मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालमैत्रि नगर घोषणा प्राथमिक्ता दिदै रामधुनी नगरपालिकाको रु ७२ करोड ८४ लाख बजेट सार्वजानिकीकरण

by By: रामधुनी खबर
साउन १५, २०७८
812

सुनिल चौधरी
झुम्का, असार १५ । रामधुनी नगरपालिकाले आ.ब. २०७८÷०७९ कोलागी सुक्रवार बजेट सार्वजानिकीकरण गर्नु भएको छ । नगरप्रमुख जयप्रकास चौधरीको सभापत्विमा नगरउपप्रमुख सबिना चौधरीले कुल रु ७२ करोड ८४ लाख ४ हजारको बिनियोजित बजेट सार्वजानिक गर्नु भएको हो ।
अल्या सहितको बजेट सार्वजानिक अनुसार चालु खर्च रु ४३ करोड ७ लाख ३३ हजार ५९.१३ प्रतिशत र पुँजिगत खर्च २९ करोड ७६ लाख ७१ हजार ४०.८७ प्रतिशत रहेको छ । कुल अनुमान गरिएको खर्च ब्यहोर्ने श्रोत मध्ये आन्तरीक आय रु ३ करोड ४७ लाख ८० हजार, संघिय र प्रदेश सरकार सामानीकरण अनुदान, संघिय सरकार शसर्त पुँजिगत अनुदान, संघिय सरकार समपुरक अनुदान, संघिय राजश्वबाडफाडबाट ब्यहोर्ने छन । यसैगरी गत बर्षको मौजदात र अन्य अनुमानित आय तथा जनसहभागीताबाट बजेट कार्यन्व्यन गर्ने उपप्रमुख चौधरीले बजेट सार्वजानिकिकरण गर्दै बताउनु भयो ।
नगरपालिकाले चालु बर्षमा नगरलाई बालमैत्रि नगरको रुपमा घोषणा गर्ने लक्ष्य प्राथमिक्तामा राखिएको छ । नगरपालिकाले जनाए अनुसार समपुर्ण तयारी भएपनि बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९को महामारीको असरबाट तोकिएको मितिमा हुन नसकेको भन्दै अवस्था सहज हुने बितिकै लक्ष्य अनुसारको बालमैत्रि नगरघोषणा गर्ने कार्य अगाडी बढाइने नीतिलाई कार्यन्वयन गर्न २०७८ भाद्र २९ गते राष्ट्रिय बालदिवसको अवसरमा घोषणा सभाको आयोजना गर्ने जनाएको छ । यस संगै बालबिवाह र बालश्रम मुक्त क्षेत्र समेत घोषणा गर्ने जनाएको छ ।
बालमैत्रि नगरकालागी आवश्यक सुचक पुरा भए नभएको मुल्याङ्कनकालागी अनुगमनलाई तिब्रता दिएको छ । नगर स्तरिय अनुगमन गर्दै बाल क्लव, वडा बाल संजाल, सामुदायिक तथा संस्थागत बिध्यालय, वडाको केही घरधुरी, बालबिकास केन्द्रको अवस्थाको बारेमा बुझ्दै साकारात्मकलाई निरन्तरता र सुधार गर्नु पर्ने पक्षको यथा सिघ्रता ल्याउनु पर्ने सचेतना सहितको अनुगमन गरिरहेको छ । बालमैत्रि स्थानिय शासनकालागी ८५ प्रतिशत सुचक पुरा भए घोषणा गर्ने योजना शाखा प्रमुख हर्षलाल चौधरीको भनाई रहेको छ ।
नगरपालिकाले बजेट सार्वजानिक गर्दै आर्थिक बिकासमा पहिलो पर्यटन र दोस्रोमा कृषिलाई प्राथमिक्तामा राखेको छ । पर्यटन बिकासकालागी रु ३ करोड २७ लाख बजेट बिनियोजन रहेको छ भने कृषिकालागी रु २ करोड २२ लाख ९२ हजार बजेट ल्याएको छ ।
चालु बर्षको बजेट बिकास कार्यहरुको कार्यन्वयन तथा समझौता भदौ महिनाबाट हुने योजना शाखाले जनाएको छ । चालु बर्षको चैत्र मसान्त सम्म भने सबै योजना समपन्न गर्ने लक्ष्य लिएको छ । बिध्यालय तथा मठमन्दिरकालागी जनश्रमदान मिनाहा गरीएको छ । नगरपालिकाको नीतिमानै जनश्रमदान नलिने ब्यवस्था रहेको वडा नं. ५ का वडाअध्यक्ष तथा पुर्वाधार बिकास संयोजक डेगराज फुयालले जानकारी दिनु भयो । वडा अध्यक्ष फुयालले आफनो वडामा भदौ महिना उपभोक्ता समिति गठन गर्ने असोज सम्म सबै बिकास निर्माणका समझौता गरिसक्ने प्रतिबद्धता गर्नु भएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनीको करमैनियाटोल स्थित दैनिक २०० लिटर अबैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा प्रहरीको छापा

अर्काे पाेस्ट

रामधुनी नगरपालिकामा डिजिटल प्रबिधि सेवा

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft