राख संवाददाता
झुम्का, असोज १२ । जितिया पर्वको अवसरमा इटहरी वडा नं. १९ महोलिया टोलमा सामुहिक “ओठघन” कार्यक्रम गरेको छ । टोलका महिलाहरु भेला भएर माछा,दुध, दहि, फलफुल लायतका बिभिन्न परिकार ग्रहनगरी “ओठघन” कार्यक्रम मनाएको हो ।
महिला नेतृ सुजाता चौधरीको नेतृत्वमा “ओठघन” कार्यक्रम मनाउदै पर्वको सुभकामना आदान प्रदान समेत गरेको छ । जितियाको पहिलो दिनलाई लाहय भनिन्छ । यो दिन ब्रतालु महिला स्थानिय नदि, पोखरी तथा जलास्यमा स्नान गरी घिरौलाको पातमा पिना ,तेल, सिन्दुर सुर्य पुत्र सालिबाहनका छोरा जितमहान लाई चढाउने गर्छन । यो दिनको राति उठि बर्तालु महिलाले दुध, दहि ,माछा, फल फुल मरुवाको रोटि मिठाई तथा बिभिन्न किसिमका परिकार खाने गर्छन यसलाई “ओठघन” भनिन्छ ।
प्राय सबै जातका बिबाहिता नारीले आफना पति तथा सन्तानको लामो आयुको कामना गर्दै निष्ठा पुर्वक जितिया पर्व मनाईन्छन । यो पर्वमा नुहाएर खाएको दिन अनिवार्य रुपमा ब्रतालु महिलाले माछा तथा मरुवाको रोटी खानै पर्ने परमपरा रहेको बर्तालु महिलाहरुको भनाई रहेको छ । यो पर्वमा माछा लगायतका परिकार खाएर “ओठघन” मनाउन ठुलो महत्व रहेको महिला नेतृ चौधरीले बताइन् ।




