयारी हुनु पर्नेमा जोड दिए । लोक सेवा, न्याय सेवा, प्रहरी लगायतका राज्यको सेवाहरुमा लाग्नु पर्ने र संस्कृतिमा पनि बिकृति रहेकोले न्युनिकरण गर्न महिलाहरुबाटनै सम्भव रहेकोले प्रभाव बढाउनु पर्ने कानुन ब्यवसायीले आफनो धारणा ब्यक्त गरेका हुन् ।
थारु महिलाहरुले राजनितिक पकड बनाउन चुनौती रहेको बताएका छन् । घर, ब्यवबहार, पारिवारिक बिश्वास, समाजिक दृष्टिकोणमा साकारात्मकताको अभाव रहेकोले थारु महिलाहरु नेतृत्वमा पकड जमाउन नसकेको भन्दै समस्या र चुनौतीको बारेमा सुझात्मक सल्लाहहरु केशीलाल चौधरीले उठान गरे । चौधरी महिला सभा जिल्लाका सल्लाहकार हुन् यसैगरी झुम्का खानेपानि सरसफाई मुलउपभोक्ता समितिका अध्यक्ष समेत हुन् । सल्लाहकार चौधरीले थारुका कतिपय पहिचान हुने खालका संस्कृति लोप हुने अवस्था रहेकोले थारु महिलाहरु संरक्षणको भुमिका निर्वाह गर्नु पर्ने भनाइहरु राखेका हुन् । पत्रकार तथा आदिवासी जनजाति पत्रकार महासंघ सुनसरी अध्यक्ष धिरेन्द्र चौधरीले महिला एकता हुनु पर्नेमा जोड दिए । सुनसरीमा महिला सभा दुई धारमा रहेकोले एकबद्ध भई अधिकार र संस्कृति संरक्षणमा लागे उपलब्धि प्राप्त गर्न सक्ने पत्रकार चौधरीले सुझात्मक भनाईहरु राखेका हुन् । थारु समदायमा परमपरागत रुपले मान्दै आएका संस्कृतिहरुमा बिकृतिको प्रभाव बढेकोले बिकृति न्युनिकरणमा थारु महिलाहरु जागरुक हुनु पर्ने भुमिकाको बारेमा थारु पत्रकार संघ नेपाल पुर्व केन्द्रिय सदस्य कुल्दिप चौधरीले उठान गरे । यसैगरी अधिकार र संस्कृति प्राप्तीकालागी थारु महिलाहरुको भुमिकाको बिषयमा तेजनारायण चौधरी, कालुराम चौधरीले अभिमुखिकरण सहितको भनाईहरु राखेका थिए ।