मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

तिला संक्राइत पर्वको मौलिकता प्रवद्र्धनको अभियान्ता थारु महिला उत्थान समाज रामधुनी

by By: रामधुनी खबर
माघ १२, २०७७
862

सुनिल चौधरी
झुम्का, माघ १२ । कृषिमा आधारित तिला संक्राइत पर्व पुर्वमा माघ १ गते प्रमुख चाडको रुपमा महत्व पुर्ण रुपले मनाउने गरिन्छ । नयाँ अन्नबालिबाट परिकार बनाई आगामी बर्षहरुमा उब्जनी बृद्धिको कामना गर्दै कुल देवता र प्रकृतिलाई चढाएर प्रसादको रुपमा ग्रहण गर्ने पुर्वमा मनाउने तिला संक्राइतको मौलिकता रहेको पाइन्छ । तिला संक्राईन्त को एक दिन अगावै थारु म्हिलाहरु तिललाई भिजाएर वाफि फेरी घाम्मा सुकाई ढीकीमा कुटेर त्यसको कालो भुसा सबै निकाली र चामल लाई उल्वा गरी उल्वा भन्नाले वाफिने प्रकृया , उल्वा चामल तयार गरी एकाविहानै भुटेर तथा उल्वा चामल लाई भुटेर भुजा बनाई गुरमा मिश्रितगरी लड्डु बनाई जस्लाई तिल्वा लरु ,मुरहिकेलाई भन्ने गरीन्छ यस लड्डु लार्इृ सबभन्दा पहिले कुल देवता लाई चाढाईन्छ । तत्पश्चात घरको स–परिवार नदी ,तलाउ ,पोखरीमा गई स्नानगरी परसादीको रुपमा खाने गरीन्छ । यो पर्वमा थारु समुदाय खेतिमा उब्जाईएका तिल र धानको बिशेष परिकार तिल को लड्डु ( तिल्वा लरु), भुजाको लड्डु (मुरहिके लरु) त्यसतै माछा, तिल खिचडी भात खाई मनाउने परम्परा रहेकोले तिला संक्राइतको यो मौलिकता रहेको छ । तिला संक्राइन्तको धार्मकि, साँस्कृतिक, बैज्ञानिक महत्वबारे भन्नु पर्दा यो पर्वमा खाइने परिकार शरीरलाई अत्यन्त पौषटिक हुन्छ ।
संस्कृति र संस्कार प्रवद्र्धनको अभियान्ता थारु महिला उत्थान समाज रामधुनी
थारु संस्कारमा रहेको तिला संक्राइत पर्वको परमपरागत मुल्य–मान्यतालाई उठान हुन नसकेको अवस्थामा थारु महिला उत्थान समाज रामधुनी, सुनसरी पर्वको मौलिकता प्रवद्र्धनको अभियान्ताको रुपमा देखिएको छ । मौलिकता झल्किने तथा उजागर हुने खालका रचनात्क तथा सामाजिक रुपले बिसुद्ध रुपमा ‘तिला संक्राइत प्रवद्र्धन कार्यक्रम २०७७’ गरेको छ । महामारीको सुरक्षा मापदण्ड सहित शनिवार मौलिकता उठानहुने उधेश्यले बक्तृत्वकला प्रतियोगिताको आयोजनागरी नयाँ पुस्तामा हस्तान्तरण गर्न सफल भएको छ । बक्तृत्वकलामा सहभागी हुदै बालबालिकाहरुले थारु समुदायमा मनाउने संक्राइत पर्वमा रहेको पौराणिक परम्परालाई शब्दमाला बनाई बिचार ब्यक्त गरेका छन । बक्तृत्वकलामा धारणा र बिचार प्रष्टाई रहदा उपस्थित बालबालिका, युवा, महिला तथा प्रमुख आतिथ्यता रहेको नगर प्रमुख जयप्रकाश चौधरी, बिशिष्ट अतिथी वडाअध्यक्ष महेश चौधरी पर्व बारेमा थप प्रष्ट भएको बताए । नगर प्रमुखले थारु महिला उत्थान समाज निस्वार्थ भावनाले संस्कार संस्कृतिको उजागर गर्दै आइरहेकोले प्रत्येक कार्यक्रम सफल हुदै आएको बताए । कार्यक्रममा उपस्थित बक्ताहरुले पनि मौलिकता बारेमा धारणाहरु ब्यक्त गरेका थिए । सल्लाहकार केशीलाल चौधरी, रामकुमारी चौधरी, थारु महिला सभा जिल्ला सुनसरी अध्यक्ष शुसिला लेखि, वडा महिला समितिकी तारा थापा, पुष्प भट्टराईले पर्वको बारेमा उठान गरेका थिए ।
