मिति : २०८२ फागुन २९ गते (शुक्रवार)
मौसम : 28.27°C(broken clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

जिल्ला स्तरीय अनुगमनले रामधुनी वडा नं. ६ र ७ बालमैत्री वडा घोषणाकालागी उपयुक्त

by By: रामधुनी खबर
साउन ३०, २०७८
736

सुनिल चौधरी
झुम्का, साउन ३० । बालबालिकाको अधिकार संस्थागत गर्न रामधुनी नगरपालिकाले अनुगमनमा तिब्रता दिएको छ । बालअधिकारका सवालहरुलाई स्थानीयतहको नीति, संरचना र प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गर्न जिल्ला स्तरीय अनुगमन गरेको हो ।
नगरस्तरीय अनुगमन पछि बिहिवार जिल्ला स्तरीय अनुगमन गरेको छ । जिल्ला समन्वय समितिकी उपाध्यक्ष तथा जिल्ला बालमैत्री अनुगमन समितिको संयोजक कृष्णमाया बि.क.को संयोजकत्वमा अनुगमन गरेको हो । अनुगमन रामधुनी वडा नं. ६ र ७ वडामा बालमैत्री स्थानीय साशनको सुचक पुरा भएको अवस्थालाई हेर्दै बिध्यालय, टोल, समुदाय, वडाकार्यालयको कागजात प्रकृयाका बारेमा समेत अनगुमन गरेको छ । जिल्लाबाट आएका अनुगमनकर्ताले अनुगमन गरेको सुचक र वडामा भएको अवस्था साकारात्म रुपले सुचकअभ्यास गर्दै पुरा गरेको हुदा वडा बालमैत्री घोषणा गर्न उपयुक्त रहेको जिल्ला अनुगमन समिति संयोजक बि.क.ले बताउनु भयो । बालबालिकाको अधिकारका सुचक नगरमा शतप्रतिशत पु¥याउन घोषणको आवश्यक्ता रहेको अनुगमन समितिको संयोजक बि.क.ले धारणा राख्नु भयो । बालबालिकाको अधिकारका सुचक नगरमा शतप्रतिशत पु¥याउन घोषणको आवश्यक्ता रहेको अनुगमन समितिको संयोजक बि.क.ले धारणा राख्नु भयो । यसले बालअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धनमा राज्यको तर्फबाट गरिने समष्टीगत पद्धती रहेको बताउनु भयो ।
बालबचाउ, बालसंरक्षण, बालबिकास र अर्थपुर्ण बाल सहभागीता जस्ता प्रमुख सवालका बिषयमा दुवै वडाले प्रक्रृयागत रुपमा ब्यवहारीक रहेको अनुगमनबाट देखिएको छ । सो वडामा जनप्रतिनिधी, बालबालिका संगठन, समपर्क ब्यक्ति, कर्मचारी बालमैत्रिकालागी कृयाशिल रहेको छ । बालमैत्री वडाकालागी उपयुक्त देखिएका वडाका वडा अधयक्ष केसव गौतम र हेमनारायण राजधामीले वडा घोषणामा निरन्तरता र तिब्रतालेनै कार्यहरु अगाडि बढाई रहेका छौ, यसका साथै बालमैत्री वडा घोषणा गर्न तयारीमा रहेको बताउनु भयो । अनुगमन जिल्लाबाट जिल्ला समन्वय समिति सदस्य अहिल्या देवि मेहता र सदस्य मोहमद नौसाद सहभागी रहनु भएको थियो । अनुगमनमा नगरप्रमुख जयप्रकाश चौधरी, बालमैत्रि नगर समपर्क ब्यक्ति हर्षलाल चौधरी यसैगरी पत्रकार लगायतका सरोकारवाला प्रतिनिधिहरुको सहभागी रहेको थियो ।
बालमैत्री स्थानीय शासनले बालबालिको अवस्था सुधार हुने, सम्मानित जिवनयापनको वातावरण सृजना गर्न, बालविवाह, बालश्रमको अन्तय गर्न, संघिय र प्रदेश सरकाले कार्यक्रम बजेटको प्राथमिक्ता दिने, लगायत घरेलुहिंसा न्युनिकरणहुदै समृद्ध समाजको निर्माण हुने भएकोले रामधुनी नगरपालिकाले यहि मिति २०७८ साल भदौ २९ गते राष्ट्रिय बालदिवसको अवसरमा बालमैत्रि नगर घोषणा गर्ने तयारी गरेका छन् । तयारीको अवस्थामा प्रचार प्रसार, बालमैत्री वडाको कागजात ब्यवस्थापन, बालमैत्री सचेतना सम्बन्धि घरदैलो कार्यक्रम गरिरहेको वडा नं. १ वडा अधयक्ष तथा प्रचार प्रचार नगर स्तरीय समितिका संयोजक महेश चौधरीले जानकारी दिनु भयो ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकामा डिजिटल प्रबिधि सेवा

अर्काे पाेस्ट

झुम्कामा मास्क अभियान सहित कोरोना बिरुद्ध सचेतना

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft