मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

परम्परागत महत्व दर्शाउदै थारु महिला सभा सुनसरीको सामुहिक जुर–शीतल तथा शिरुवा कार्यक्रम

by By: रामधुनी खबर
बैशाख १, २०७८
939

रा.ख.समवाददाता
झुम्का, बैशाख १ । बर्षभरीनै शीतलता प्रदानहुने धार्मिक तथा सांस्कृतिक मान्यताले मनाउदै आएको जुर–शीतल तथा सिरुवा पर्व सुनसरीमा थारु महिलाहरुले सामुहिक रुपमा मनाएको छ । संस्कार र परम्परालाई निरन्तरता संगै महत्व दर्शाउदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उधेश्य सहित मंगलवार इटहरी ४ स्थित कचना डिहवार(ग्रामथान)मा जुर–शीतल कार्यक्रमगरी मनाएको हो ।
कार्यक्रममा एक आपसमा पानी (जल) छर्किएर जुर–शीतल मनाएको छ । ठुलालाई पाउमा र सानालाई शिरमा पानी (जल) छर्किएर पर्वको महत्व प्रतिको उजागरगरी शुभकामना आदान प्रदान गरेका हुन । कार्यक्रम मार्फत कचना ग्रामथान (डिहवार) को पहिचान र क्षेत्रफल हराएको प्रति जोड दिदै बक्ताहरुले धारणा राखे । गैर थारुको प्रभावले कचना ग्रामथानको नाम मन्दिर र महादेवको नामले परिवर्तन गरेकोमा बिमति जनाउदै ग्रामथान (डिहवार) नाम हुनु पर्नेमा बक्ताहरुले जोड दिएका हुन् । थारु समुदाय धार्मिक मान्यताले बर्षौ देखी ग्रामथानमै पुजाआजा गर्दै आएकोले कचना पनि थारु समुदायकै पुजाआजा गर्ने स्थल रहेको भन्दै कचना डिहवार(ग्रामथान) नामबाट पहिचान हुनु पर्नेमा सरोकारवालाको पहलहुनुपर्ने उपस्थित अभियान कर्मिहरुको धारणा रहेको थियो । यसैगरी कचना ग्रामथाकै सांस्कृतिक भुमि क्षेत्रफल अनुसार बिगहामा रहेको थियो हालमा आएर अतिक्रमण र मिचाईको सिकारहुदै क्षेत्रफल धुरमा बाँकी रहेको प्रति उठान गरेका छन् । बैशाख ३ गते कचना ग्रामथानमा मेला लाग्ने सांस्कृतिक भुमि बिकासका नाममा खानेपानि, सैनिक ब्यारेक,वडाकार्यालय बसाएर थारु समुदायको आस्थावान ग्रामथान समाप्त गर्न लागेकोमा समुदाय सशक्त हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा आदिवासीहरुको अधिकारको सवालमा बिशेष रुपले कलम चलाउने थारु पत्रकारहरुलाई सम्मान समेत गरेको छ । सम्पन्न नेपाल पत्रकार महासंघको चुनावमा बिजय हासिल गरेका थारु पत्रकारहरुमा पत्रकार महासंघ केन्द्रिय परिषद सदस्यमा बिजय प्राप्त गरेका सुकदेव चौधरी, प्रदेश परिषद सदस्य सुनिल चौधरी, प्रदेश परिषद सदस्य गवन चौधरी, प्रदेश परिषद सदस्य कुलदिप चौधरी र जिल्ला कोषाध्यक्षका उमेदवार निशान चौधरीलाई सम्मान गरेको हो ।
थारु कल्याणकारिणी सभा केन्द्रिय सदस्य उर्मिला चौधरीको प्रमुख आतिथ्यतामा महिला सभा जिल्ला अध्यक्ष सुशिला लेखीको सभापतित्वमा कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा कानुन ब्यवसायी रामराज चौधरी, पत्रकार सुकदेव चौधरी, अभियानकर्ता तेजनारायण चौधरी, अभियानकर्ता पदम अधिकारी, पत्रकार गवन चौधरी, अभियानकर्ता केशिलाल चौधरी, सुशिला चौधरी, अधिकारकर्मि सिता थरुनी, सिता चौधरी, राजकुमार चौधरी, रामकुमारी चौधरी, आदिवासी मानव अधिकार प्रतिरक्षक प्रतिनिधि साबित्रा चौधरी लगायतका बक्ताहरुले ग्रामथान संरक्षणकालागी धारणा ब्यक्त गरेका थिए ।
जुर–शीतल तथा शिरुवा पर्व
नामबाटै थाहा हुन्छ, ‘शिरुवा’ अर्थात पहिलो पर्व, सुरुको पर्व । यो पर्व (पावैन) प्रत्येक थारु समुदायको महत्वपूर्ण चाड हो । यो पर्वमा खुशी, उद्गार तथा हर्षोल्लासका साथ धुमधामले मनाउने गरिन्छ । थारु समुदायमा भनाई नै छ, ‘फगुवा उसारे आ शिरुवा पसारे’ अर्थात फागुनको फगुवाले पर्वको समापन गर्छ भने वैशाखको सिरुवाले पर्वलाई पसारर्ने (बिस्तार गर्ने ) मान्यता रहेको छ ।
शिरुवा पर्वलाई विभिन्न संस्कृति अनुसार विभिन्न अर्थको रुपमा लिने गरिन्छ । जस्तो की वैशाख हुनुको कारण थारु भाषामा ‘वैशाखी’ अर्थात चैतमा पकाएको वैशाखमा खाने चलन (चैत ३१ गते पकाएको खाने कुरा वैशाख १ गते खाने प्रचलन) । यसले रोगबाट लड्ने क्षमता प्रदान र शरीर बलियो हुने बिश्वास रहेको छ । नयाँ वर्षको अवसरमा वर्षभरि सुखद, सुन्दर सौहार्दपूर्ण तथा शीतल र शान्त वातावरणमा परिवार र समाज अगाडि बढोस् । आफ्नो–आफ्नो कुल देवता तथा देवी, ग्राम देवता तथा अन्य देवीस्थल लगायत आफूभन्दा सानाको शीरमा उसको उज्वल भविष्यको कामना गर्न जुराएर पानी दिने परम्परा छ, यसैलाई जुरशीतल भनिन्छ । त्यो दिन प्राय धेरैले आफ्नो विशेष दिन सम्झन योग्य, अविशमरणीय बनाउन चाहेका हुन्छन् । बिहान सुतिरेका बालबालिकालाई उठाएर आमाबुवा, ठूलाबडाले उसको शीरमा पानी छर्किएर शुभ आशीश र उज्जवल भविष्यको कामना गर्ने गर्दछन् । कसैले आफ्ना साथीहरुसँग गोबर माटो खेल्ने गर्छन भने कोही खुसियालीमा रंग अबीर रमाइलो मानी खेल्ने गर्छन्। यसपछि नुहाएर अम्खोरामा शुद्ध जल लिएर पहिला आफ्नो गृह देवता, ग्राम देवता तथा अन्य देव–देवी स्थलमा जल चढाउने गरिन्छ । त्यसपछि आफूभन्दा सानोलाई त्यही शुद्ध जल शीरमा छर्किएर आशिर्वाद दिने गर्छन भने आफूभन्दा सानाले ठूलाको गोडा(पाउ)मा शुद्ध जल चढाउने गर्दछन् ।
यो एउटा सहिष्णुता÷ माया प्रेमको प्रतीक मानिन्छ। कुनै भेदभाव सानो ठूलो नमानी जो कोही पनि बाटोमा भेट्दा आफूभन्दा ठूलो भएर जल चढाएर आशिर्वाद लिने गर्छन् भने सानालाई शीरमा शुद्ध जल छर्किएर आशीर्वाद दिने गर्दछन् । यही परम्परा बर्षौ पहिल्यैदेखि थारु समुदायमा चल्दै आएको छ ।

अगाडिकाे पाेस्ट

डिहवार(ग्रामथान)को प्रमुख समस्या उठान गर्दै सरकारसंग संरक्षणको ठोस नीति र योजनाको माग

अर्काे पाेस्ट

इटहरी स्थित कचना ग्रामथानमा थारु समुदायलाई पुजाआजा गर्नबाट बञ्चित गरायो

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft