सुनिल चौधरी

झुम्का, माघ १ । तिला संक्राइन्त पर्व पुर्वमा थारु समुदायले प्रमुख चाडकै रुपमा मनाउने गरिन्छ । माघ १ गतेका दिन नयाँ अन्नबालीबाट परिकारहरु बनाई कुल देवतालाई चढाइ प्रसादको रुपमा ग्रहण गर्ने धार्मिक मान्यता रहेको छ । यो पर्वमा थारु समुदाय खेतमा उब्जाईएका बिशेष तिल र धानको बिशेष परिकार तिलको लड्डु ( तिल्वा लरु), भुजाको लड्डु (मुरहिके लरु) त्यसतै माछा, घिउ, चाकु, तरुल ,खिचडी खाई मनाइन्छ । यस पर्वलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी, आदि नामले पनि चिनिने नेपालको एक प्रमुख चाड हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ । यस बर्ष २०७७ को तिला संक्राइन्त पर्वको अवसरमा सार्वजानिक बिदा दिएको छ ।

थारु समुदायमा तिला सङ्क्राइत पर्व पृथक
नेपालको गणतान्त्रिक सरकारद्वारा माघे संक्रान्तीलाई राष्ट्रिय पर्बको रुपमा घोषणा गरेको थियो । फल्स्वरुप थारु समुदायले यस पर्बलाई अझ ससक्त ढंगले मनाउदै आएका छन् । यस पर्वलाई सम्पूर्ण नेपालीले मनाउदै आएको पाइएतापनि थारु समुदायले अन्य समुदायले भन्दा प्रिथक तरिकाले मनाउने गरेकाले थारु समुदायमा बिशेष महत्व बोकेको पाइन्छ् । तिला संक्राईन्त को एक दिन अगावै थारु म्हिलाहरु तिल लाई भिजाएर वाफि फेरी घाम्मा सुकाई ढीकीमा कुटेर त्यसको कालो भुसा सबै निकाली र चामल लाई उल्वा गरी उल्वा भन्ना ले वाफिने प्रकृया ,उल्वा चामल तयार गरी एकाविहानै भुटेर तथा उल्वा चामल लाई भुटेर भुजा बनाई गुरमा सानेर लड्डु बनाई जस्लाई तिल्वा लरु ,मुरहिकेलाई भन्ने गरीन्छ यस लड्डु लार्इृ सबभन्दा पहिले कुल देवता लाई चाढाईन्छ । ततपस्चात घरको स परिवार नदी ,तलाउ ,पोखरी मा गई स्नानगरी परसादीको रुपमा खाने गरीन्छ । यो पर्वमा थारु समुदाय खेतिमा उब्जाईएका बिशेष तिल र धान को बिशेष परिकार तिल को लड्डु ( तिल्वा लरु), भुजाको लड्डु (मुरहिके लरु) त्यसतै माछा, घिउ, चाकु, तरुल ,खिचडी खाई मनाइन्छ ।
धार्मकि, साँस्कृतिक, बैज्ञानिक मान्यता
त्यस्तै, तिला संक्राइन्तको धार्मकि, साँस्कृतिक, बैज्ञानिक महत्वबारे भन्नु पर्दा यो पर्वमा खाइने तरुल, गिथा, कन्दुमुल, बिरम्ला, खिचदी आदी खाँदा शरीरलाई अत्यन्त पौषटिक हुन्छ । ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ्ुमकर संक्रान्त्ुि पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि(साउने संक्रान्ति) र मकर राशि(माघे संक्रान्ति)प्रवेशलाई धार्मकि दृष्टिले मह्त्व पूर्ण मानिन्छ्र यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । त्यसैले कृषि पेशामा रहेका थारुहरु अव दिन लामो हुने र खेतीपातीमा दिनभरिमा धेरै काम हुने हुदा थारु कृषकहरु हर्षोल्लासका साथ यो पर्व मनाईन्छ ।
तिला संक्राइन्त पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु ,भुजाको लड्डु ,माछा र तरुल खाई मनाइन्छ यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, भुजाको लड्डु ,माछा, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ । मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने(भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राहृमण आ(आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्। महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन्। शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु, तिलको लड्डु ,भुजाको लड्डु ,माछा तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । मकर संक्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ ।
सामाजिक सद्दभावको आधारमा पनि पुष्टि
महाभारत का अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गंगा लाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए्रत्यसैले तिला संक्राइन्तका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ्र ।
नेपालमा माघे संत्रान्ति
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण तिला संक्राइन्त पर्व हो । तिला संक्राइन्तको अर्को नाम मकर सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन र नयाँ वर्ष मान्ने गर्छन । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने थारु ,छेत्री, बाहुन, राई, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशीबाट मकर राशीमा सङ्क्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सङ्क्रान्ति रहन गएको हो । सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व छ । माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न(सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु, तिलको लड्डु, भुजाको लड्डु ,माछा,र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । माघे सङ्क्रान्ति आउनुभन्दा एक दुई दिन अगाडि सङ्क्रान्तिको दिनलाई भनेर गाउँघरतिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती आदि खन्ने चिजबीज बोकेर नजीकको वनतर्फ लाग्ने मानिसहरूको भिड देख्न पाइन्छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मकि विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ । धार्मकि दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि तिला संक्राइन्तलाई उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मकि रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ । माघेसङ्क्रान्तिलाई हाम्रो देशमा थरिथरिका जनजातीले किसिमकिसिमले मनाउने चलन छ, ।
सुनसरीमा तिला संक्राइन्त
सुनसरी जिल्लाको प्रसिद्ध धार्मकि तीर्थस्थल बराहक्षेत्रमा तिला संक्राइन्त दिन बिहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधना गर्छन् । हिन्दू धार्मकि विश्वासका आधारमा उक्त स्थानमा त्यस दिन मकर नुहाई शरीर स्वच्छ बनाएमा मोक्ष पाउने विश्वास गरिन्छ ।
नयाँ आर्थकि वर्ष
माघी पर्वलाई पश्चिमका थारु समुदाय नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ । माघीमा नै घरपरिवारभित्र होस्या गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत अन्य व्यवहारहरूको नवीकरण गरिन्छ ।
अगुवा चुन्ने काम
पश्चिमका थारुहरु गाउँको विकास कसरी गर्ने भन्ने सवालमा माघको पहिलो हप्ताभित्रै बैठक बसेर सामूहिकरूपमा गत वर्षको कामकारबाहीबारे छलफल गरिन्छ । वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई ्ुभुरा खेल(ख्याला) भनिन्छ । बैठक गाउँको अगुवाको घरमा बस्छ । अगुवालाई ठाउँविशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा पनि भनिन्छ । बैठकमा गत वर्षमा भए गरिएका कुलापानी, धार्मकि पूजापाठलगायत विकासको कामको समीक्षा हुन्छ । आगामी वर्षको लागि उही बरघरलाई निरन्तरता दिने या नयाँ चुन्ने विषयमा छलफल हुन्छ । सोही बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्छ । यही बैठकले गाउँलाई अनुशासित बनाउन नयाँ नियम कानून पनि बनाउँछ । नियम उल्लङ्घन गर्नेलाई बरघरको अध्यक्षतामा बसेको बैठकले जरिवाना तोक्छ । बरघरको महìवलाई दृष्टिगत गर्दै विगत केही वर्षयता जिल्ला बरघर समिति पनि गठन हुन थालेको छ । यसरी लोकतान्त्रिक ढङ्गले थारू समुदायमा अगुवा चुन्ने काम माघीमा नै गरिन्छ ।


