मिति : २०८२ फागुन २९ गते (शुक्रवार)
मौसम : 29.55°C(broken clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकामा डिजिटल प्रबिधि सेवा

by By: रामधुनी खबर
साउन २८, २०७८
804

राख सम्वाददाता
झुम्का, साउन २८ । रामधुनी नगरपालिकाले सेवा ग्राहीलाई डिजिटल प्रबिधि सेवा प्रदानकालागी अभ्यास गरेको छ । स्वास्थय क्षेत्रमा सेवा सुधारकालागी गुनासो संकलन र ब्यवस्थापनकालागी मोबाइल एप संचालनमा ल्याएको हो ।
मोबाइल एपबाट स्वास्थय क्षेत्रमा रहेको गुनासो संकलनगरी ब्यवस्थापन गर्ने अभ्यासमा छन् । एप बाट गुनासो र सुझाव संकलन पाँच महिना अगाडी देखी सुरु गरेको हो । नगरमा सुशासनको पक्षमा भएको प्रगतिको बारेमा जानकारी दिन नगर प्रमुख जयप्रकाश चौधरीको सभापतित्वमा बहुसरोकारवाला मञ्च रामधुनीको बिहिवार बसेको बैठकमा अधिकृत मोतेले प्रबिधिको बारेमा जानकारी दिएको छ । एपको बारेमा जानकारी दिदै जवाफ देहितालाई प्रोत्साहन र बिकास गर्न भुमिका खेल्ने जनाएको छ । एपमा आएको गुनासो सुरक्षित र क्रमागत रुपमा रह्ने छ । यसले गुनासो ब्यवस्थापनमा ध्यान र चासो दिन बाध्य बनाउने बिश्वास गरिएकोहुदा सम्बोधन र ब्यवस्थापन तत्कालै हुने छन् । मोबाइल एपले नगरपालिका र सेवाग्राहीको सम्बन्धमा सुधार ल्याउने भएकोले एप उपलब्धि मुलक रहेको नगर प्रमुख चौधरीले बताउनु भयो ।
स्वास्थ्य स्वयम सेविकाहरुले टोल स्तरमा गएर संकलन गरेको गुनासो एपमा पठाउने गरेको छ । २० जना स्वास्थ्य सेविकाहरुले संकलन गरिरहेको छ । एपमा ३५ वटा गुनासो आइसकेको जानकारी दिए । गुनासो अनुसार स्वास्थ्य चौकीहरुमा महिला रोग बिशेषज्ञ सेवा प्रदान गर्नु पर्ने, टोलटोलमा स्वास्थ्य सम्बन्धि कार्यक्रम संचालन गर्नु पर्ने, गर्भवतिहरुलाई आइरन चक्कीको अभाव, पिल्स चक्की नपाएको, बाल भिटाको अभाव, स्थानिय स्तरमा स्वास्थ्य सचेतना दिनु पर्ने गुनासो र सुझावहरु आएको छ ।
नगरपालिकाले सुशानको ११ वटा औजार पुरा गर्दै आएको छ । सार्वजानिक सुनुवाई, स्वास्थ्य र शिक्षाको सार्वजानिक परिक्षण, दुई लाख माथिको योजनामा होर्डिङ्ग बोर्ड लगाउने, गुनासो पेटिका ब्यवस्थापन, नागरिक बडापत्रको ब्यवस्थापन लगायत नगरवासीहरुमा पार्दशिता गर्ने सवालमा सुशानका औजारहरु पुरा गर्दै आएको योजना शाखा प्रमुख हर्षलाल चौधरीले जानकारी दिए ।
यसैगरी सेवा ग्राहीले राजस्व घरैबाट तिर्ने प्रबिधि ल्याएको छ । सफ्ट्वेर मार्फत घरबाटै राजस्व दाखिला गर्ने प्रबिधि सुरु गर्न लागेको समेत जानकारी दिएको हो । ९ वटै वडाहरुमा डिजिटल बडापत्र राखिने जनाएको छ ।

अगाडिकाे पाेस्ट

बालमैत्रि नगर घोषणा प्राथमिक्ता दिदै रामधुनी नगरपालिकाको रु ७२ करोड ८४ लाख बजेट सार्वजानिकीकरण

अर्काे पाेस्ट

जिल्ला स्तरीय अनुगमनले रामधुनी वडा नं. ६ र ७ बालमैत्री वडा घोषणाकालागी उपयुक्त

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft