मिति : २०८२ फागुन २९ गते (शुक्रवार)
मौसम : 28.27°C(broken clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्कामा मास्क अभियान सहित कोरोना बिरुद्ध सचेतना

by By: रामधुनी खबर
साउन ३०, २०७८
678

राख सम्वाददाता
झुम्का, साउन ३० । कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय मास्क लगाउने रहेकाले सबैले अनिवार्य मास्क लगाउन सचेतना सहित झुम्कामा सुक्रवार मास्क अभियान संचालन गरेको छ । बढी सम्पर्कमा आउने र भिडभाडहुने झुम्का बजारमा ब्यापारी तथा आउजाउ गर्ने सर्वसाधारणहरुलाई कोरोना बिरुद्ध जागरुक गराएको हो ।
सेभ द अर्थको समन्बयमा रामधुनी नगरपालिका, स्वास्थ्य शाखा रामधुनी, झुम्का उद्योगबाणिज्य संघ, संचार गृहको सहभागीतामा मास्कलाई सही तरिकाले लगाउन र सिकाउनका लागि अभियान सञ्चालन गरिएको छ । बजारमा अभियान कार्यक्रम संचालन गरिरहदा धेरैले मास्क बिनै हिड्डुल गरेको देखियो । मास्क लगाएपनि नाक, मुख नछोप्नेगरी चिउँडो, घाँटीमा लगाउने, गोजीमा राखेर साधन चलाउने, सहि तरिकाले मास्क नलगाउने जस्ता असावधानी रुपमा मास्क प्रयोग गरेको देखिएको छ । असावधानीले कोरोना बिरामी बढ्न सक्ने भएकोहुदा नगर प्रमुख जयप्रकाश चौधरीको उपस्थितीमा बजारमा मास्क अभियान र मास्क बितरण गरेको छ । सङ्क्रमण दिनानुदिन बढे पनि मानिसले सही तरिकाले मास्क नलगाउनाले आफु पनि असुरक्षित अरुलाई पनि समस्या निमत्याउने भएकोहुदा मास्क लगाउन आवस्यक रहेको नगरप्रमुख जयप्रकाश चौधरी बताउनु भयो ।
मास्कको जनचेतना नभएर मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालनको सार्थकता बारेमा सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले बताउनु भयो । बजार क्षेत्रमा मात्र हैन गाउँ टोलमा समेत मास्क बितरण र कोरोना बिरुद्ध साप्ताहिक रुपमा सचेतना कार्यक्रम संचालन गरेको भट्टराईले जानकारी दिनुभयो ।
कोरोनाको अवस्था भने रामधुनी नगरमा हाल सम्म कोरोना संक्रमित ७ सय ८३ जनामा देखिएको छ । पिसिआरबाट २१२ र एन्टिजेनबाट २५३ जनमा पुष्टि भएको छ । कोरोनाकै कारण रामधुनीमा २७ जनाको मृत्यु भएको स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले जानकारी दिनु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाट नेपाल मास्क अभियान सुरु गरेको थियो । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गरेको थियो । सरकारको अभियान संचालनमा प्रतिबद्धता सहित एक्यबद्धता जनाउदै रामधुनीका क्रृयाशिल सामाजिक संस्था र सामाजिक अगुवाहरुले मास्क अभियान गरेको हो ।

अगाडिकाे पाेस्ट

जिल्ला स्तरीय अनुगमनले रामधुनी वडा नं. ६ र ७ बालमैत्री वडा घोषणाकालागी उपयुक्त

अर्काे पाेस्ट

निर्वाचित महिला जनप्रतिनिधीकालागी “शी लिड्स महिला नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम”

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft