सुनिल चौधरी
झुम्का, माघ १२ । कृषिमा आधारित तिला संक्राइत पर्व पुर्वमा माघ १ गते प्रमुख चाडको रुपमा महत्व पुर्ण रुपले मनाउने गरिन्छ । नयाँ अन्नबालिबाट परिकार बनाई आगामी बर्षहरुमा उब्जनी बृद्धिको कामना गर्दै कुल देवता र प्रकृतिलाई चढाएर प्रसादको रुपमा ग्रहण गर्ने पुर्वमा मनाउने तिला संक्राइतको मौलिकता रहेको पाइन्छ । तिला संक्राईन्त को एक दिन अगावै थारु म्हिलाहरु तिललाई भिजाएर वाफि फेरी घाम्मा सुकाई ढीकीमा कुटेर त्यसको कालो भुसा सबै निकाली र चामल लाई उल्वा गरी उल्वा भन्नाले वाफिने प्रकृया , उल्वा चामल तयार गरी एकाविहानै भुटेर तथा उल्वा चामल लाई भुटेर भुजा बनाई गुरमा मिश्रितगरी लड्डु बनाई जस्लाई तिल्वा लरु ,मुरहिकेलाई भन्ने गरीन्छ यस लड्डु लार्इृ सबभन्दा पहिले कुल देवता लाई चाढाईन्छ । तत्पश्चात घरको स–परिवार नदी ,तलाउ ,पोखरीमा गई स्नानगरी परसादीको रुपमा खाने गरीन्छ । यो पर्वमा थारु समुदाय खेतिमा उब्जाईएका तिल र धानको बिशेष परिकार तिल को लड्डु ( तिल्वा लरु), भुजाको लड्डु (मुरहिके लरु) त्यसतै माछा, तिल खिचडी भात खाई मनाउने परम्परा रहेकोले तिला संक्राइतको यो मौलिकता रहेको छ । तिला संक्राइन्तको धार्मकि, साँस्कृतिक, बैज्ञानिक महत्वबारे भन्नु पर्दा यो पर्वमा खाइने परिकार शरीरलाई अत्यन्त पौषटिक हुन्छ ।
संस्कृति र संस्कार प्रवद्र्धनको अभियान्ता थारु महिला उत्थान समाज रामधुनी
थारु संस्कारमा रहेको तिला संक्राइत पर्वको परमपरागत मुल्य–मान्यतालाई उठान हुन नसकेको अवस्थामा थारु महिला उत्थान समाज रामधुनी, सुनसरी पर्वको मौलिकता प्रवद्र्धनको अभियान्ताको रुपमा देखिएको छ । मौलिकता झल्किने तथा उजागर हुने खालका रचनात्क तथा सामाजिक रुपले बिसुद्ध रुपमा ‘तिला संक्राइत प्रवद्र्धन कार्यक्रम २०७७’ गरेको छ । महामारीको सुरक्षा मापदण्ड सहित शनिवार मौलिकता उठानहुने उधेश्यले बक्तृत्वकला प्रतियोगिताको आयोजनागरी नयाँ पुस्तामा हस्तान्तरण गर्न सफल भएको छ । बक्तृत्वकलामा सहभागी हुदै बालबालिकाहरुले थारु समुदायमा मनाउने संक्राइत पर्वमा रहेको पौराणिक परम्परालाई शब्दमाला बनाई बिचार ब्यक्त गरेका छन । बक्तृत्वकलामा धारणा र बिचार प्रष्टाई रहदा उपस्थित बालबालिका, युवा, महिला तथा प्रमुख आतिथ्यता रहेको नगर प्रमुख जयप्रकाश चौधरी, बिशिष्ट अतिथी वडाअध्यक्ष महेश चौधरी पर्व बारेमा थप प्रष्ट भएको बताए । नगर प्रमुखले थारु महिला उत्थान समाज निस्वार्थ भावनाले संस्कार संस्कृतिको उजागर गर्दै आइरहेकोले प्रत्येक कार्यक्रम सफल हुदै आएको बताए । कार्यक्रममा उपस्थित बक्ताहरुले पनि मौलिकता बारेमा धारणाहरु ब्यक्त गरेका थिए । सल्लाहकार केशीलाल चौधरी, रामकुमारी चौधरी, थारु महिला सभा जिल्ला सुनसरी अध्यक्ष शुसिला लेखि, वडा महिला समितिकी तारा थापा, पुष्प भट्टराईले पर्वको बारेमा उठान गरेका थिए ।
उत्थान समाजकी अध्यक्ष सिता थरुनीको सभापतित्वमा भएको कार्यक्रममा सहभागी भएका ५ जना बालबालिका उत्कृष्ट हुदै पुरस्कृत भएका छन् । पर्वको बारेमा बिस्तृत अध्ययनगरी बक्तृत्वकलामा शब्द श्रृगारले ब्यक्त गरेको मुल्याङ्कनबाट उत्कृष्ट प्रथम रामधुनी वडा नं. ५ का सुगम झा, दृतिय पुजन राउत रामधुनी वडा नं. ३ , तृतिय छबि दाहाल वडा नं. ५ र वडा नं. ५ का बिनोद भट्टराई सानत्वना हुन सफल भएको आयोजक समितिले जानकारी दिए । कार्यक्रममा स्वागत मन्तब्य भगवती चौधरी र कार्यक्रम संचालन संस्थाको सचिव सनम चौधरीले भुमिका निर्वाह गरेको थियो । संस्कृतिलाई संरक्षण गर्न रामधुनी १ नं. वडा कार्यालय, गोर्खा ब्रोअरी, थापा कोल्ड सेन्टर, एन आइ सि एसिया बैंक शाखा झुम्काको सहयोगी हात रहेको थियो । प्रचार तथा समन्बयगरी थारु पत्रकार संघ नेपाल सुनसरी, रामधुनी खबर साप्ताहिक पत्रिका, हमरपहुरा डटकम, रामधुनी खबर डटनेटले सहयोग पुर्याएको संस्थाकी अध्यक्ष अशा चौधरी जानकारी दिईन् ।
कार्यक्रमको उपलब्धि तर्फ
उत्थान समाजले गरेको कार्यक्रमबाट पर्वको वास्तविक रुप रेखा, मौलिकता, परम्परा, संस्कार र यसको चुनौतीको बारेमा अगाडी ल्याउने कार्य भएकोले यसबाट रामधुनी नगरपालिका र वडा कार्यालयले गहन रुपमा लिए संरक्षण गर्न निति, निर्दैशिका, बजेट निर्माणमा सहयोग पुग्ने छन् । पर्वको बारेमा प्रदेश १ मा कहि कतै कसैले कार्यक्रम गर्न नसकेकोले उत्थान समाज निरन्तरता दिने कार्य गरेको देखिन्छ । बालबालिकाहरुलाई अध्ययन र जानकार बनाउने अवसर भएको छ । कार्यक्रम आयोजनाले नेपाली चाँड पर्वको मौलिकता के हुन भन्ने बालबालिकाहरुले खोजिगरी आफुमा जानकार हुन सकेको छ । उत्थान समाजले गरेको कार्यक्रम पुर्ण रुपमा सामाजिक उजागर गर्ने हेतुले बिशेष र फरक तवरले कार्यक्रम गर्दै आएकोहुदा संस्कृतिमा साकारात्मक सोचको प्रभाव बढेको छ । तिला संक्राईत, जितिया, एकादशी, सिरुवा, फगुवा, रैब, सुखराइत प्रमुख पर्वमा पर्वको महत्व र मौलिकता, पौराणिक रहन सहनको मान्यता, भेष भुषा, कला प्रष्फुटन र निरन्तरतामा योगदान दिदै आएका छन् । कार्यक्रमको निरन्तरताले रामधुनी नगरको सांस्कृतिक पक्ष उजागरहुदै यहाका पर्यटन बिस्तारमा सहयोग पुगी आर्थिक बिकास हुने सम्भावना बढेर गएको छ । कार्यक्रमले एक जातको पहिचान मात्र हैन समग्र रामधुनी नगरको पहिचानमा प्रभावकारी ल्याउने कार्य भएको छ ।
सेतो गुराँस आधारभूत विद्यालयको अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम
रामधुनी खबर संवाददाताझुम्का,पौष १९ । श्री सेतो गुराँस नमुना वालवाटिका आधारभूत विद्यालय इटहरी–८ ले बिहिवार अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम सम्पन्न गरेकोे छ । विपन्न दलित...