उत्थान समाजकी अध्यक्ष सिता थरुनीको सभापतित्वमा भएको कार्यक्रममा सहभागी भएका ५ जना बालबालिका उत्कृष्ट हुदै पुरस्कृत भएका छन् । पर्वको बारेमा बिस्तृत अध्ययनगरी बक्तृत्वकलामा शब्द श्रृगारले ब्यक्त गरेको मुल्याङ्कनबाट उत्कृष्ट प्रथम रामधुनी वडा नं. ५ का सुगम झा, दृतिय पुजन राउत रामधुनी वडा नं. ३ , तृतिय छबि दाहाल वडा नं. ५ र वडा नं. ५ का बिनोद भट्टराई सानत्वना हुन सफल भएको आयोजक समितिले जानकारी दिए । कार्यक्रममा स्वागत मन्तब्य भगवती चौधरी र कार्यक्रम संचालन संस्थाको सचिव सनम चौधरीले भुमिका निर्वाह गरेको थियो । संस्कृतिलाई संरक्षण गर्न रामधुनी १ नं. वडा कार्यालय, गोर्खा ब्रोअरी, थापा कोल्ड सेन्टर, एन आइ सि एसिया बैंक शाखा झुम्काको सहयोगी हात रहेको थियो । प्रचार तथा समन्बयगरी थारु पत्रकार संघ नेपाल सुनसरी, रामधुनी खबर साप्ताहिक पत्रिका, हमरपहुरा डटकम, रामधुनी खबर डटनेटले सहयोग पुर्याएको संस्थाकी अध्यक्ष अशा चौधरी जानकारी दिईन् ।
कार्यक्रमको उपलब्धि तर्फ
उत्थान समाजले गरेको कार्यक्रमबाट पर्वको वास्तविक रुप रेखा, मौलिकता, परम्परा, संस्कार र यसको चुनौतीको बारेमा अगाडी ल्याउने कार्य भएकोले यसबाट रामधुनी नगरपालिका र वडा कार्यालयले गहन रुपमा लिए संरक्षण गर्न निति, निर्दैशिका, बजेट निर्माणमा सहयोग पुग्ने छन् । पर्वको बारेमा प्रदेश १ मा कहि कतै कसैले कार्यक्रम गर्न नसकेकोले उत्थान समाज निरन्तरता दिने कार्य गरेको देखिन्छ । बालबालिकाहरुलाई अध्ययन र जानकार बनाउने अवसर भएको छ । कार्यक्रम आयोजनाले नेपाली चाँड पर्वको मौलिकता के हुन भन्ने बालबालिकाहरुले खोजिगरी आफुमा जानकार हुन सकेको छ । उत्थान समाजले गरेको कार्यक्रम पुर्ण रुपमा सामाजिक उजागर गर्ने हेतुले बिशेष र फरक तवरले कार्यक्रम गर्दै आएकोहुदा संस्कृतिमा साकारात्मक सोचको प्रभाव बढेको छ । तिला संक्राईत, जितिया, एकादशी, सिरुवा, फगुवा, रैब, सुखराइत प्रमुख पर्वमा पर्वको महत्व र मौलिकता, पौराणिक रहन सहनको मान्यता, भेष भुषा, कला प्रष्फुटन र निरन्तरतामा योगदान दिदै आएका छन् । कार्यक्रमको निरन्तरताले रामधुनी नगरको सांस्कृतिक पक्ष उजागरहुदै यहाका पर्यटन बिस्तारमा सहयोग पुगी आर्थिक बिकास हुने सम्भावना बढेर गएको छ । कार्यक्रमले एक जातको पहिचान मात्र हैन समग्र रामधुनी नगरको पहिचानमा प्रभावकारी ल्याउने कार्य भएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी सुनचाँदी व्यवसायी संघको पाँचौ साधारण सभा समपन्न

अर्काे पाेस्ट

बिध्यार्थिहरुमा शैक्षिक सामाग्री बितरण गर्दै वडा अध्यक्ष चौधरीले मनाए आफ्नो ३५ औ जन्म उत्सव

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft