राख सम्वाददाता
झुम्का, साउन २८ । रामधुनी नगरपालिकाले सेवा ग्राहीलाई डिजिटल प्रबिधि सेवा प्रदानकालागी अभ्यास गरेको छ । स्वास्थय क्षेत्रमा सेवा सुधारकालागी गुनासो संकलन र ब्यवस्थापनकालागी मोबाइल एप संचालनमा ल्याएको हो ।
मोबाइल एपबाट स्वास्थय क्षेत्रमा रहेको गुनासो संकलनगरी ब्यवस्थापन गर्ने अभ्यासमा छन् । एप बाट गुनासो र सुझाव संकलन पाँच महिना अगाडी देखी सुरु गरेको हो । नगरमा सुशासनको पक्षमा भएको प्रगतिको बारेमा जानकारी दिन नगर प्रमुख जयप्रकाश चौधरीको सभापतित्वमा बहुसरोकारवाला मञ्च रामधुनीको बिहिवार बसेको बैठकमा अधिकृत मोतेले प्रबिधिको बारेमा जानकारी दिएको छ । एपको बारेमा जानकारी दिदै जवाफ देहितालाई प्रोत्साहन र बिकास गर्न भुमिका खेल्ने जनाएको छ । एपमा आएको गुनासो सुरक्षित र क्रमागत रुपमा रह्ने छ । यसले गुनासो ब्यवस्थापनमा ध्यान र चासो दिन बाध्य बनाउने बिश्वास गरिएकोहुदा सम्बोधन र ब्यवस्थापन तत्कालै हुने छन् । मोबाइल एपले नगरपालिका र सेवाग्राहीको सम्बन्धमा सुधार ल्याउने भएकोले एप उपलब्धि मुलक रहेको नगर प्रमुख चौधरीले बताउनु भयो ।
स्वास्थ्य स्वयम सेविकाहरुले टोल स्तरमा गएर संकलन गरेको गुनासो एपमा पठाउने गरेको छ । २० जना स्वास्थ्य सेविकाहरुले संकलन गरिरहेको छ । एपमा ३५ वटा गुनासो आइसकेको जानकारी दिए । गुनासो अनुसार स्वास्थ्य चौकीहरुमा महिला रोग बिशेषज्ञ सेवा प्रदान गर्नु पर्ने, टोलटोलमा स्वास्थ्य सम्बन्धि कार्यक्रम संचालन गर्नु पर्ने, गर्भवतिहरुलाई आइरन चक्कीको अभाव, पिल्स चक्की नपाएको, बाल भिटाको अभाव, स्थानिय स्तरमा स्वास्थ्य सचेतना दिनु पर्ने गुनासो र सुझावहरु आएको छ ।
नगरपालिकाले सुशानको ११ वटा औजार पुरा गर्दै आएको छ । सार्वजानिक सुनुवाई, स्वास्थ्य र शिक्षाको सार्वजानिक परिक्षण, दुई लाख माथिको योजनामा होर्डिङ्ग बोर्ड लगाउने, गुनासो पेटिका ब्यवस्थापन, नागरिक बडापत्रको ब्यवस्थापन लगायत नगरवासीहरुमा पार्दशिता गर्ने सवालमा सुशानका औजारहरु पुरा गर्दै आएको योजना शाखा प्रमुख हर्षलाल चौधरीले जानकारी दिए ।
यसैगरी सेवा ग्राहीले राजस्व घरैबाट तिर्ने प्रबिधि ल्याएको छ । सफ्ट्वेर मार्फत घरबाटै राजस्व दाखिला गर्ने प्रबिधि सुरु गर्न लागेको समेत जानकारी दिएको हो । ९ वटै वडाहरुमा डिजिटल बडापत्र राखिने जनाएको छ ।
